Tuesday, October 6, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सहमहामन्त्रीमा फेरि महेन्द्र यादवको दाबी, ‘अनुभवलाई संगठन सुदृढीकरणमा लगाउँछु’


सहमहामन्त्रीमा फेरि महेन्द्र यादवको दाबी, ‘अनुभवलाई संगठन सुदृढीकरणमा लगाउँछु’

जनकपुरधाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पूर्वसहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले पुनः सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। १४औँ महाधिवेशनमा मधेसी क्लस्टरतर्फबाट सहमहामन्त्री निर्वाचित भएका यादवले यसपटक पनि सोही पदमा निरन्तरता खोजेका हुन्।

तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट १४औँ महाधिवेशनमा मधेसी कोटातर्फ २ हजार २६ मत प्राप्त गरी सहमहामन्त्री निर्वाचित भएका यादवले एक कार्यकालको अनुभवलाई आफ्नो पुनः उम्मेदवारीको मुख्य आधार बनाएका छन्।

यादवको उम्मेदवारीलाई पार्टीको पदाधिकारीमा मधेसी प्रतिनिधित्व कायम राख्ने प्रयाससँगै बदलिएको कांग्रेसको राजनीतिक समीकरणमा आफ्नो भूमिका निरन्तर राख्ने रणनीतिका रूपमा समेत हेरिएको छ।

आगामी असोज २० गते हुने उम्मेदवारी दर्ताअघि नै मधेसी क्लस्टरबाट सहमहामन्त्रीका आकांक्षीहरू खुल्न थालेका छन्। यादवसँगै धनुषाकै रामपल्टन साहले पनि यही पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

त्यसैगरी धनुषाकै मुक्ता यादवले पनि सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेकी छन्। यद्यपि उनले मधेसी क्लस्टरबाट उम्मेदवारी दिने हुन् वा महिला क्लस्टरबाट भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। मुक्ता यादव यसअघि गगन थापा समूहबाट सहमहामन्त्रीको जिम्मेवारीमा रहिसकेकी छन्।

‘म गुटको होइन, कांग्रेसको नेता हुँ’

लामो समय शेरबहादुर देउवा पक्षका प्रभावशाली मधेसी नेताका रूपमा चिनिएका यादव पछिल्लो राजनीतिक परिवर्तनपछि नयाँ नेतृत्वसँग पनि सहकार्यको बाटोमा देखिएका छन्।

विशेष महाधिवेशनमा सहभागी नभएका यादवले त्यसपछि भने विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले समेत गगन थापालाई सभापति स्वीकार गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने धारणा राख्दै आएका छन्।

आफ्नो राजनीतिक धारणा स्पष्ट गर्दै यादव भन्छन्, “म कुनै समूहको होइन, कांग्रेसको नेता हुँ। कांग्रेस जहाँ छ, म त्यहाँ छु। देउवा वा गगन समूहभन्दा पनि पार्टीको आधिकारिकता र कांग्रेसलाई थप सशक्त र मजबुत बनाउने पक्षमा म छु।”

पछिल्लो समय कांग्रेसभित्र देखिएको नेतृत्व परिवर्तन र शक्ति समीकरणका बीच यादवले आफूलाई कुनै एउटा गुटमा सीमित नगरी पार्टीको संस्थागत पक्षमा उभ्याउने प्रयास गरिरहेका छन् ।

एक कार्यकाल सहमहामन्त्री भइसकेपछि फेरि त्यही पदमा किन उम्मेदवारी भन्ने प्रश्नमा यादवले आफूले हासिल गरेको अनुभवलाई संगठन विस्तारमा प्रयोग गर्न चाहेको बताएका छन् ।

“म पदभन्दा पनि कांग्रेसी भएर काम गर्न चाहन्छु। कांग्रेसको एउटा इमानदार सिपाहीका रूपमा सहमहामन्त्री भएर एकपटक काम गरिसकेको छु। त्यस पदको मसँग अनुभव छ। यही अनुभवलाई प्रयोग गरेर पार्टीलाई थप मजबुत बनाउन र संगठन विस्तारमा योगदान पुर्‍याउन फेरि यही पदमा उम्मेदवारी दिएको हुँ,” उनले भने ।

यादवका अनुसार उनको दोस्रो कार्यकालको दाबी व्यक्तिगत पदको निरन्तरताभन्दा पनि पार्टी संगठनमा आफूले हासिल गरेको अनुभवलाई थप प्रभावकारी रूपमा प्रयोग गर्ने उद्देश्यमा आधारित छ।

मधेशमा कांग्रेसको आधार फर्काउने दाबी

महेन्द्र यादवको राजनीतिक आधार मधेश हो। पछिल्ला निर्वाचनमा मधेशमा कांग्रेससहित परम्परागत दलहरूले नयाँ राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था बनेको छ। यस्तो परिस्थितिमा मधेशबाट प्रतिनिधित्व गर्ने कांग्रेसका नेताका लागि संगठनलाई पुनः सक्रिय र जनाधारलाई बलियो बनाउने उनले दाबी गरेका छन् ।

यादवले पनि आफ्नो उम्मेदवारीलाई मधेशमा कांग्रेसको संगठन पुनर्निर्माणसँग जोडेर हेरेका छन् ।

“सबैभन्दा महत्वपूर्ण कुरा के हो भने कांग्रेसको जनाधार मधेश हो। मधेशको प्रतिनिधित्व गर्नु र मधेशमा कांग्रेसको जनाधार पुनः बलियो बनाउनु एउटै कुरा होइन,” यादवले भने, “मेरो उम्मेदवारीले प्रतिनिधित्वको प्रश्नलाई सम्बोधन गर्न सक्छ। त्यसको राजनीतिक परिणाम भने महाधिवेशनपछि संगठन सञ्चालन र चुनावी राजनीतिमा सशक्त भूमिका निर्वाह गर्ने अवसरका रूपमा लिन चाहन्छु।”

उनको भनाइमा पदाधिकारी तहमा मधेशको प्रतिनिधित्व कायम गर्नुका साथै त्यसलाई संगठन विस्तार र आगामी निर्वाचनको राजनीतिक तयारीसँग जोड्नु आवश्यक छ।

तरुण दलदेखि सरकारसम्मको अनुभव

महेन्द्र यादव कांग्रेसको केन्द्रीय राजनीतिमा लामो समयदेखि सक्रिय नेता हुन्। उनी नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्षसमेत हुन्। संविधानसभा तथा व्यवस्थापिका–संसदका सदस्य भइसकेका यादवले खानेपानी तथा सरसफाइमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

देउवा नेतृत्वको कांग्रेसमा प्रभावशाली मधेसी नेताका रूपमा स्थापित यादवलाई पछिल्लो राजनीतिक परिवर्तनपछि गगन थापाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।

त्यसयता यादवले पार्टीभित्रको विभाजनभन्दा एकता र साझा नेतृत्वको आवश्यकतामा जोड दिँदै आएका छन्।

अब १५औँ महाधिवेशनमा उनले पुनः सहमहामन्त्रीको जिम्मेवारी पाउने प्रयास गरेका छन्। एकातर्फ उनको अघिल्लो कार्यकालको अनुभव र मधेशमा रहेको राजनीतिक आधार छ भने अर्कोतर्फ बदलिएको पार्टी संरचना र सहमहामन्त्री पदमा देखिएको प्रतिस्पर्धा उनका लागि महत्त्वपूर्ण राजनीतिक परीक्षण बन्ने देखिन्छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह
Blast News

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

२०८३ आश्विन १९, सोमबार २१:२८
राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०८३ आश्विन १९, सोमबार २१:२८
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८३ आश्विन १९, सोमबार २१:२८
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ आश्विन १९, सोमबार २१:२८
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ आश्विन १९, सोमबार २१:२८
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ आश्विन १९, सोमबार २१:२८

ताजा खबर

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

सहमहामन्त्रीमा फेरि महेन्द्र यादवको दाबी, ‘अनुभवलाई संगठन सुदृढीकरणमा लगाउँछु’

सहमहामन्त्रीमा फेरि महेन्द्र यादवको दाबी, ‘अनुभवलाई संगठन सुदृढीकरणमा लगाउँछु’

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव