जनकपुरधाम, बैशाख १२ गते । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आफ्नो चरित्र हत्या गर्ने गरी केही संचार माध्यमले राजावादीहरुको आन्दोलनको क्रममा मेरो छोराको नामै तोकि भाटभटेनीबाट बियरको बोतल लिएर भागेको भन्ने समाचार सम्प्रेषण गरेको भनी आपती जनाएका छन् ।
राजनीतिक उक्साहटमा मेरो चरित्र हत्या गर्ने गरी बदनाम गर्ने हिसावले सुनियोजित रुपमा मेरो छोरा मुकेश यादवले भाटभटेनीबाट बियरको बोतल लिएर भागेको भन्ने समाचार सम्प्रेषण ग¥यो । मेरो दुईजना छोरा छन् जसको आकाश यादव र विकास यादव छ । आश्चर्य व्यक्त गर्दै भने यो मुकेश यादव कहाँबाट आयो ।
तपाँईको छोरा मुकेश वास्तवमै पक्राउ परेको हो भन्ने प्रश्नमा सप्तरीमा रहेका सहमहामन्त्री यादवले भने, ‘यस्तो भ्रामक र बदनियतपुर्वक आएको समाचार निन्दनीय छ, म आफै आश्चर्यमा छु, मुकेशलाई म चिन्दै चिन्दिन ।’ आजको प्रतिनीधिसभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनले गृहमन्त्रीलाई ध्यानाकर्षण गराउदै भाटभटेनीमा भएको लुटपाटमा तपाँइकै पार्टीका सहमहामन्त्रीको छोरा पनि पक्राउ परेका थिए किन तुरन्तै छोडनुभयो ? भन्दै प्रश्न गरेका थिए ।
लिङ्देनको सो भनाईलाई लक्षित गर्दै केहि अनलाईन सञ्चारमाध्यममा कांग्रेस सहमहामन्त्री यादवको छोरा मुकेश पक्राउ परेको र पछि छोडिएको समाचार प्रकाशित भएपछि सहमहामन्त्री यादवको आपती छ । ‘मेरो छोरा मुकेश हो कि होइन, साँच्चै पक्राउ परेको हो कि होइन ? कम्तिमा सोध्नुपर्छ नि’ प्रश्न गर्दै यादवले दुःख व्यक्त गरेका छन् ।
उनले मिडियाले संवेदनशील कुरामा ध्यान पुरयाउन जरुरी छ । कसैले केही बोल्दैमा त्यसको भेरीफाइ गर्नु मिडियाको कर्तव्य हो, न कि हावादारीमा समाचार सम्प्रेषण गर्ने भनी गुनासो व्यक्त गरे । उनका दुवै छोरा कुशल चिकित्सक हुन र हाल भारतको अस्पतालमा कार्यरत छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !