Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कमजोर व्यवस्थापनले थल्यो प्रादेशिक अस्पताल


कमजोर व्यवस्थापनले थल्यो प्रादेशिक अस्पताल

जनकपुरधाम । मधेश प्रदेशमा सरकारी स्वास्थ्य सेवा प्रणाली गम्भीर संकटमा परेको छ । प्रदेश सरकारको लापरबाही, कमजोर व्यवस्थापन र आन्तरिक विवादका कारण अस्पतालदेखि जनस्वास्थ्य प्रयोगशालासम्मका सेवाहरू प्रभावित भएका छन् । यसको प्रत्यक्ष असर भने गरिब तथा विपन्न नागरिकमाथि परेको छ ।

मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगातार दुई आर्थिक वर्षदेखि आवश्यक औषधि तथा स्वास्थ्य सामग्री समयमै आपूर्ति गर्न नसक्दा प्रादेशिक अस्पतालहरूको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ । सरकारी अस्पतालहरूमा उपलब्ध गराउने भनिएका ९८ प्रकारका निःशुल्क औषधि व्यवहारमा नपाइएपछि बिरामीहरू निजी औषधि पसलबाट महँगो मूल्य तिरेर औषधि किन्न बाध्य भएका छन् ।

यद्यपि, संघीय सरकारमार्फत उपलब्ध गराइने खोप, क्षयरोग तथा केही सीमित औषधिहरू नियमित रूपमा आइरहेका छन् । तर, प्रदेश सरकारको जिम्मेवारीमा पर्ने अन्य अत्यावश्यक औषधिहरू अभावमै रहेका छन् । यसले उपचारमा निर्भर गरिब तथा दैनिक ज्यालादारी गर्ने वर्गलाई सबैभन्दा बढी मर्का परेको देखिन्छ ।

प्रादेशिक अस्पतालहरूको सेवा कमजोर बन्दै जाँदा छोटो समयमा विश्वास जित्न सफल भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको अवस्था झन् नाजुक बनेको छ । केमिकल तथा आवश्यक सामग्री आपूर्तिमा भएको अवरोधका कारण पहिले करिब ३०० प्रकारका जटिल स्वास्थ्य परीक्षण गर्दै आएको प्रयोगशाला अहिले झरेर करिब १०० प्रकारका सामान्य परीक्षणमा सीमित भएको छ ।

स्वास्थ्य मन्त्रालयभित्रको आन्तरिक विवाद, पदस्थापनामा लेनदेन र नातावादको आरोप, कर्मचारीबीचको विवाद र अदालतसम्म पुगेका मुद्दाहरूले सेवा प्रवाहमा प्रत्यक्ष असर पारेको सरोकारवालाहरूको भनाइ छ । विभिन्न अन्तरिम आदेश र निषेधाज्ञाका कारण आवश्यक निर्णयहरू रोकिँदा स्वास्थ्य सेवा थप प्रभावित भएको बताइएको छ ।

यसैबीच, मधेश प्रदेशका १३६ वटा पालिकामा तीन दशकअघि स्थापना गरिएका जनस्वास्थ्य प्रयोगशालाहरू पनि अहिले केमिकल अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् । उपकरण भएर पनि प्रयोग गर्न नसक्ने स्थिति सिर्जना हुँदा नागरिकले आधारभूत स्वास्थ्य परीक्षण सेवाबाट समेत वञ्चित हुनुपरेको छ । कर्मचारी व्यवस्थापन पनि अस्तव्यस्त देखिएको छ । चालु आर्थिक वर्षमा धेरै कर्मचारीहरूको करार सम्झौता नवीकरण नभएकाले सेवा प्रवाहमा थप समस्या उत्पन्न भएको छ । यसले स्वास्थ्य संस्थाहरूमा जनशक्ति अभावसमेत देखिएको छ ।

बजेट कार्यान्वयनमा समेत गम्भीर कमजोरी देखिएको छ । गत आर्थिक वर्षमा औषधि खरिदका लागि छुट्याइएको बजेट खर्च हुन नसकेको अवस्थामा चालु आर्थिक वर्षमा ६ अर्ब ४८ करोड ५० लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको भए पनि फागुन मसान्तसम्म पुँजीगत खर्च मात्र करिब ४ करोड १ लाख रुपैयाँमा सीमित रहेको छ । यसले मन्त्रालयको कार्यक्षमता र योजना कार्यान्वयनमा प्रश्न उठाएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार बजेट विनियोजन मात्र पर्याप्त हुँदैन, प्रभावकारी योजना, पारदर्शी खरिद प्रक्रिया र जिम्मेवार कार्यान्वयन आवश्यक हुन्छ । अन्यथा यस्ता समस्या दोहोरिँदै जाने उनीहरूको चेतावनी छ ।

यता, सर्वसाधारणले भने सरकारको लापरबाहीका कारण आफूहरू प्रत्यक्ष पीडित बनेको गुनासो गरेका छन् । ‘सरकारी अस्पतालमा औषधि पाइँदैन, निजीमा किन्ने पैसा छैन, हामी कहाँ जाने?’ एक बिरामीका आफन्तले प्रश्न गरे । मधेश प्रदेशमा स्वास्थ्य सेवा सुधारका लागि तत्काल ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ । अन्यथा, आधारभूत स्वास्थ्य सेवाबाट समेत नागरिक वञ्चित हुने अवस्था अझ गम्भीर बन्दै जाने देखिन्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८३ असार १०, बुधबार १६:४१
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८३ असार १०, बुधबार १६:४१
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८३ असार १०, बुधबार १६:४१
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८३ असार १०, बुधबार १६:४१
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८३ असार १०, बुधबार १६:४१
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८३ असार १०, बुधबार १६:४१

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव