जनकपुरधाम, मंसिर ३ गते । जनकपुरधामस्थित गाेदावरी माेडर्न टिचिङ्ग हस्पिटल प्रा.लि. द्वारा `रक्तदान जीवन दान´ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
बुधवार नेपाल रेडक्रस साेसाइटी धनुषाका समन्वय सहयाेगमा अस्पतालमै सम्पन्न साे रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।
साे रक्तदान कार्यक्रममा अस्पतालका कर्मचारी, चिकित्सकसहित बुद्धिजीवी तथा नागरिक समाजका अगुवाहरूले रक्तदान गरेका हुन् ।

अस्पतालमा आकस्मिक, दुर्घटनामा परेका बिरामी र असहाय बिरामीकाे सहयाेगका लागि अस्पतालबाट दाेश्राेलपटक रक्तदान कार्यक्रम गरिएकाे अस्पतालका संस्थापक डा. अशाेक अधिकारीले बताएका छन् ।
रक्तदान गर्ने तथा उपस्थित व्यक्तिहरूलाई अस्पतालका संस्थापक डा. अशाेक अधिकारीले दाेसल्ला र प्रमाणसहित सम्मान गरेकाे थियाे ।
हाडजाेर्नी र नशा सम्बन्धी स्पेलिस्ट साे अस्पतालबाट फिजिसियन, स्त्री तथा प्रसुति राेग, नवजात शिशुकाे उपचार लगायतका सेवा दिदैं आएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !