Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल


जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाम । मिथिलाको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको झुलनोत्सव जनकपुरधाममा शनिबारदेखि सुरु भएको छ। साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइने यस पर्वका कारण जनकपुरधामका प्रमुख मठमन्दिरमा धार्मिक गतिविधि र भक्तजनको आवागमन बढेको छ।

झुलनोत्सवका क्रममा मठमन्दिरमा विशेष रूपमा सजाइएका झुला तयार गरी सीताराम तथा राधाकृष्णका मूर्तिलाई साँझपख झुलाउने परम्परा छ। जानकी मन्दिरसहित रत्नसागर, विहारकुण्ड, अग्निकुण्डलगायतका धार्मिक स्थलमा साँझदेखि रातिसम्म पूजा, भजन–कीर्तन तथा सांस्कृतिक कार्यक्रम हुने गरेका छन्।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दासका अनुसार जनकपुरधाममा झुलनोत्सवको परम्परा लामो समयदेखि चलिआएको छ। उनका अनुसार सन् १७३० तिर जानकी मन्दिरका आदिमहन्थ सुरकिशोर दास वैष्णवले यस उत्सवलाई व्यवस्थित रूपमा अघि बढाएका थिए। त्यसयता विभिन्न महन्थले परम्परालाई निरन्तरता दिँदै आएका छन्।

पुरानो धार्मिक परम्पराअनुसार सन्तहरूले यात्राका क्रममा साथमा बोकेर ल्याएको शालिग्रामलाई आसनमा राखी रुखको छहारी वा खुला स्थानमा झुलाउने चलनबाट यसको विकास भएको धार्मिक अगुवाहरू बताउँछन्। समयक्रममा यही परम्परा मिथिलाको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा विस्तार भएको हो।

जानकी मन्दिरमा तीनवटा विशेष सिंहासनमा सीतारामको मूर्ति राखेर रेशमी डोरीको सहायताले झुलाउने गरिन्छ। उत्सवका अवसरमा मिथिलाका परम्परागत झुला, कजरी र मलार गीत गाइने भएकाले जनकपुरधामको धार्मिक वातावरण संगीतमय बन्ने गरेको छ। भक्तजनसँगै कलाकार र स्थानीय युवायुवतीसमेत सांस्कृतिक प्रस्तुतिमा सहभागी हुने गरेका छन्।

धार्मिक मान्यताअनुसार त्रेतायुगमा राम–सीताको विवाहसँग जोडिएको प्रसंग र मणिपर्वतमा गरिएको उत्सवको स्मरणमा मिथिला र अयोध्यामा झुलनोत्सव मनाउने परम्परा रहेको जानकारहरू बताउँछन्।उत्सव सुरु भएसँगै नेपालका विभिन्न स्थान तथा भारतबाट समेत श्रद्धालु जनकपुरधाम आउन थालेका छन्। साँझपख मठमन्दिर क्षेत्रमा दर्शनार्थीको चहलपहल बढ्ने गरेको छ।

तर जानकी मन्दिरमा उत्साहजनक सहभागिता देखिए पनि जनकपुरधामका अन्य ऐतिहासिक मठमन्दिरमा भने पहिलेको जस्तो रौनक देखिन छाडेको स्थानीयको गुनासो छ। विगतमा झुलनोत्सवका बेला अबेर रातिसम्म श्रद्धालुले भरिभराउ हुने रत्नसागर, विहारकुण्ड, अग्निकुण्डलगायतका स्थल अहिले कतिपय अवस्थामा औपचारिक कार्यक्रममै सीमित हुन थालेका छन्।

स्थानीय धार्मिक अगुवाहरूले गुठी व्यवस्थापनको कमजोरी, कतिपय मठमन्दिर महन्थविहीन हुनु तथा संरक्षणमा पर्याप्त ध्यान नपुग्नुले परम्परागत झुलनोत्सवको आकर्षण घट्दै गएको बताएका छन्। उनीहरूले ऐतिहासिक झुलाघर र मठमन्दिरको संरक्षणसँगै पर्वको मौलिकता जोगाउन सम्बन्धित निकायले विशेष पहल गर्नुपर्नेमा जोड दिएका छन्।

धार्मिक आस्था, मिथिलाको लोकसंगीत, कला र सामुदायिक सहभागितालाई एकै ठाउँमा जोड्ने झुलनोत्सवलाई व्यवस्थित रूपमा संरक्षण गर्न सके यसले जनकपुरधामको सांस्कृतिक पर्यटनलाई समेत थप बल पुग्ने अपेक्षा गरिएको छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८३ श्रावण ३०, शनिबार २१:२०
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८३ श्रावण ३०, शनिबार २१:२०
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८३ श्रावण ३०, शनिबार २१:२०
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०८३ श्रावण ३०, शनिबार २१:२०
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८३ श्रावण ३०, शनिबार २१:२०
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८३ श्रावण ३०, शनिबार २१:२०

ताजा खबर

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव