Sunday, November 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र


प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरधाम । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ छठ पर्वका अवसरमा जनकपुरधाम आउने सम्भावित कार्यक्रमलाई मध्यनजर गर्दै स्थानीय तहले स्वागत तथा व्यवस्थापनको तयारी अघि बढाएको छ। प्रधानमन्त्रीको भ्रमणलाई व्यवस्थित बनाउन जनकपुरधाम उपमहानगरपालिकाले नगर सौन्दर्यीकरणदेखि पूर्वाधार सुधारसम्मका कामलाई तीव्रता दिएको हो।

भ्रमणको तयारीस्वरूप उपमहानगरपालिकाले नगरका विभिन्न स्थानमा सरसफाइ अभियान सञ्चालन गर्नुका साथै सडक किनारका पोलमा बत्ती जडान, सार्वजनिक स्थलको व्यवस्थापन तथा विमानस्थलदेखि गंगासागरसम्मका क्षेत्रमा रङरोगनको काम अगाडि बढाएको छ।

यसअघि प्रधानमन्त्रीको भ्रमण व्यवस्थापनबारे छलफल गर्न उपमहानगरपालिकामा सरोकारवाला निकायको संयुक्त बैठक बसेको थियो। नगरप्रमुख मनोज साहको अध्यक्षतामा भएको उक्त बैठकमा सहरी विकास कार्यालय, सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उपमहानगरपालिकाका बोर्ड सदस्यलगायतको सहभागिता रहेको थियो।

बैठकले प्रधानमन्त्रीको सम्भावित भ्रमणलाई ध्यानमा राख्दै सम्बन्धित निकायलाई आ–आफ्नो जिम्मेवारीअनुसार तयारी गर्न निर्देशन दिएको थियो। नगर सरसफाइ, सार्वजनिक स्थलको व्यवस्थापन, सडकबत्ती जडान र रङरोगनलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेको बैठकमा सहभागी बोर्ड सदस्य तथा वडा नम्बर ७ का अध्यक्ष निरज साह ‘मुन्ना’ले जानकारी दिए।

उनका अनुसार छठ पर्वका दिन प्रधानमन्त्री जनकपुरधाम आउने कार्यक्रम रहेकाले भ्रमणका क्रममा कुनै असुविधा नहोस् भन्ने उद्देश्यले आवश्यक व्यवस्थापन मिलाउन सम्बन्धित कार्यालयहरूलाई जिम्मेवारी बाँडफाँट गरिएको छ।

बैठकमा प्रधानमन्त्री साहले गंगासागरमा पुगेर छठी माताको पूजाआजा गर्ने र त्यसपछि यात्री निवासमा विश्राम गर्ने कार्यक्रम रहेको जानकारीसमेत गराइएको अध्यक्ष साहले बताए।

उपमहानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सरसफाइ, बत्ती जडान तथा नगर सौन्दर्यीकरणका काम अघि बढाइरहेको छ। सडक मर्मतसम्भारको जिम्मेवारी सडकसम्बन्धी कार्यालयलाई दिइएको छ भने प्रधानमन्त्रीको बसाइ तथा अन्य व्यवस्थापनका विषयमा सहरी विकास कार्यालयलाई जिम्मेवारी दिइएको बुझिएको छ।

प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि बालेनको यो जनकपुरधाममा पहिलो भ्रमण हुनेछ। यसअघि प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा उनी जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित कार्यक्रममा सहभागी भएका थिए। त्यसैगरी, मधेशको दोस्रो भ्रमणका क्रममा पनि उनी जनकपुरधाम आएका थिए। तर, त्यसबेला उनले जनकपुरधाममा बसाइ भने गरेका थिएनन्।

यद्यपि, प्रधानमन्त्रीको भ्रमणबारे जिल्ला प्रशासन कार्यालय धनुषाले भने औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले प्रधानमन्त्री जनकपुरधाम आउने विषयमा हालसम्म कार्यालयमा कुनै औपचारिक पत्र वा जानकारी नआएको बताए।

उनले सञ्चारमाध्यममार्फत छठ पर्वका अवसरमा प्रधानमन्त्री जनकपुरधाम आउने भन्ने खबर सुनेको भए पनि प्रशासनिक रूपमा त्यसको औपचारिक जानकारी प्राप्त नभएको स्पष्ट पारे।

यसरी प्रधानमन्त्रीको भ्रमणबारे प्रशासनिक निकायबाट औपचारिक पुष्टि हुन बाँकी रहेकै अवस्थामा जनकपुरधाम उपमहानगरपालिकाले भने सम्भावित आगमनलाई लक्षित गरी तयारीलाई निरन्तरता दिएको छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १५, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १५, शनिबार १७:४९
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १५, शनिबार १७:४९
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १५, शनिबार १७:४९
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

धनुषामा एक महिनामै १५९ अपराध, १०१ पक्राउ

२०८३ कार्तिक १५, शनिबार १७:४९
मधेशमा नयाँ सरकार गठन बारे प्रतिपक्षी दलबीच छलफल शुरु
Blast News

मधेशमा नयाँ सरकार गठन बारे प्रतिपक्षी दलबीच छलफल शुरु

२०८३ कार्तिक १५, शनिबार १७:४९

ताजा खबर

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव