Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मन्दिरकाे जग्गा भूमाफियाहरुले गरे कब्जा


मन्दिरकाे जग्गा भूमाफियाहरुले गरे कब्जा

जनकपुरधाम । जनकपुरधामस्थित एक मन्दिरको भगवान श्री सीतारामको नाममा रहेको जग्गा भू माफियाहरुले अवैध तरिकाले कब्जा गरेको रहस्या बाहिरिएको छ ।

शिक्षा क्षेत्रमा चिनिएका दुई व्यक्ति गणेश साह र सुकेश्वर यादवसहित चारजनाले सो जग्गा अवैध तरिकाले कब्जा गरेका हुन् ।

गणेश साह श्रीराम जानकी कोचिङ्ग सेन्टर र श्रीराम जानकी अस्पतालका सञ्चालक हुन् भने सुकेश्वर यादव एजुकेशन प्वाईन्ट इङ्ग्लिश बोर्डिङ स्कूलका संस्थापक हो । बाहिरबाट शैक्षिक क्षेत्रमा सक्रिय देखिने यी व्यक्तिहरूको मन्दिरको जग्गामा ‘रजगज’ रहेको तथ्य भने हालै सार्वजनिक भएको हो ।

जनकपुरधाम वडा नम्बर ४ मा मालपोत र नापी कार्यालय अगाडि चरण कार्यालयको पर्खाल छेउमा रहेको एक मन्दिरको भगवान श्री सीतारामको नाममा रहेको जग्गाको पोखरी पुरेर भवन निर्माण गर्न थालिएपछि यो घटना बाहिरिएको हो । उक्त जग्गा शैक्षिक प्रयोजनका लागि भवन निर्माण गर्न तयारी थालिएको बुझिएको छ ।

स्थानीय स्रोतका अनुसार, साह र यादवले करोडौँ मूल्य पर्ने उक्त जग्गा मन्दिरका संरक्षक भनिएका सुरेन्द्र कुमार लालबाट कानून विपरित अवैध तरिकाले खरिद गरेका हुन् । कानून स्पष्ट व्यवस्था छ —जग्गाधनी भगवानको नाममा रहेको मठ–मन्दिरको जग्गा न त बिक्री गर्न पाइन्छ, न त किनबेच गर्न ।

तर मालपोत कार्यालयका कर्मचारीलाई मोटो रकम घुस खुवाई यी जग्गा खरीदबिक्री गरिएको हो ।

कुन जग्गा कसरी बेचियो ?

साबिक जनकपुर (ख) कि.नं. १६६ बाट हालको सि.नं. १३९६—१७ को कि.नं. ६० र सि.नं. १३९६—१८ को कि.नं. ५ अन्तर्गतको भगवान श्री सीतारामको नाममा रहेको जग्गा संरक्षक सुरेन्द्रबाट खरिद गरिएको हो ।

कि.नं. ५ मा २ कट्ठा ५ धुर जग्गा र पोखरीको डिल भनिएका किता नं. ६० को १९ धुर २ कनमा गणेश साहकी पत्नी पुष्पाञ्जली साह, सुकेश्वर यादवकी पत्नी प्रमिला यादव, विजयकुमार सुनरैत यादव र रंजेश कुमार सिंहको संयुक्त नाममा बिक्री गरिएको हो ।

दुई कट्ठा ५ धुर रहेको जग्गा त चुपचाप पुरेर प्रयोग भइसकेको थियो । तर, बाँकी १३९६—१७ को कि.नं. ६१ को ३ कट्ठा पोखरी समेत पुर्न थालिएपछि विवाद हुँदा घटना बाहिर आएको हो । संरक्षक सुरेन्द्रले आफू सो जग्गा बिक्री नगरेको दाबी गरिरहेका छन् भने सुकेश्वर यादवले सो जग्गा खरीद गरेको दाबी गरिरहेका छन् ।

यी बाहेक पिडरिया माई मन्दिर नजिक साबिकको कि.नं. १४४ र हालको सिट नं. १३९६—२२ को कि.नं. ५७ को ९ कट्ठा १९ धुर जग्गा पहिला नै संरक्षक सुरेन्द्रले गणेश साहसँग बिक्री गरिसकेको छ ।

रोचक कुरा के छ भने, १५ कराेड भन्दा बढी मूल्य पर्ने कुरा एक करोड १५ लाख मै तिनीहरुले तीनवटै किताको जग्गामा कब्जा गरेकाे हाे ।
संरक्षक सुरेन्द्रले आफूले ती तीनवटा किता आफूले बिक्री गरेको स्वीकार गर्दै कि.नं. ६१ को ३ कट्ठा जग्गा बिक्री नगरेको दाबी गरेका छन् । बलजफ्ती गणेश र सुकेश्वरले माटो पुर्न लागेको आरोप लगाउंदै जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा निर्माण कार्य रोक्का गरि पाउँ भन्ने निवेदन समेत दिएकाे बताएका छ्न ।

भगवानकाे नाममा रहेकाे जग्गा बिक्री गर्ने अधिकार कसले दियाे राखेकाे जिज्ञासा सुरेन्द्रले भने मन्दिरकाे संरक्षककाे नाताले बिक्री गरेकाे हुं । कानुनमा संरक्षकलाई बिक्री गर्ने अधिकार नदिएकाे भनेपछि उनले केही जवाफ दिएनन् ।

कि.नं. ५७ काे जग्गा बिक्रीकाे बेला भगवानकाे नाममा रहेकाे जग्गा खरीदबिक्री हुंदैन भनी राेक्का गर्दा भू माफिया साहका मान्छेले ती कर्मचारीमाथि आक्रमण समेत गरेकाे ती पिडीत कर्मचारी विगतका घटना सुनाउंदै भने ।

जग्गा कसको ?

चर्तुभुज लाल कायस्थका पुर्वजले ती भगवानकाे पुजापाठका लागि मन्दिरकाे नाममा राखेकाे वि.सं. २०२६ को सर्भे नापीमा रहेकाे नापी कार्यालयको प्लटबूकमा देखाउंछ । ती मन्दिरकाे रेखदेख तथा पुजापाठ सुरेन्द्रका बुवा चर्तुभुज लाल कायस्थले गर्दै आएका थिए । उनले आफ्नो निधनको दुई वर्षअघि २०४१ फागुन १५ गतेका दिन आफ्ना संरक्षकको जिम्मेवारी भाई चन्द्रनारायण लाल कायस्थलाई दिएका थिए ।

चन्द्रनारायण लाल नै संरक्षक रहेकाे बेला २०४४ को शहरी नापीमा साबिककाे कि.नं. १६६ लाई तीनवटा टुक्रा हालको कि.नं. ६०, ६१ र ५ गरियाे ।
२०७४ सालसम्म उनले नै संरक्षकको जिम्मेवारी सम्हाले । २०७४ माघ १२ गते उनको निधनपछि सर्जमीन मुचुल्का पश्चात २०७५ सालमा त्यसको संरक्षक सुरेन्द्र बने ।

उनी आफ्नो नाममा संरक्षत्व आउने बितिकै २०७६ जेठ ७ गते पुष्पाञ्जली साह, प्रमिला यादव, विजयकुमार सुनरैत यादव र रंजेश कुमार सिंहलाई संयुक्त रुपमै बिक्री गरेको मालपोतको रेकर्डले देखाउंछ ।

जग्गा खरिद गर्ने मध्येका विजयकुमार सुनरैत यादव र रंजेश कुमार सिंह नै सुरेन्द्रलाई संरक्षक बनाउने सर्जमीनका साक्षी हुन । जग्गा किनबेच भएको समयमा मालपोत कार्यालयका प्रमुख रामबाबु मण्डल थिए र उनकै पहलमा भगवानकाे जग्गा अवैध रूपमा खरीद बिक्री भएकाे हाे ।

गुठी संस्थानका प्रवक्ता जनक पोखरेल स्पष्ट भन्छन् — “गुठी संस्थानको कुनैपनि गुठीको जग्गा संस्थानको अनुमति बिना बिक्री गर्न पाइँदैन । अझ भगवानको नाममा भएको जग्गा त झन् कुनै हालतमा बिक्री हुँदैन ।

छानबीन समिति गठन

घटना बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलको नेतृत्वमा बसेको बैठकबाट मालपोत कार्यालयका अधिकृत सिंहलाल स्याम्बाको अध्यक्षतामा गुठी संस्थानका प्रमुख किशोर झा र नापी कार्यालयका प्रमुख उमेश कुमार सदस्य रहने गरी तीन सदस्यीय एक छानबीन समिति बनाइएको छ ।

समिति प्रतिवेदन तयार पारी बुझाउनेछ र त्यसपछि सो प्रतिवेदनको आधारमा कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ असार २१, आईतवार ११:४२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ असार २१, आईतवार ११:४२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ असार २१, आईतवार ११:४२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ असार २१, आईतवार ११:४२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ असार २१, आईतवार ११:४२
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ असार २१, आईतवार ११:४२

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव