Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न


जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

Oplus_16908288

जनकपुरधाम । मधेश प्रदेश सरकारद्वारा जनलोकपाल आयोगको सदस्यमा नियुक्त गरिएका एक व्यक्तिको विगत र उनीविरुद्ध रहेका आपराधिक अभियोग सार्वजनिक भएपछि नियुक्तिमाथि प्रश्न उठ्न थालेको छ।

लामो समयदेखि रिक्त रहेको जनलोकपाल आयोगको सदस्य पदमा हालै महोत्तरीको औरही नगरपालिका–७ भोइल टिमकियाका संजीव झा र वडा नम्बर–८ श्रीपुरकी सुजाता विमल नियुक्त भएका थिए।

तर नियुक्त भएका सदस्यमध्ये झा महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का तत्कालीन वडाध्यक्ष मुकेश यादवको हत्या अभियोगमा मुद्दा खेपिरहेका व्यक्ति रहेको तथ्य बाहिरिएपछि विवाद चुलिएको हो।

जिल्ला अदालत महोत्तरीले २०८१ कात्तिक ६ गते वडाध्यक्ष यादवको हत्या अभियोगमा झासहित दिलिप मण्डललाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। पछि दुवै जना उच्च अदालतको आदेशबाट साधारण तारेखमा रिहा भएका थिए र मुद्दा हाल विचाराधीन रहेको बताइएको छ।

नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष यादव २०८१ भदौ ९ गते जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित एक कल्भर्ट नजिक मृत अवस्थामा फेला परेका थिए।

प्रारम्भमा दुर्घटना भनिए पनि घटनालाई शंकास्पद भन्दै माओवादी केन्द्रका नेता–कार्यकर्ताले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट छानबिनको माग गरेका थिए। त्यसपछि भएको अनुसन्धानका आधारमा प्रहरीले झा र मण्डलविरुद्ध हत्या अभियोगमा मुद्दा दायर गरेको थियो।

श्रोतका अनुसार झा पूर्व मुख्यमन्त्री सरोज कुमार यादव निकट मानिन्छन्। यद्यपि पूर्वमुख्यमन्त्री यादवले भने झाको नियुक्ति कुनै दलगत कोटाबाट नभएको दाबी गरेका छन्। उनका अनुसार प्राप्त निवेदनहरूमध्ये योग्य देखिएका व्यक्तिलाई सिफारिस गरिएको हो।

जनलोकपाल आयोगसम्बन्धी कानुनी व्यवस्थामा सदस्य नियुक्तिका लागि “उच्च नैतिक चरित्र भएको” व्यक्ति हुनुपर्ने उल्लेख छ। यस्तो अवस्थामा हत्या र मानव बेचबिखनकाे अभियोगमा अदालतमा मुद्दा खेपिरहेका व्यक्तिलाई आयोगको सदस्य बनाइनुले नैतिकता र कानुनी योग्यतामाथि बहस सुरु भएको छ।

यसैबीच, झा विगतमा होटल व्यवसाय सञ्चालनका क्रममा यौन व्यवसाय तथा मानव बेचबिखनसँग सम्बन्धित आरोपमा पक्राउ परेर धरौटीमा रिहा भएको चर्चा समेत पुनः सतहमा आएको छ। मृतक वडाध्यक्ष मुकेश यादवकी पत्नी अतिया यादवले झा पक्राउ पर्दा उनलाई धरौटीमा छुटाउन मुकेश यादवले आर्थिक सहयोग गरेको दाबी गरेकी छन्।

यद्यपि उक्त आरोपबारे अदालतबाट अन्तिम फैसला भइसकेको सार्वजनिक जानकारी छैन।

यता, जनलोकपाल आयोग र प्रदेश लोकसेवा आयोगमा गरिएको नियुक्ति प्रक्रिया नै कानुनविपरीत रहेको आरोप लगाउँदै प्रतिपक्षी दलहरूले लगातार विरोध जनाइरहेका छन्।

संवैधानिक प्रकृतिका यी निकायमा पदाधिकारी नियुक्त गर्न मुख्यमन्त्री, सभामुख र प्रतिपक्षी दलका नेता सम्मिलित सिफारिस समितिको भूमिका रहने कानुनी व्यवस्था भए पनि मुख्यमन्त्रीले एकलौटी रूपमा नियुक्ति गरेको आरोप प्रतिपक्षको छ।

यही विषयलाई लिएर मधेश प्रदेश सभाको बैठक लगातार अवरुद्ध हुँदै आएको छ। नियुक्ति विवादकै क्रममा प्रदेश सभामा मुख्यमन्त्री र प्रतिपक्षी दलका सांसदबीच चर्काचर्की हुनुका साथै तनावपूर्ण अवस्था समेत सिर्जना भएको थियो।

जनलोकपाल आयोगजस्तो सुशासन, पारदर्शिता र जवाफदेहितासँग प्रत्यक्ष सम्बन्धित निकायमा नियुक्त व्यक्तिको पृष्ठभूमि र योग्यतामाथि उठेका प्रश्नले अहिले मधेश प्रदेशको राजनीतिक तथा प्रशासनिक वृत्तमा नयाँ बहस जन्माएको छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ जेष्ठ २५, सोमबार ०६:४९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ जेष्ठ २५, सोमबार ०६:४९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ जेष्ठ २५, सोमबार ०६:४९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ जेष्ठ २५, सोमबार ०६:४९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ जेष्ठ २५, सोमबार ०६:४९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ जेष्ठ २५, सोमबार ०६:४९

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव