Monday, October 5, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा विद्युत्को पहुँच विस्तारसँगै करेन्ट लागेर ज्यान गुमाउनेको संख्या पनि चिन्ताजनक रूपमा बढेको छ । नेपाल प्रहरीको पछिल्लो एक दशकको तथ्यांकले मधेशमा प्रदेशमा करेन्टबाट हुने मृत्यु ५७४ पुगेको छ ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७३/७४ देखि २०८२/८३ सम्म मधेस प्रदेशमा विद्युत् दुर्घटनामा परी ५७४ जनाले ज्यान गुमाएका छन्। मृतकमध्ये ३७२ पुरुष, १११ महिला र ९१ जना बालबालिका छन् ।

दश वर्षअघि अर्थात् आर्थिक वर्ष २०७३÷७४ मा करेन्ट लागेर १७ जनाको मृत्यु भएको थियो। त्यसको एक दशकपछि आर्थिक वर्ष २०८२÷८३ मा मृतकको संख्या बढेर ११७ पुगेको छ। यसले विद्युत् दुर्घटनाबाट हुने मृत्युमा उल्लेख्य वृद्धि भएको देखाउँछ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार गत आर्थिक वर्षमा मात्रै करेन्ट लागेर ७२ पुरुष, २२ महिला र २३ बालबालिकाको मृत्यु भएको थियो। सोही अवधिमा नौ जना पुरुष घाइते भएका थिए ।

विद्युत् दुर्घटनाको तथ्यांकमा बालबालिकाको मृत्यु दर अझै गम्भीर देखिएको छ । आर्थिक वर्ष २०७३/७४ मा करेन्ट लागेर दुई बालबालिकाको मृत्यु भएको थियो। तर, २०८२/८३ मा यो संख्या बढेर २३ पुगेको छ। दश वर्षको अवधिमा बालबालिकाको मृत्यु संख्या ११ गुणाभन्दा बढी बढेको हो ।

पुरुषतर्फ पनि मृत्यु हुनेको संख्या उल्लेख्य रूपमा बढेको छ। २०७३/७४ मा नौ पुरुषको मृत्यु भएकोमा गत आर्थिक वर्षमा यो संख्या ७२ पुगेको छ। महिलाको हकमा भने सोही अवधिमा करेन्ट लागेर मृत्यु हुनेको संख्या ६ बाट बढेर २२ पुगेको प्रहरीको तथ्यांक छ।

नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रमुख शम्भु कुसियैत यादवका अनुसार विद्युत् दुर्घटनाको प्रमुख कारण उपभोक्ताको असावधानी र लापरवाही हो । विशेषगरी सिँचाइका लागि विद्युत् प्रयोग गर्ने किसानहरू बढी जोखिममा पर्ने गरेको उनले बताए ।

उनका अनुसार खेतमा सिँचाइका लागि लगिएका तार मुसाले काट्ने, तार खुकुलो हुने वा अन्य कारणले क्षति पुग्ने गरे पनि त्यसको अवस्था परीक्षण नगरी मोटरमा विद्युत् जोड्दा दुर्घटना हुने गरेको छ। राति वा दिनमा सिँचाइ गर्ने क्रममा तारमा समस्या आउँदा जमिनमा विद्युत् प्रवाह भएर करेन्ट लाग्ने जोखिमसमेत रहने उनको भनाइ छ ।

करेन्ट लागेर मृत्यु भएका सबै घटनामा क्षतिपूर्ति उपलब्ध हुने व्यवस्था नरहेको प्राधिकरणले जनाएको छ। प्रमुख यादवका अनुसार प्राधिकरणको गल्ती वा लापरवाहीका कारण दुर्घटना भएको पुष्टि भएमा मात्र पीडित परिवारलाई प्राधिकरणको तर्फबाट क्षतिपूर्ति उपलब्ध गराइन्छ।

उपभोक्ता स्वयंको असावधानी, अव्यवस्थित तार व्यवस्थापन वा अन्य व्यक्तिगत लापरवाहीका कारण भएको दुर्घटनामा भने प्राधिकरणले क्षतिपूर्ति नदिइने गरिएको उनको भनाई छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०८३ भाद्र ४, बिहीबार १९:२५
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८३ भाद्र ४, बिहीबार १९:२५
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ भाद्र ४, बिहीबार १९:२५
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ भाद्र ४, बिहीबार १९:२५
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ भाद्र ४, बिहीबार १९:२५
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ भाद्र ४, बिहीबार १९:२५

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव