Friday, August 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका


जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–७, जिरोमाइलमा मिथिलाको मौलिक संस्कृति, ग्रामीण परिवेश र स्थानीय स्वादलाई केन्द्रमा राखेर ‘बाँस वाटिका’ रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा आएको छ।

बाँस वाटिकाको औपचारिक उद्घाटन बिहीबार बिहान १० बजे मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवले गर्ने कार्यक्रम तय गरिएको सञ्चालकले जनाएको छ। उद्घाटन समारोहलाई सांस्कृतिक तथा स्थानीय उत्पादनको प्रवद्र्धनसँग जोड्दै मिथिला कला, राखी तथा स्थानीय उत्पादनको प्रदर्शनी र विशेष तीज सांगीतिक कार्यक्रम आयोजना गरिनेछ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चालक समितिका नवीन साहले बाँस वाटिकालाई सामान्य रेस्टुरेन्ट वा पार्टी प्यालेसका रूपमा मात्र सीमित नराखी मिथिलाको कला, संस्कृति, खानपान र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने साझा थलोका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।

उनका अनुसार उद्घाटनका क्रममा आयोजना हुने प्रदर्शनीमा मिथिला चित्रकला, हस्तकला, राखी तथा विभिन्न स्थानीय उत्पादन राखिनेछन्। स्थानीय कलाकार, हस्तकला व्यवसायी, उद्यमी र उत्पादकलाई आफ्ना सिर्जना तथा सामग्री सार्वजनिक गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो।

‘स्थानीयस्तरमा प्रतिभा र उत्पादनको कमी छैन, तर त्यसलाई बजार र उपभोक्तासम्म पुर्‍याउने उचित मञ्चको अभाव छ,’ साहले भने, ‘बाँस वाटिकालाई त्यस्ता कलाकार र उद्यमीका लागि पनि एउटा साझा प्लेटफर्म बनाउने हाम्रो प्रयास हो।’

बाँस वाटिकाको अवधारणामा मिथिला संस्कृति र ग्रामीण जीवनशैलीको झल्को दिने वातावरणसँगै स्थानीय परिकारलाई प्राथमिकता दिइएको सञ्चालकले जनाएको छ। यसमार्फत स्थानीय स्वाद र मौलिक आतिथ्यलाई नयाँ पुस्ता तथा बाह्य आगन्तुकसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

उद्घाटन समारोहमा तीज विशेष सांगीतिक कार्यक्रमसमेत हुनेछ। नेपाली महिलाको महत्वपूर्ण सांस्कृतिक पर्व तीजलाई लक्षित गर्दै विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति राखिने आयोजकले जनाएको छ।

उद्घाटन कार्यक्रममा सहभागी हुने अतिथिका लागि प्रवेश निःशुल्क रहनेछ भने आगन्तुकलाई विभिन्न स्थानीय तथा विशेष परिकारको स्वाद लिने अवसरसमेत प्रदान गरिने साहले जानकारी दिए।

बाँस वाटिकाले रेस्टुरेन्ट तथा पार्टी प्यालेसको व्यावसायिक अवधारणासँगै स्थानीय कला, संस्कृति, उत्पादन र उद्यमशीलतालाई जोड्ने प्रयास गरेको जनाएको छ। आयोजकका अनुसार आगामी दिनमा पनि स्थानीय कलाकार र उत्पादकलाई केन्द्रमा राखेर विभिन्न सांस्कृतिक तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ भाद्र ११, बिहीबार २३:३७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ भाद्र ११, बिहीबार २३:३७
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८३ भाद्र ११, बिहीबार २३:३७
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८३ भाद्र ११, बिहीबार २३:३७
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८३ भाद्र ११, बिहीबार २३:३७
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८३ भाद्र ११, बिहीबार २३:३७

ताजा खबर

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव