Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जेनजी आन्दोलन : लुटपाट, आगजानी तथा तोडफोड गर्ने ६ सहित धनुषाबाट २० जना पक्राउ


जेनजी आन्दोलन : लुटपाट, आगजानी तथा तोडफोड गर्ने ६ सहित धनुषाबाट २० जना पक्राउ

जनकपुरधाम, भदौ २९ गते । जेनजी आन्दोलनको नाममा जनकपुरधामको विभिन्न स्थानमा आगजनी, तोडफोडका साथै लुटपाट गरेका घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले ६ जना र विभिन्न कारागारबाट फरार भएकासहित २० जनालाई पक्राउ गरेका छन् ।

प्रहरीको अनुसार जेनजीको आन्दोलन पश्चात सार्वजनिक तथा निजी सम्पतिमा आगजानी र तोडपोड सहित लुटपाट घटनामा संलग्न रहेको आरोपमा ६ जना, केन्द्रिय कारागारबाट ४ जना विदेशी नागरिक र सिन्धुली तथा जलेश्वर कारागारबाट फरार भएका मध्ये १० जना गरी २० जना पक्राउ परेको हो ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते धनुषाको विभिन्न स्थानमा तोडफोड तथा आगजनीमा संलग्न रहेका मध्ये ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिएका छन् ।

उनका अनुसार मधेस लोकसेवा आयोगको कार्यालयमा तोडफोडका साथै हतियार लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा शहीदनर नगरपालिका ३ का शिवम साह र जनकपुरधाम १३ का काले पटेल रहेका छन् । त्यस्तै बलवा प्रहरी चौकीमा तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा निरज मिश्र र कृष्ण यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

यता मधेस भवन भित्र विभिन्न मन्त्रालयमा समेत तोडफोड तथा आगजनी भएको थियो । मन्त्रालय तोडफोड तथा आगजनीका साथै सरकारी सामान चोरी गरेको आरोपमा समेत दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चन्दनकुमार साह र गौतम भगत रहेका छन् । उनीहरुको साथबाट २ वटा कम्प्युटर, प्रिन्टर लगायतका सरकारी सामाग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुविरुद्ध कानूनी प्रकृया अगाडी बढाएर कारबाही गरिने प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय धनुषाले काठमाडौँस्थित केन्द्रीय कारागारबाट भागेका ४ जना विदेशी नागरिकहरुलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना नाइजेरियन नागरिक र १ जना ब्राजिलियन नागरिक रहेका छन् ।

उनीहरुलाई भदौ २७ गते नेपाल भारतको सीमानाका धनुषाको महिनाथपुर र सवैलावाट प्रहरीले पक्राउ गरिएको उनले जानकारी दिएका छन । पक्राउ पर्नेमा नाइजेरियाका वर्ष ३८ को मो. लामिन्स डाबो, वर्ष ३५ को ग्लोरी बडे, वर्ष ५५ को ईमानुअल ओवुडा उजेईग्बे र वर्ष २५ का ब्राजिलका लारेशन ब्रिटो रहेका छन् ।

उनीहरू भारततर्फ भाग्न थालेको बेलामा धनुषा प्रहरीले पक्राउ गरेको हो । उनीहरू लागु औषधको कारोबारमा केन्द्रीय कारागारमा सजाय पाएकामा जेनजीको आन्दोलनको क्रममा गत मङ्गलवार फरार भएका थिए । भारतको बाटो भएर आफ्नो देश फर्किने उद्देश्यले काठमाडौँबाट विभिन्न जिल्लाको बाटो भएर ती विदेशी कैदीहरू धनुषा जिल्ला जिल्लामा आइपुगेको अनुमान प्रहरीले गरेको छ ।

सिन्धुली तथा महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका १० जना अन्य नेपाली बन्दीहरूलाई विभिन्न मितिमा पक्राउ गरेको छ । सिन्धुली तथा जलेश्वर कारागारबाट फरार भएका बन्दीहरूलाई २६ गतेदेखि आजको मितिसम्ममा पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिए । पक्राउ पर्ने नेपाली कैदीहरू माथि कर्तव्य ज्यान, जबरजस्ती करणी, ज्यान उद्योग तथा लागु औषधका आरोपीहरू रहेका छन् ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार रेल्वे प्रहरी चौकीमा पूर्ण रुपमा क्षति भएको छ भने ट्राफिक कार्यालय धनुषा, जिरोमाइल प्रहरी चौकी, मुजेलिया प्रहरी चौकी लगायतको प्रहरी चौकीमा समेत क्षति पुगेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८२ भाद्र २९, आईतवार २१:२२
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८२ भाद्र २९, आईतवार २१:२२
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८२ भाद्र २९, आईतवार २१:२२
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८२ भाद्र २९, आईतवार २१:२२
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८२ भाद्र २९, आईतवार २१:२२
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८२ भाद्र २९, आईतवार २१:२२

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव