Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेेेशकाे ३२ सिटमा रास्वपा ३० सिटमा विजयी


मधेेेशकाे ३२ सिटमा रास्वपा ३० सिटमा विजयी

जनकपुरधाम । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको अन्तिम चरणसम्म आइपुग्दा मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक सफलता हात पारेको छ ।

मधेशका ३२ संसदीय क्षेत्रमध्ये एक क्षेत्रको परिणाम आउन बाँकी रहँदा ३० सिटमा रास्वपाका उम्मेदवार विजयी भइसकेका छन् ।

आठ जिल्लामा फैलिएको मधेश प्रदेशका अधिकांश क्षेत्रमा रास्वपाले प्रभावशाली जित निकाल्दै अन्य दललाई निकै पछि पारेको छ ।

हालसम्म सार्वजनिक परिणामअनुसार रौतहट क्षेत्र नम्बर २ बाहेक सबै क्षेत्रमा रास्वपा विजयी भएको छ । सो क्षेत्रमा भने नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन् ।

विज्ञापन

मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३२ मध्ये ३१ क्षेत्रको परिणाम घोषणा गरिसकेको छ । सार्वजनिक परिणामअनुसार रास्वपाले ३० क्षेत्रमा जित हासिल गरेको छ भने एक क्षेत्रमा कांग्रेस विजयी भएको हो ।

रौतहट–२ मा कांग्रेसका फिरदोश आलमले २९ हजार ५ सय २८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका किरणकुमार साहले १८ हजार ४ सय ४२ मत प्राप्त गरेका छन् । रास्वपाका उम्मेदवार शेख सगिरले ९ हजार ३ सय २५ मत पाए ।

यसपटक मधेशका विभिन्न जिल्लामा रास्वपाका उम्मेदवारले ठूलो मतान्तरसहित विजय हासिल गरेका छन् । धेरै क्षेत्रमा १० हजारभन्दा बढी मतान्तरले जित निकालिएको निर्वाचन अधिकृतहरूको भनाइ छ ।

निर्वाचन परिणामले मधेशमा स्थापित मानिएका ठूला नेताहरूलाई समेत पराजित गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो पराजित भएका प्रमुख नेतामध्ये पर्छन् ।

यसैगरी नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ, नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र कांग्रेसका निवर्तमान सहमहामन्त्री महेन्द्र यादवले पनि ठूलो मतान्तरले हार बेहोरेका छन् ।

यद्यपि धनुषा क्षेत्र नम्बर १ को मतपरिणाम भने अझै घोषणा भएको छैन । सो क्षेत्रमा रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएपछि विवाद उत्पन्न भएको थियो । उम्मेदवारी खारेज भए पनि उनले सबैभन्दा बढी मत प्राप्त गरेपछि विषय जटिल बनेको हो ।

साहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सर्वोच्च अदालतले विवाद टुंगो नलागेसम्म मत परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको भन्दै निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेको छ ।

यस्तो छ जिल्लागत परिणाम
सप्तरीका चारवटै क्षेत्रमा रास्वपा विजयी भएको छ । सप्तरी–१ बाट पुष्पा कुमारी चौधरी, २ बाट रामजी यादव, ३ बाट अमरकान्त चौधरी र ४ बाट सिताराम साह निर्वाचित भएका छन् ।

सिरहामा पनि चारवटै क्षेत्रमा रास्वपाको जित भएको छ । सिरहा–१ बाट बबलु गुप्ता, २ बाट शिव यादव, ३ बाट शम्भु कुमार यादव र ४ बाट तपेश्वर यादव विजयी भएका छन् ।

धनुषामा क्षेत्र नम्बर १ को परिणाम बाँकी रहँदा अन्य तीन क्षेत्रमा रास्वपा विजयी भएको छ । धनुषा–२ बाट रामविनोद यादव, ३ बाट मनिष झा र ४ बाट राजकिशोर महतो निर्वाचित भएका छन् ।

महोत्तरीका चारवटै क्षेत्रमा पनि रास्वपाले सफलता हात पारेको छ । महोत्तरी–१ बाट प्रमोद महतो, २ बाट दीपक कुमार साह, ३ बाट उज्वल झा र ४ बाट गौरी कुमारी यादव विजयी भएका छन् ।

सर्लाहीमा नितिमा कार्की भण्डारी, रविन महतो, नरेन्द्र साह र डा. अमरेशकुमार सिंह क्रमशः क्षेत्र नम्बर १, २, ३ र ४ बाट निर्वाचित भएका छन् ।

रौतहटमा क्षेत्र नम्बर १ बाट राजेश चौधरी, ३ बाट रविन्द्र पटेल र ४ बाट गणेश पौडेल विजयी भएका छन् भने क्षेत्र नम्बर २ मा कांग्रेसका फिरदोश आलम निर्वाचित भएका छन् ।

बारामा पनि चारवटै क्षेत्रमा रास्वपाले जित निकालेको छ । बारा–१ बाट गणेश धिमाल, २ बाट चन्दन कुमार सिंह, ३ बाट अरविन्द साह र ४ बाट रहवर अन्सारी निर्वाचित भएका छन् ।

पर्साका चारवटै क्षेत्रमा पनि रास्वपा विजयी भएको छ । पर्सा–१ बाट बुद्धिप्रसाद पन्त, २ बाट सुशील कुमार कानु, ३ बाट रामाकान्त प्रसाद चौरसिया र ४ बाट टेकबहादुर शाक्य निर्वाचित भएका छन् ।

यस परिणामसँगै मधेश प्रदेशमा रास्वपाको राजनीतिक प्रभाव एकाएक बढेको विश्लेषकहरूको भनाइ छ । परम्परागत रूपमा मधेशकेन्द्रित दल तथा ठूला राष्ट्रिय दलको प्रभाव रहेको क्षेत्रमा नयाँ शक्तिको रूपमा रास्वपाको उदयलाई यसपटकको निर्वाचनले स्पष्ट संकेत गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ असार १४, आईतवार ०१:१८
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ असार १४, आईतवार ०१:१८
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ असार १४, आईतवार ०१:१८
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ असार १४, आईतवार ०१:१८
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ असार १४, आईतवार ०१:१८
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ असार १४, आईतवार ०१:१८

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव