Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विभेद र गरीबीसंग संघर्ष गर्दै साेनादेवी


विभेद र गरीबीसंग संघर्ष गर्दै साेनादेवी

जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियास्थित दुधमती नदी किनारको मुसहर बस्तीमा बस्ने सोना देवी सादाको जीवनले आर्थिक शोषण र गरिबीको चक्र अझै कायम रहेको यथार्थ उजागर गर्छ।

बन्धुवा मजदुरीबाट मुक्त भए पनि उनीहरू आज पनि सम्मानजनक रोजगारी, न्यूनतम पारिश्रमिक र आधारभूत सेवाबाट वञ्चित छन्।

दीनाभद्री हरवा–चरवा समूहमा आबद्ध सोना देवीका श्रीमान् रामबाबु सादा करिब डेढ महिनाअघि रोजगारीको खोजीमा भारतको मद्रास गएका छन्। गाउँमै मजदुरी गर्दा दिनभरि कडा परिश्रम गरेबापत चारदेखि पाँच सय रुपैयाँ मात्रै ज्याला पाइने भएकाले परिवार पाल्न नसकेपछि उनी वैदेशिक रोजगारीतर्फ लाग्न बाध्य भएका हुन्।

सोना देवी भन्छिन्, “यहाँ काम गर्दा दिनभरि पसिना बगाउँदा पनि चार–पाँच सय रुपैयाँभन्दा बढी पाइँदैन। त्यो पैसाले छ जनाको परिवार पाल्न सकिँदैन।”

नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि श्रमिकको न्यूनतम मासिक पारिश्रमिक रु. १९,५५० कायम गरेको छ, जसअनुसार दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकले करिब रु. ७५२ प्रतिदिन पाउनुपर्ने व्यवस्था छ। तर मुसहर बस्तीका अधिकांश श्रमिकले सरकारले तोकेको न्यूनतम ज्यालासमेत नपाउने गरेको स्थानीयवासी बताउँछन्।

स्थानीय श्रमिकहरूका अनुसार सरकारले तोकेको दरभन्दा प्रतिदिन दुईदेखि तीन सय रुपैयाँसम्म कम ज्याला दिइने भएकाले उनीहरू आर्थिक रूपमा झन् कमजोर बन्दै गएका छन्। अशिक्षा, भूमिहीनता र विकल्पको अभावका कारण उनीहरूले कम ज्यालामै काम गर्न बाध्य हुनुपरेको छ।

चार छोरीसहित छ जनाको परिवारको जिम्मेवारी कमजोर आम्दानीमै अडकिएको छ। आर्थिक अभावका कारण छोरीहरू नियमित विद्यालय जान सकेका छैनन्। उनीहरू कहिले खेतबारीमा मजदुरी गर्न जान्छन् भने कहिले घरमा बाख्रा चराउन बाध्य हुन्छन्।

“छोरीहरूलाई पढाउने रहर धेरै छ, तर बिहान बेलुकाको छाक टार्नै गाह्रो छ,” सोना देवीको पीडा छ। उनी भन्छिन, यहीं उचित राेजगार र ज्याला पाएकाे भए मेराे श्रीमानलाई घर छाेडेर मद्रास जानुपर्ने थिएन ।

प्रदेश सरकारको हरवा–चरवा सशक्तीकरण कार्यक्रममार्फत सामुदायिक सुधार केन्द्र (सीआईसी) ले उपलब्ध गराएको एक जोडी बाख्राले भने उनको परिवारमा केही आशा जगाएको छ। बाख्रापालनबाट भविष्यमा आम्दानी बढ्ने अपेक्षा उनीहरूको छ।

तर जीविकोपार्जन मात्र होइन, आधारभूत सेवाको अभाव पनि उत्तिकै गम्भीर छ। करिब ४० मुसहर परिवार बसोबास गर्ने बस्तीमा अधिकांश घरमा शौचालय छैन। उनीहरू आज पनि खुला स्थानमा शौच गर्न बाध्य छन्। निजी चापाकल नहुँदा दुईवटा सार्वजनिक चापाकलको भरमा सम्पूर्ण बस्ती निर्भर छ।

बसोबासको असुरक्षा अर्को ठूलो समस्या बनेको छ। दुधमती नदी किनारको सार्वजनिक जग्गामा बनाइएका टहरामा बस्दै आएका उनीहरू नदी स्तरोन्नति तथा उत्खननका कारण कुनै पनि बेला विस्थापित हुन सक्ने त्रासमा छन्।

स्थानीय सरकार, प्रदेश सरकार र सम्बन्धित निकायले मुसहर समुदायका श्रमिकले सरकारले निर्धारण गरेको न्यूनतम ज्याला अनिवार्य रूपमा पाउने वातावरण सिर्जना गर्नुपर्ने, श्रम बजारमा हुने विभेद अन्त्य गर्नुपर्ने तथा सुरक्षित आवास, गुणस्तरीय शिक्षा, स्वच्छ खानेपानी र स्थायी रोजगारीको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ।

यद्यपि सामुदायिक सुधार केन्द्र (सीआईसी) ले स्थानीय तहसँगको सहकार्यमा हरवा–चरवा समुदायमा जनचेतना फैलाउने, आत्मबल बढाउने, समूह सशक्तीकरण गर्ने तथा आयआर्जनका साना कार्यक्रम सञ्चालन गर्दै आएको छ। बाख्रा वितरणजस्ता कार्यक्रमले केही आशा जगाएका छन्, तर मुसहर समुदायलाई गरिबीको चक्रबाट बाहिर निकाल्न यस्ता प्रयास मात्र पर्याप्त छैनन्।

सोना देवी सादाको कथा एउटा परिवारको मात्र होइन, हरवा–चरवा प्रथाबाट मुक्त भए पनि श्रमको उचित मूल्य, सम्मानजनक जीवन र राज्यले प्रत्याभूत गरेका आधारभूत अधिकारको पर्खाइमा रहेका सयौं मुसहर परिवारको साझा यथार्थ हो। कानुनी रूपमा बन्धन समाप्त भए पनि सरकारले तोकेको न्यूनतम ज्यालासमेत नपाउने अवस्था रहुञ्जेल उनीहरूको वास्तविक मुक्ति अधुरै रहनेछ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८३ असार २१, आईतवार ०९:०६
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८३ असार २१, आईतवार ०९:०६
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८३ असार २१, आईतवार ०९:०६
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८३ असार २१, आईतवार ०९:०६
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८३ असार २१, आईतवार ०९:०६
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८३ असार २१, आईतवार ०९:०६

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव