जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकास्थित प्रहरी चौकीको नयाँ भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।
नगरपाकिलाको वडा नं. ८ स्थित सो चौकीको हस्तान्तरण तथा उद्घाटन वडा अध्यक्ष रितेश साहको अध्यक्षता आयोजित एक कार्यक्रमका बीच गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मेयर हरिप्रसाद मण्डलले नव–निर्मित भवन प्रहरी चौकी मटिहानीलाई औपचारिक रूपमा हस्तान्तरण यो प्रहरी चौकीले यहाँको शान्ति सुरक्षा सुदृढ हुनुका साथै व्यवस्थापनमा थप बल पुग्ने बताए ।
मटिहानी नगरपालिकाको सहयोगमा निर्माण गरिएको उक्त भवन करिब रु. ३२ लाख ५ हजार ९ सय लागतमा सम्पन्न भएको हो । ६० फिट लम्बाइ र २० फिट चौडाइ रहेको उक्त भवनमा ६ वटा कोठा रहेका छन् ।
कार्यक्रममा उप–प्रमुख मञ्जु देवी साह, जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी संजय पोखरेल, गोरखनाथ गण प्रकौली ब्यारेकका प्रमुख सेनानी रामप्रसाद लामिछाने, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्मा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय महोत्तरीका उप–अनुसन्धान निर्देशक चन्दन झा लगायतको उपस्थिति रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !