Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्थानीय प्रशासनविरुद्ध पत्रकारहरु आन्दोलनमा, आजदेखि जिप्रका अगाडि धर्ना


स्थानीय प्रशासनविरुद्ध पत्रकारहरु आन्दोलनमा, आजदेखि जिप्रका अगाडि धर्ना

जनकपुरधाम, साउन ३० गते । जग्गा विवाद प्रकरणमा पत्रकारहरुलाई कुटपिट तथा दुव्र्यवहार गर्ने वकिलहरुलाई कारवाही नगरिएको भन्दै स्थानीय प्रशासन विरुद्ध जनकपुरधाममा पत्रकारहरु आन्दोलनको घोषणा गरेका छन् ।

शनिवार मधेश प्रदेश पत्रकार महासंघको अगुवाईमा जिल्ला शाखा धनुषाद्वारा आयोजित पेशागत वर्गीय संगठनहरुसँगको छलफलमा पत्रकारहरुमाथि संघातिक आक्रमण गर्ने नेपाल बार एशोसिएसनका पदाधिकरीहरु तथा आबद्ध व्यक्तिहरु विरुद्ध किटानी जाहेरी दिएपनि कुनै सुनुवाई नगरेको भन्दै न्यायका लागि दबाव बनाउन चरणबद्ध रुपमा आन्दोलनमा निर्णय गरेका हुन् ।

शुक्रवार जनकपुरधाम आएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी प्रशासनलाई समेत पत्रकारहरुलाई कुटपिट गर्नेलाई कारवाही गर्न मंचबाटै सार्वजनिक रुपमा निर्देशन दिएपनि स्थानीय प्रशासनले ती निर्देशनलाई अटेर गर्दै आएकाले न्यायका लागि स्थानीय प्रशासन विरुद्ध आन्दोलन बाहेक अर्को विकल्प नरहेकोका निष्कर्ष निकालेका थिए ।

आन्दोलनको सुरुवात प्रदेशका राजधानी जनकपुरधाम भएकाले जनकपुरधामबाटै गर्ने निष्कर्षसहित भोली आइतवार बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम गर्ने तय गरिएको छ ।
यो आन्दोलनले स्थानीय प्रशासन कारवाही गरेन भने सशक्त रुपमा आन्दोलनलाई अघि बढाउंदै प्रदेशका जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय र प्रहरी विरुद्ध आन्दोलनमा होमिनेछ । साथै बैठकबाट पत्रकार महासंघको विरुद्ध जाने र पत्रकारलाई कुटने वकिललाई सहयोग गर्ने बिचौलिया पत्रकारविरुद्ध कारवाही प्रक्रिया अघि बढाउन पत्रकारहरुले माग समेत नेपाल पत्रकार महासंघसँग गरेका थिए ।

पत्रकार संगठनहरूले संयुक्तरुपमा धर्ना कार्यक्रमको घोषणा गर्दै घटनामा संलग्नहरुमाथि तत्काल कानुनी कारबाही गर्न सरकारलाई चेतावनी दिएका छन् । उनीहरूले कारबाही ढिलाइ भए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै प्रदेश र देशव्यापी आन्दोलनसम्म जाने बताएका छन् ।

पत्रकारहरुले शान्तिपूर्ण आन्दोलनमार्फत प्रेस स्वतन्त्रता, गुठी सम्पत्ति संरक्षण र कानुनी शासनको सुनिश्चितताका लागि सरकार गम्भीर नरहेको आरोप लगाउंदै आन्दोलनमा जानु परेको पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष श्याम बञ्जाराले बताएका छन् । उनले आन्दोलनलाई सघाउन सबै पत्रकारसँग आग्रह गर्दै न्यायका लागि सहयोग गर्न सबै पेशागत संघ संगठन र नागरिक समाजलाई अपिल गरेका छन् ।

बैठकमा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य राजेश कुमार कर्ण, प्रदेश समितिका उपाध्यक्ष ज्योति झा, सचिव हदिश खुद्दार, मधेशी पत्रकार समाज मधेश प्रदेशका अध्यक्ष विरेन्द्र रमण, समाजका धनुषा अध्यक्ष सुभाष कर्ण, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अवधेश कामत, प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंह, प्रेस चौतारी धनुषाका नवीन प्रियदर्शी, प्रेस सेन्टर धनुषाका अध्यक्ष दिपक मिश्र, प्रेस मञ्च धनुषाका अध्यक्ष अर्जुन मण्डल लगायत उपस्थित पत्रकारहरुले आन्दोलनप्रति समर्थन तथा ऐक्यबद्धता जनाएका छन् ।

कानूनी प्रक्रिया पुरा गरी गुठी संस्थानसँग पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ मधेश प्रदेश समितिको भवन निर्माणका लिजमा लिइएको जग्गा नेपाल बार एशोसिएसन धनुषाले पार्किङ्ग स्थलको नाममा बलजफ्ती कब्जा गर्न खोजेका छन् । पत्रकार महासंघले सुरक्षाका लागि आफ्नो जग्गामा तारबार गर्न खोज्दा बारसँग आबद्ध वकिलहरुले पत्रकारहरुलाई कुटपिट तथा दुव्र्यवहार गरेका थिए ।

वकिलहरुको कुटाईबाट पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर साह, अनिल निराला, विनिता यादव घाइते भएका थिए । कुटपिटबाट महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भांचिएको छ भने, दिवाकर साहको टाउकोमा गम्भीर चोट लागेको छ । हाल तिनीहरु उपचारमै छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ श्रावण ३१, शनिबार २२:२९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ श्रावण ३१, शनिबार २२:२९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ श्रावण ३१, शनिबार २२:२९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ श्रावण ३१, शनिबार २२:२९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ श्रावण ३१, शनिबार २२:२९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ श्रावण ३१, शनिबार २२:२९

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव