Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

‘सामा–चकेवा’ मूर्तिकला निर्माण कार्यशाला सुरू


‘सामा–चकेवा’ मूर्तिकला निर्माण कार्यशाला सुरू

जनकपुरधाम, कात्तिक १४ गते । मैथिली विकास कोष जनकपुरधाम र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा भाई–बहिनीको अमिट प्रेमको प्रतीक ‘सामा–चकेवा’ पर्वमा प्रयोग हुने मूर्तिहरू निर्माण सीप विकासका उद्देश्यले पाँच दिने ‘सामा–चकेवा मूर्तिकला निर्माण कार्यशाला’ जनकपुरधाममा प्रारम्भ भएको छ ।

जनकपुरधामस्थित मैथिली विकास कोषको नवनिर्मित भवनमा आयोजित कार्यशालाको उद्घाटन कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षता र इङ्ग्ल्यान्ड निवासी मधेश विषयका अनुसन्धानकर्ता माइकल हट्टको प्रमुख आतिथ्यमा सम्पन्न भयो । उद्घाटन सत्रमा सामा–चकेवा पर्वको सांस्कृतिक महत्व, कलात्मक मूल्य, र परम्परागत कलालाई आधुनिकताको स्पर्शसँग कसरी जोड्ने भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।

प्रमुख अतिथि हट्टले सामा–चकेवाजस्ता पर्वहरूले मिथिला क्षेत्रको परम्परागत सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउने ठूलो सम्भावना रहेको उल्लेख गर्दै भने, “यस्ता पर्वहरूले दिदी–बहिनी र भाइबीचको सामाजिक सम्बन्धलाई सुदृढ बनाउँछन् र स्थानीय कलाकारहरूको सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सकिन्छ।” उनले मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि अभिलेखीकरण र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

अध्यक्ष चौधरीले सामा–चकेवा पर्वलाई मिथिलाञ्चलको अमूल्य सांस्कृतिक सम्पदा भन्दै भने, “यो केवल उत्सव मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानको जरा हो। यसले दिदी–बहिनी र भाइबीचको आत्मीय सम्बन्ध र सामाजिक एकताको सन्देश दिन्छ।” उनले मैथिली विकास कोषले स्थानीय कलाकार, युवा र विद्यार्थीहरूलाई परम्परागत मूर्तिकला तथा मिथिलाकला सिक्न निरन्तर प्रेरित गर्दै आएको जानकारी दिए ।

कार्यशालामा विद्यार्थी, युवा र महिलाहरूको उत्साहपूर्ण सहभागिता देखिएको छ । सहभागीहरूले सामा, चकेवा, चुगला, सतभैया, गौरी–शंकर, तथा विवाहपश्चात् ससुराली पठाइने पाहुरका भाँडाकुँडासहितका दर्जनौँ सांकेतिक मूर्तिहरू बनाउन सिकिरहेका छन् ।

भाई–बहिनीको प्रेम र आत्मीयताको प्रतीक सामा–चकेवा पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइन्छ । यस अवधिमा दिदी–बहिनीहरूले बाँस वा सिकीको डालामा सामा–चकेवा र अन्य मूर्तिहरू राखी राति गीत गाउँदै डाला घुमाउने परम्परा रहिआएको छ ।

पर्वको अन्तिम दिनमा चुगलाको मुखमा दियोको कालो राईस पोत्ने, र खलनायकका मूर्तिहरू भाइको घुँडामा फोडी सामालाई पाहुरसहित बिदाइ गर्ने चलन रहेको छ । त्यसपछि ती मूर्तिहरू धान काटिएको खेत वा नदीमा विसर्जन गरिन्छ— जसले प्रेम, क्षमा र नयाँ सम्बन्धको प्रतीकात्मक सन्देश दिन्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८२ कार्तिक १४, शुक्रबार २२:२०
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८२ कार्तिक १४, शुक्रबार २२:२०
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८२ कार्तिक १४, शुक्रबार २२:२०
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८२ कार्तिक १४, शुक्रबार २२:२०
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८२ कार्तिक १४, शुक्रबार २२:२०
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८२ कार्तिक १४, शुक्रबार २२:२०

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव