Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम


माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

जनकपुरधाम । मुक्त हरवाचरवा अधिकार मञ्चले हरवाचरवा समुदायका अधिकार र पुनःस्थापनासम्बन्धी माग तत्काल सम्बोधन गर्न मधेश प्रदेश सरकारलाई ९० दिनको समयसीमा दिएको छ।

मञ्चले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउँदै समुदायको पहिचान, भूमिमाथिको अधिकार, पुनःस्थापना, सामाजिक सुरक्षा तथा सम्मानजनक रोजगारी र जीविकोपार्जनको सुनिश्चितता गर्न माग गरेको हो।

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको पूर्ण मुक्ति, भूमिको अधिकार, सामाजिक सुरक्षा, आर्थिक पुनःस्थापना र मर्यादित जीविकोपार्जन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे पनि त्यसअनुसार ठोस कार्ययोजना, बजेट र कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको मञ्चको गुनासो छ।

मञ्चले प्रदेशका आठवटै जिल्लाका स्थानीय तहसँग आवश्यक समन्वय गरी हरवाचरवा समुदायको लगत संकलन, प्रमाणीकरण र परिचयपत्र वितरणको काम तत्काल अघि बढाउन माग गरेको छ। भूमिहीन हरवाचरवा परिवारको पहिचान गरी उनीहरूको दिगो पुनःस्थापनाका लागि स्पष्ट योजना बनाएर कार्यान्वयनमा ल्याउनुपर्ने उसको माग छ।

ध्यानाकर्षण पत्र बुझाइएको मितिदेखि ९० दिनभित्र अर्थात् २०८३ भदौ ५ गतेसम्म माग सम्बोधनका लागि आवश्यक निर्णय, बजेट र कार्यान्वयन प्रक्रिया सुनिश्चित गर्न मञ्चले सरकारलाई आग्रह गरेको छ। तोकिएको समयभित्र माग पूरा गर्ने दिशामा ठोस पहल नभए आठवटै जिल्लाका हरवाचरवालाई सहभागी गराएर चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ।

मञ्चका अनुसार आन्दोलन शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट सञ्चालन गरिनेछ। पहिलो चरणमा प्रदर्शन तथा ¥याली गर्ने, त्यसपछि धर्नालगायत दबाबमूलक कार्यक्रम अघि बढाउने र त्यसबाट पनि माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने तयारी रहेको छ।

सम्भावित आन्दोलनको अवस्था आउन नदिन सरकारले ध्यानाकर्षण पत्रमा समेटिएका मागलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने मञ्चको भनाइ छ। त्यसका लागि तत्काल निर्णय गरी आवश्यक बजेट विनियोजन गर्न र कार्यान्वयनको स्पष्ट समयसीमा तोक्नसमेत उसले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।

मञ्चका अध्यक्ष दशनलाल मण्डलसहित मधेश प्रदेशका आठवटै जिल्लाका प्रतिनिधिले हस्ताक्षर गरेको पत्रमा हरवाचरवा समुदायले लामो समयदेखि गर्दै आएको अधिकारको संघर्ष र सरकारका विगतका प्रतिबद्धतालाई ध्यानमा राख्दै प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ।

हरवाचरवा समुदायले विगत चार वर्षदेखि आफ्नो वास्तविक पहिचान, सामाजिक सुरक्षा र अन्य अधिकार सुनिश्चित नभएको भन्दै लगत संकलन, प्रमाणीकरण तथा परिचयपत्र वितरणको प्रक्रिया प्रभावकारी र तीव्र बनाउन निरन्तर माग गर्दै आएको छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८३ श्रावण २९, शुक्रबार २१:३५
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८३ श्रावण २९, शुक्रबार २१:३५
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०८३ श्रावण २९, शुक्रबार २१:३५
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८३ श्रावण २९, शुक्रबार २१:३५
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८३ श्रावण २९, शुक्रबार २१:३५
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८३ श्रावण २९, शुक्रबार २१:३५

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव