Monday, June 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मटिहानी नपाको प्रयासमा लक्ष्मीनारायण मन्दिर हुलाक टिकटमा समेटिए


मटिहानी नपाको प्रयासमा लक्ष्मीनारायण मन्दिर हुलाक टिकटमा समेटिए

जनकपुरधाम, असोज २४ गते । मटिहानी नगरपालिकाको प्रयासले नेपालकै सबैभन्दा ठूलो ऐतिहासिक लक्ष्मीनारायण मन्दिर (मठ), मटिहानीको तस्बिर सहितको हुलाक टिकटकामा अंकित हुन सफल भएको छ ।

मन्दिरको भव्य दृश्य तथा बाहिरी संरचनाको चित्र रु. १० अंकित मूल्यको सो टिकटमा औपचारिक रूपमा हुलाक सेवा विभागले समेटेर प्रकाशनमा ल्याएको हो ।

उक्त टिकटमा सूचना तथा सञ्चार मन्त्री जगदीश पोखरेलले विशेष समारोहबीच टाँचा लगाएर प्रकाशन गर्नुभएको हो । यससँगै धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मटिहानीको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा झल्किने विश्वास लिइएको छ ।

मटिहानी नगरपालिकाले मन्दिरको ऐतिहासिक र धार्मिक महत्वलाई देशभित्र र बाहिर परिचित गराउने उद्देश्यले २०८१ साल असार ११ गते हुलाक सेवा विभागमा टिकट प्रकाशनका लागि प्रस्ताव पेस गरेको थियो । सो प्रस्ताव स्वीकृत भएपछि विभागले विस्तृत अध्ययन, डिजाइन तथा मूल्याङ्कनको प्रक्रिया पूरा गरी टिकट प्रकाशन गरेको हो ।

मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले टिकट प्रकाशन भएकोमा अत्यन्त हर्ष व्यक्त गर्दै मेरो वर्षौको मेहनतले रंग ल्याएको भन्दै हुलाक सेवा विभाग र सूचना तथा सञ्चार मन्त्रालयप्रति आभार प्रकट गरेका छन् ।

उनले भने, “लक्ष्मीनारायण मठ हाम्रो नगर मात्रै होइन देशकै गौरव हो । गत वर्ष नै हामीले हुलाक टिकट प्रकाशन मार्फत मटिहानीको सांस्कृतिक पहिचान अझ फैलाउने उद्देश्यले सञ्चार मन्त्रालयमा प्रस्ताव पेश गरेका थियौं, एक वर्षपछि बल्ल हाम्रो सपना पुरा भएको हो ।”

लक्ष्मीनारायण मन्दिर (मठ) धार्मिक, पौराणिक तथा ऐतिहासिक रूपमा विशिष्ट मानिन्छ । यस मन्दिरलाई राजगुठीको रूपमा समेत संरक्षण गरिएको छ, र प्रत्येक वर्ष यहाँ हजारौं तीर्थालु दर्शन गर्न आउने गर्दछन् । सो ऐतिहासिक हुलाक टिकटको प्रकाशनले मटिहानीको धार्मिक सम्पदालाई राष्ट्रिय गौरवको रूपमा स्थापित गर्न ठूलो योगदान पु¥याउने विश्वास नगरवासीहरूको रहेको छ ।

लक्ष्मी नारायण (मन्दिर) मठ को ऐतिहासिकता

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ७ मा रहेको नेपालकै सबैभन्दा पुरानो मठमन्दिर मध्ये एक हो लक्ष्मी नारायण (मन्दिर) मठ । प्राचिन समयमा मटिहानीको जंगलमा पोखरी छेउ रुखमुनि रामानन्द सम्प्रदायका सिद्धसन्त र रामदास र सुफी सन्त पिरबाबा बस्थे । रामदास (तस्मैया बाबा) लाई पिरबाबाले भविष्यवाणी स्वरूप कुनै चमत्कारपूर्ण दृश्य भएको स्थानमा आफ्ना खन्ती र चिम्टा गाड्न सल्लाह दिए । एक दिन रामदासले एउटा बिरालालाई मुसाले आफ्नो वशमा पारेको अद्भुत दृश्य अवलोकन गरे ।

उनले पिरबाबाको भविष्यवाणी स्मरण गर्दै त्यही ठाउँमा अठारौं शताब्दीपूर्व खन्ती र चिम्टा गाडे र मठको स्थापना गरेका थिए भन्ने किम्बदन्ती छ । यस (मठ) मन्दिरको निर्माण भने मकवानपुरका सेनवशी राजा हेमकर्ण सेनले विसं १८०२ मा निर्माण गरेका थिए । त्रेता युगमा माता सीताको भगवान रामचन्द्रसँग विवाह हुँदा मटकोरमा मटिहानीबाट माटो खनेर लगिएको थियो । जनकपुरधाममा त्यही माटोबाट वेदी बनाइएको थियो ।

माटो खनेकै ठाउँमा लक्ष्मीसागरमा तस्मैया बाबाले स्नान गर्दा भगवान् लक्ष्मीनारायणको मूर्ति भेटाएका मिए । त्यस मूर्तिलाई प्राणप्रतिष्ठा गरेपश्चात् नैवेद्यको रूपमा खीर अर्पण गरी लक्ष्मीनारायण भगवानको मन्दिर स्थापना गरे भन्ने भनाई पनि छ । मिथिला क्षेत्रको मटिहानीमा मात्रै सात प्रकारको माटो पाइन्छ ।

त्यसैले मटिहानीलाई सप्तमृतिकाको संगम स्थल पनि भनिन्छ । राम र सीताको विवाह हुँदा सीताले माटो खनेको ठाउँ भएकाले सो स्थानको नाउँ मूतखनी रहन गएको र पछि त्यही शब्द अपभ्रंस भएर मटिहानी हुन गएको भन्ने गरिन्छ । यस मठ (मन्दिर) मा प्रत्येक दिन भगवान लक्ष्मी नारायणको बिहान र बेलुका धार्मिक विधि पूर्वक पूजा र आरती गरिन्छ ।

मटिहानीको अर्को पौराणिक र ऐतिहासिक पक्ष ही मिथिला माध्यमिक परिक्रमा । नेपाल र भारतमा गरिने १५ दिने मिथिला परिक्रमामा १३३ किलो मिटर पैदल यात्रा तय गरिन्छ । १८ औ शताब्दीबाट सुरू भएको यो परिक्रमामा १५ विश्रामस्थल पर्छ जसमाये मटिहानी एक महत्वपूर्ण स्थल हो । मिथिला परिक्रमालाई हाम्रो एक संस्कृति र सभ्यताको रूपमा लिईन्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८२ आश्विन २४, शुक्रबार १८:०२
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८२ आश्विन २४, शुक्रबार १८:०२
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८२ आश्विन २४, शुक्रबार १८:०२
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८२ आश्विन २४, शुक्रबार १८:०२
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८२ आश्विन २४, शुक्रबार १८:०२
उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता
Blast News

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

२०८२ आश्विन २४, शुक्रबार १८:०२

ताजा खबर

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव