Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

न्याय र उपचार खर्चका लागि गुहार


न्याय र उपचार खर्चका लागि गुहार

जनकपुरधाम । कुटपिटबाट गम्भीर घाइते भएका जनकपुरधामका एक व्यक्तिको उपचार आर्थिक अभावका कारण प्रभावित बनेपछि पीडित परिवारले न्याय, क्षतिपूर्ति तथा उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग गुहार गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका–३ निवासी मानसिक सन्तुलन ठीक नरहेका मगनु भन्ने मगनी दास वैशाख ७ गतेदेखि हराएका थिए। त्यसक्रममा मागीचाँगी गर्दै महोत्तरीको जलेश्वर नगरपालिका–८ पुगेका बेला स्थानीय अमोद ठाकुरले ‘चोर–चोर’ भन्दै निर्ममतापूर्वक कुटपिट गरेको आरोप परिवारले लगाएको छ।

घटनामा गम्भीर घाइते भएका मगनीलाई प्रारम्भिक उपचारका लागि जलेश्वरस्थित प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पताल रेफर गरिएको थियो। थप उपचार आवश्यक परेपछि हाल उनी जनकपुरधामस्थित स्वास्तिक अस्पतालमा उपचाररत छन्। स्थानीयवासीको सहयोगमा प्रहरीले उनलाई अस्पताल पुर्‍याएको बताइएको छ।

परिवारका अनुसार कुटपिटका कारण मगनीको बाँया खुट्टा नराम्ररी भाँचिएको, दायाँ हात टुटेको तथा छातीको बाँया भाग र टाउकोको पछाडिपट्टि गम्भीर चोट लागेको छ।

पीडितकी छोरी आरती देवी दासको जाहेरीका आधारमा पक्राउ परेका आरोपित अमोद ठाकुर हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन्। पीडित पक्षले जिल्ला अदालतमा मुद्दासमेत दायर गरिसकेको जनाएको छ। तर अदालतबाट फैसला आउन ढिलाइ हुँदा उपचार व्यवस्थापनमा थप समस्या उत्पन्न भएको परिवारको गुनासो छ।

मंगलबार एक पत्रकार सम्मेलन आयाेजना गरी पीडितकी छोरी आरती देवी दासले अहिलेसम्म उपचारमा करिब ७ लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिइन्। उनका अनुसार उपचारका लागि विभिन्न व्यक्तिसँग ऋण लिइएको छ भने घरका गरगहना समेत बिक्री गरिसकिएको छ।

“अहिलेसम्म ऋण र गरगहना बेचेर उपचार गराउँदै आएका छौं। तर अब आर्थिक स्रोत सकिएको छ। पीडक पक्षबाट हालसम्म एक रुपैयाँ पनि क्षतिपूर्ति प्राप्त भएको छैन,” उनले भनिन्।

आरतीका अनुसार मगनीको छाती र टाउकोको शल्यक्रिया अझै बाँकी छ। तर आवश्यक रकम अभाव भएपछि थप उपचार गराउन कठिनाइ भइरहेको छ। समयमै शल्यक्रिया हुन नसके बिरामीको ज्यानसमेत जोखिममा पर्न सक्ने चिकित्सकहरूले बताएको उनको भनाइ छ।

“अब के गर्ने भन्ने अन्योलमा छौं। उपचार खर्च जुटाउन नसक्दा बाबुको उपचार नै रोकिने अवस्था आएको छ। समयमै उपचार नभए बचाउनै कठिन हुने चिकित्सकहरूले बताएका छन्,” उनले भावुक हुँदै भनिन्।

पीडितका सालो रामबाबु दासले आरोपित ठाकुर करिब एक महिनादेखि थुनामा रहे पनि उपचार खर्च उपलब्ध गराउनेतर्फ कुनै चासो नदेखाएको आरोप लगाए। उनले जिल्ला अदालतबाट फैसला आउन ढिलाइ भइरहेका बेला आरोपित पक्षले पुनरावेदन अदालतमार्फत रिहाइको प्रयास गरिरहेको जानकारी आफूहरूले पाएको दाबी गरे।

“पीडितको अवस्था गम्भीर छ। समयमा उपचार नपाए ज्यानसमेत जान सक्छ। पछि अदालतको फैसला आए पनि मान्छे नै बचेन भने क्षतिपूर्ति लिएर के गर्ने ?” उनले प्रश्न गरे।

पीडित परिवारले दोषीमाथि कानुनी कारबाही, उचित क्षतिपूर्ति तथा उपचारका लागि तत्काल आर्थिक सहयोग उपलब्ध गराउन सरकार, मानवअधिकारकर्मी, नागरिक समाज तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ। आर्थिक अभावका कारण गम्भीर घाइते व्यक्ति उपचारबाट वञ्चित हुने अवस्था सिर्जना भएको भन्दै परिवारले न्याय र मानवीय सहयोगका लागि सबैसँग अपिल गरेको छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ जेष्ठ २६, मंगलवार २३:१६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ जेष्ठ २६, मंगलवार २३:१६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ जेष्ठ २६, मंगलवार २३:१६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ जेष्ठ २६, मंगलवार २३:१६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ जेष्ठ २६, मंगलवार २३:१६
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ जेष्ठ २६, मंगलवार २३:१६

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव