Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भारतद्वारा तुल्सियाहीमा ३२ काेठे विद्यालय निर्माण


भारतद्वारा तुल्सियाहीमा ३२ काेठे विद्यालय निर्माण

जनकपुरधाम, ४ पुस । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–तुलसियाही जब्दीस्थित श्री वैद्यनाथ देवनारायण जनता माध्यमिक विद्यालयको नवनिर्मित अत्याधुनिक भवन एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ।

भारत सरकारको चार करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त विद्यालय भवनको उद्घाटन वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत देवी सहाय ‘मिना’ले गर्नुभएको हो।

नवनिर्मित भवनमा रसायनशास्त्र, भौतिकशास्त्र तथा कम्प्युटर प्रयोगशालासहित ३७ वटा अतिरिक्त कक्षाकोठा निर्माण गरिएका छन्। साथै पुस्तकालय, शिक्षक तथा कर्मचारी कक्ष, प्रधानाध्यापक कक्ष, बैठक कक्ष र बालमैत्री शौचालयको समेत व्यवस्था गरिएको छ। यसले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आधुनिक, सुरक्षित र गुणस्तरीय शिक्षण–सिकाइ वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै महावाणिज्यदूत मिनाले बालबालिका तथा विद्यार्थीहरूका लागि प्रभावकारी शिक्षण सुविधा र अनुकूल शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले भारत सरकारले सहयोग गरेको बताउनुभयो। उहाँका अनुसार उक्त विद्यालय भवन भारत–नेपाल विकास सहयोग अन्तर्गत भारत सरकारको अनुदानमा ३ करोड ७० लाख रुपैयाँको निविदा लागतमा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण गरिएको हो।

महावाणिज्यदूत मिनाले उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू भारत–नेपाल विकास साझेदारीको महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै विद्यालय, कलेज, अस्पताल, जल निकास, नदी तटबन्ध व्यवस्थापनलगायत नेपाल सरकारका प्राथमिकताप्राप्त क्षेत्रमा भुईँ तहबाटै आधारभूत पूर्वाधार विस्तार गर्ने उद्देश्यका साथ यी परियोजनाहरू कार्यान्वयन हुँदै आएको जानकारी दिनुभयो। यस्ता परियोजनाहरू नेपाल सरकारसँगको सहकार्यमा जनताको जीवनस्तर उकास्न र समग्र विकासमा योगदान पुर्‍याउने लक्ष्यका साथ अघि बढाइएका उहाँको भनाइ थियो।

मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा संविधानसभा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कविन्द्रनाथ ठाकुर, शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख चेत कुमार पोख्रेललगायत वक्ताहरूले विद्यालयको शैक्षिक विकासमा नवनिर्मित भवनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा गाउँपालिका अध्यक्ष जयकुमार यादवले भारतीय महावाणिज्यदूत मिना लाई कौशेली, सम्मानपत्रलगायत माध्यमबाट सम्मान गर्नुभएको थियो।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८२ पुष ५, शनिबार ०९:४०
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८२ पुष ५, शनिबार ०९:४०
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८२ पुष ५, शनिबार ०९:४०
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८२ पुष ५, शनिबार ०९:४०
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८२ पुष ५, शनिबार ०९:४०
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८२ पुष ५, शनिबार ०९:४०

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव