जनकपुरधाम, साउन २५ गते । दुई सय जना अट्ने क्षमताको भएको जलेश्वर कारागार भवनमा ५ सय बढी कैदी कोचिएर राखिएको छ ।
कोचिएर जीवन बिताइ रहेका कैदीहरुको लागि मात्र १५ वटा शौचालय रहेकोमा तिनीहरु निकै समस्या भोग्दै आएको छ । १९९३ सालमा निर्मित जलेश्वर कारागारको क्षमता १ सय ३५ जना कैदीबन्दी राख्ने भएपनि दुई सय क्षमता रहेको दाबी गरेपनि त्यसमा अहिले ५ सय ५९ कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको छ । जसका निम्ति जम्मा १५ वटा शौचालय छ ।
संचारकर्मीहरुको सम्पर्कका आएका केही कैदीबन्दीले दिसापिसाबका निम्ति घण्टौ लाईनमा लामो पालो पर्खिनुपर्ने अवस्था रहेको दुखेसो सुनाएका छन् । उनले भने संघीय सरकारले त बेवास्ता गर्दै नै आएका छन् । प्रदेश सरकारले पनि हामीलाई बेवास्ता गरेको छ ।
प्रदेश सरकारले प्रहरीहरुका लागि बनेको हो भन्ने आफ्ना पीडा सुनाउंदै भने । नाम नबताउने शर्तमा उनले भने प्रदेश सरकारले पनि आफ्ना बजेट सडक, पुलपुलेसा र प्रहरीको गाडी भवनमा खर्च गर्दै आएको छ । तर हामी कैदीका लागि न त कारागार भवनको बारेमा चासो देखाएका छन् न शौचालयकै बारेमा, कसले सुन्ने हाम्रो पीडा ।
जीर्ण भवन भएकै कारण २०७९ असारमा ३५ महिला कैदीबन्दीलाई यहाँबाट सिन्धुली कारागारमा स्थानान्तरण गरिएको थियो । त्यसलगत्तै १६५ जना कैदीबन्दीको संख्या बढेर २ सय पुग्यो ।
कारागार प्रशासक अशोककुमार क्षेत्रीले अहिले ५ सय ५९ जना कैदीबन्दी राखिएको बताए । उनले कारागार जीर्ण भएको, मर्मतका निम्ति बजेट अभाव भएको र आफूहरुले स्थानीय तहसँग समन्वय गरेर काम गरेको बताए । उनले भने, ’भौतिक संरचना जीर्ण भएकाले कैदीबन्दी राख्न समस्या छ । तर अनुशासनमा कुनै समस्या छैन ।’
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले कमजोर संरचना र कैदीबन्दीलाई बस्ने सुविधाको अभाव भए पनि कारगारभित्र विवाद र समस्या नदेखिएको दाबी गरे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !