Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मिथिलाविहारी नगरपालिकामा २ करोड बढी बेरुजु


मिथिलाविहारी नगरपालिकामा २ करोड बढी बेरुजु

जनकपुरधाम, असार ८ गते । धनुषाको मिथिलाविहारी नगरपालिकाको लेखापरीक्षण प्रतिवेदनमा गम्भीर आर्थिक अनियमितता देखिएको छ ।

लेखापरीक्षणमा देखिएको विवरणअनुसार, पालिकाबाट १ अर्ब २ करोड ५३ लाख ८५ हजार रुपैयाँको लेखापरीक्षण गर्दा २ करोड ८४ लाख ९४ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

बेरुजु फस्र्यौट प्रक्रिया अन्तर्गत १ करोड ५४ लाख ४२ हजार रुपैयाँ विभिन्न प्रतिक्रिया मार्फत मिलान भए पनि अझै १ करोड ३० लाख ५२ हजार रुपैयाँ बेरुजु कायम रहेको छ । यसमा प्रमाण कागजात पेश गर्नुपर्ने १ करोड १३ लाख ८५ हजार, नियमित गर्नुपर्ने ९ लाख ९९ हजार र पेश्की बाँकी ६ लाख ५९ हजार रुपैयाँ समावेश छन् ।

गत वर्षसम्म नगरपालिकाको बेरुजु ३६ करोड ५७ लाख ५९ हजार रुपैयाँ रहेकोमा यस वर्षको नयाँ बेरुजु थपिएपछि जम्मा बेरुजु ३७ करोड ८८ लाख ११ हजार रुपैयाँ पुगेको छ ।

नगरपालिकाले पेश गरेको एकीकृत वित्तीय विवरण र लेखापरीक्षणका क्रममा संकलित तथ्याङ्कमा ठूलो भिन्नता देखिएको छ । समाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको १६ करोड ८४ लाख ९४ हजार, स्वास्थ्य सुधार कार्यक्रमको ५ लाख २५ हजार, राष्ट्रपति महिला सशक्तिकरण परियोजनाको ८ लाख ९० हजार, र महामारी नियन्त्रण कार्यक्रमको १ लाख ६२ हजार गरी कूल १७ करोड ७१ हजार रुपैयाँ रकम समावेश नगरी विवरण तयार गरिएको पाइएको छ ।

गत वर्षको जिम्मेवारी, यो वर्षको प्राप्ति र भुक्तानीमा समेत रकम नमिल्दा वित्तीय रिपोर्टमा पारदर्शिता नदेखिएको महालेखाको लेखापरीक्षणले जनाएको छ । ९ करोड २६ लाख ९१ हजारको जिम्मेवारी, १७ करोड ६५ लाख ४३ हजारको प्राप्ति र १७ करोड ७५ लाख ४१ हजारको भुक्तानी विवरणअनुसार, बैंक मौज्दातमा समेत १ करोड २३ लाख ६६ हजारको फरक देखिएको छ ।

लेखापरीक्षणले इन्धन खर्चमा समेत अनियमितता भएको देखाएको छ । कार्यालयले १४ लाख ९९ हजार रुपैयाँ इन्धन खर्च गरे पनि यसको स्पष्ट मापदण्ड छैन । नगरपालिकासँग भएका सवारी साधनहरूको इन्धन उपयोगसम्बन्धी अभिलेख समेत नहुँदा मितव्ययिता पालना नगरेको ठहर गरिएको छ ।

यस्तै, पदाधिकारी तथा कर्मचारीहरूका लागि ८ लाख ३२ हजार रुपैयाँ भ्रमण खर्च देखाइएको छ तर नियमानुसारको भ्रमण अभिलेख नहुँदा खर्चको औचित्यमाथि प्रश्न उठेको छ । विक्रम संवत २०८० माघ २४ गतेको नगरपालिकाको बैठकले २० जना पदाधिकारीका लागि मोबाइल फोन खरिद गर्ने निर्णय गरेको थियो ।

सो निर्णयका आधारमा पालिकाले न्यू आइटी केयर नामक फर्मबाट हनर कम्पनीका मोबाइल २० थान खरिद गरी प्रति मोबाइल ४४ हजार २ सय २० का दरले ९ लाख ९९ हजार ३ सय ७२ रुपैयाँ भुक्तानी गरेको छ । तर सार्वजनिक खरिद ऐन अनुसार प्रतिस्पर्धी प्रक्रिया नअपनाई गरिएको यो खरिद ऐनविपरीत ठहरिएको छ ।

पालिका कार्यालयले इलेक्टोनिक्स सामग्री, स्ट्रीट लाइट जडान, सडक ढलान तथा कृषि विद्युतीकरण लगायतका एउटै प्रकृतिका कामहरू टुक्रा–टुक्रा पारेर विभिन्न फर्महरूबाट १ करोड ५५ लाख रुपैयाँको खरिद गरेको छ । सार्वजनिक खरिद ऐनले एउटै प्रकृतिका कामहरू एकीकृत प्याकेजमा राखी बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने व्यवस्था गरेको भए पनि पालिकाले त्यसलाई उल्लंघन गर्दै टुक्राएर खरिद गरी प्रतिस्पर्धा सीमित बनाएको पाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८२ असार १५, आईतवार २१:१८
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८२ असार १५, आईतवार २१:१८
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८२ असार १५, आईतवार २१:१८
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८२ असार १५, आईतवार २१:१८
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८२ असार १५, आईतवार २१:१८
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८२ असार १५, आईतवार २१:१८

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव