जनकपुरधाम, असार २३ गते । प्रतिपक्षीको अवरोध मधेश प्रदेशसभामा कायमै रहेको छ ।
अगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट बिचाैलियाकाे सांठगांठमा प्रदेशको हित विपरित ल्याइएकाे भन्दै प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी नेपाल सहितका विपक्षीदलहरुले सदन अवरुद्ध गर्दै आएको छ ।
सरकारले ल्याएको बजेटमा बिचौलिया हावी भएको, अनुत्पादक क्षेत्रमा बढी बजेट विनियोजन भएको जस्ता आरोप लगाउदै विपक्षीदलहरुले साेमवार पनि बैठक चल्न दिएन । उनिहरुले बजेटको पुनर्लेखन नभए सम्म सदन चल्न नदिने बताएका छन ।
बैठक शुरु हुन साथ प्रमुख प्रतिपक्ष दलका प्रदेश सभासदस्य सुरिता साह, नेकपा माओवादीका सुनिता यादव , नेकपा एकीकृत समाजवादीका बेची लुङगेली र संघीय समाजवादी पार्टीका बिमला अन्सारीले बजेट संघीयता र प्रदेश विरोधी रहेको भन्दै पुर्नलेखन नभए सम्म प्रतिपक्षीको अवरोध जारी रहने बताएपछि सभामुख रामचन्द्र मण्डलले बैठक स्थगित गरे ।
प्रतिपक्षीदलका सदस्यहरु बैठकमा उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले भोली मंगलवार सम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । हिजो बसेको बैठक समेत प्रतिपक्षीदलहरुको अवरोध पछि स्थगित भएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !