जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटी अन्तर्गत सञ्चालित जनकपुरधामस्थित जानकी आँखा अस्पताल सञ्चालन समितिमा कोषाध्यक्षमा समाजसेवी संजय साहलाई मनोनित गरिएको छ ।
रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिको बैठकको निर्णयअनुसार संयोजकमा रघुवीर राय र कोषाध्यक्ष पदमा संजयपसाद साहलाई मनोयन गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले जारी गरेको छुट्टाछुट्टै पत्रअनुसार दुवैलाई चार वर्षको कार्यकालका लागि जिम्मेवारी दिइएको छ । साह यसअघि पनि सञ्चालन समितिको कोषाध्यक्ष पदको जिम्मेवारी सम्हालिसकेका छन् । उनको कार्यकालमा अस्पतालले आर्थिकतर्फ राम्रो फड्को मारेको थियो । अस्पतालको सुधार र विकासमा पनि उनले राम्रो भूमिका उनले निर्वाह गरेका थिए ।
रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिको २०८३ असोज ७ गते बसेको बैठकको निर्णयअनुसार नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल सञ्चालन नियमावली, २०८१ (पहिलो संशोधन २०८३) को नियम ५.१ को (क) र (ग) मा भएको व्यवस्थाबमोजिम शाहलाई जानकी आँखा अस्पताल सञ्चालन समितिको कोषाध्यक्ष पदमा मनोनीत गरिएको पत्रमा उल्लेख छ ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिराम खनालद्वारा हस्ताक्षरित मनोनित पत्रमा पदाधिकारीहरूले नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधान तथा आँखा अस्पताल सञ्चालन नियमावली, २०८१ (पहिलो संशोधन २०८३) बमोजिम आफ्नो कार्यसम्पादन गर्ने विश्वास व्यक्त गरिएको छ ।
जानकी आँखा अस्पताल जनकपुरधाममा लामो समयदेखि आँखा उपचार सेवा प्रदान गर्दै आएको महत्वपूर्ण स्वास्थ्य संस्था हो । अस्पतालको सञ्चालन, व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सञ्चालन समितितर्फको तर्फ महत्वपूर्ण भूमिका निर्वाह गर्ने साहले बताएका छन् ।
मनोनयनसँगै उनले अस्पतालको व्यवस्थापन तथा प्रशासनिक कामलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ । कोषाध्यक्ष साहले तोकिएको जिम्मेवारी अनुसार अस्पताल सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्ने जनाएको छ ।
यसअघि छोटो अवधिका लागि अस्पतालको संयोजकको जिम्मेवारी नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष पंकज महतोलाई दिइएको थियो । रिक्त पदपूर्तिपछि उनको जिम्मेवारी अस्पतालबाट अब समाप्त हुन गएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !