Wednesday, March 4, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विवादित भारतीय नागरिकलाई बनाइयो मटिहानी मठका उत्तराधिकारी महन्त


विवादित भारतीय नागरिकलाई बनाइयो मटिहानी मठका उत्तराधिकारी महन्त

जनकपुरधाम, चैत २१ गते । गुठी संस्थानले कानून र परम्परा विपरित महोत्तरीकाे मटिहानीस्थित लक्ष्मीनारायण मठ (मटिहानी मठमा) उत्तराधिकारी महन्थ नियुक्त गरेकाे छ ।

कुनैपनि मठ मन्दिरमा गुरु शिष्य परम्परा अनुसार महन्थ नियुक्त कानूनी प्रक्रिया रहेकोमा गुठी संस्थानले आफूखुशी महन्थका शिष्यलाई नभई अन्य भारतीय नागरिक र मन्दिरको जग्गा अवैध रुपम विक्री गरेको आरोप लागेका व्यक्ति डा. रविन्द्र दास भन्ने रविन्द्र झालाई उत्तराधिकारी महन्थ नियुक्त गरेको हो ।

विवादित डा. दासलाई आर्थिक लेनदेनकाे गुठीले कानून र परम्परा विपरित उत्तराधिकारी महन्थमा नियुक्त गरेकाे भन्दै स्थानीय विराेध प्रदर्शनमा उत्रेका छन । साे विराेध प्रदर्शनले र विवादले त्यहाँको अवस्था ताँतिएको छ ।

मठका मानमहन्थ जग्गननाथ दासलाई सिडिओको नक्कली सही गरेर बैंकबाट पैसा झिकेर फंसाएको आरोप समेत उनीविरूद्ध रहेकाे छ ।

कानूनतः कुनैपनि मठ मन्दिरमा उत्तराधिकारी महन्थ नियुक्त गर्न वर्तमान महन्थको स्वीकृति लिनुपर्ने हो । तर मठका महन्थ जगरनाथ दास वैष्णवसँग कुनै स्वीकृति नै नलिई गुठी संस्थानले आर्थिक चलेखलमा दासलाई उत्तराधिकारी महन्थ नियुक्त गरिएको आरोप छ ।

महन्त पुजारी व्यवस्थापन निर्देशिका २०७७ को दफा १० बमोजिम ‘गुरु शिष्य परम्परा अनुसार सनातन देखि चल्दै आएको मठ मन्दिर र देवस्थलमा आवश्यक काम, कर्तव्यर अधिकार तोकी महन्तको सिफारिसमा समितिको स्वीकृति लिई प्रशासकले ऐनको दफा १६ बमोजिम उत्तराधिकारी महन्त नियुक्त गर्न सक्नेछ ।’ तर मटिहानी मठमा समितिले महन्थको स्वीकृति नै नलिई नियुक्त गरेको हो ।

मटिहानी मठका मानमहन्थ जगरनाथ वैष्णवले आफ्नो शिष्य र उत्तराधिकारी महन्थ डा. रविन्द्र नभई हितरामदास बैष्णव रहेको बताएका छन् । उनले भने–‘हितरामदास बैष्णव योग्य, श्रीमद्भागवत पाठ गर्न सक्ने रहेकाले आफू उनलाई नै उत्तराधिकारी मानिरहेको थिए । तर यसैबीचमा गुठी आर्थिक लेनदेनमा मेरो स्वीकृति बिना नै एक भारतीय नागरिकलाई उत्तराधिकारी महन्त बनाउनु गलत हो ।’

को हुन् डा. दास ?

उत्तराधिकारी महन्थ भनिएका डा. रविन्द्र विरुद्ध पटक–पटक स्थानीयबासीहरु आन्दोलित हुनु परेको छ भने उनीमाथि मानमहन्थलाई छलेर मटिहानी मठ अन्तर्गतका र सिमरदही मठका कयौं विग्घा जग्गा बेचेको आरोप छ । डा. दास महोत्तरीकै सिमरदही मठका महन्थ रहेको भनिदै आएको छ ।

भारतका बिहार, मधुबनी जिल्ला, ग्राम पञ्चायत बासुकी बिहारी वडा नम्बर ३ थल्ली ग्राम पर्सा गाउँ निवासी बुद्धिनाथ झाका छोरा हुन् डा. रविन्द्र दास भन्ने रविन्द्र झा । उनी नेपालमा बसेका पनि उका बुवाआमा लगायतका परिवारहरु अहिले पनि भारतमै बस्दै आएका छन् ।

उनले नेपालको महोत्तरी जिल्लाबाट २०५५ साल चैत्र १८ गते नागरिकता प्रमाणपत्र नम्बर १०२८२३०५/४५६ को नेपालको नागरिकता जारी गराई लिएका हुन् । महोत्तरीबाट बंसजको नागरिकता लिएका रबिन्द्रनाथ झाको भारतीय निर्वाचन आयोगको परिचयपत्र नं. Br|13/0074/310053 जिल्ला मधुवनी लेखि जारी गरिएको छ । २८ सेप्टेम्बर २०१५ मा जारी गरिएको उनको परिचयपत्रले भारतीय नागरिक भएको प्रष्ट हुन्छ ।

समरदही मठको १ सय २० बिघा जमिन रहेको र उक्त जमिन ठेक्कामा दिएर १६ वर्षदेखि करोडौं आय हिनामिना गरेको उनमाथि आरोप लागेको छ ।

भारतीय नागरिक झाले मटिहानी राजगुठी अन्तर्गतको रुपन्देही जिल्लाको सियारी गाउँपालिका वडा नम्बर ३ स्थित राम जानकी मठको ४१ बिघा जग्गा विक्री वितरण तथा सो आएको आम्दानी समेत हिनामिना गरेको स्थानीयले भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललाई दिएको उजुरीमा उल्लेख गरिएको छ ।

यसका साथै भैसाखादर मठको ४० बिघा जमिनको प्रति बिघा ४० हजारका दरले आउने आम्दानी २०५९ साल देखि २०७६ सालसम्म विक्री वितरण गरेको आरोप समेत स्थानीयको रहेको छ । झा आफ्नैमा नाममा रहेमाे भारतीय नम्बर प्लेटकाे गाडी चढ्दै आएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०८१ चैत्र २२, शुक्रबार १४:४५
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०८१ चैत्र २२, शुक्रबार १४:४५
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०८१ चैत्र २२, शुक्रबार १४:४५
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०८१ चैत्र २२, शुक्रबार १४:४५
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०८१ चैत्र २२, शुक्रबार १४:४५
कांग्रेस जनकपुरधामका वडा उपसभापति रास्वपामा
Blast News

कांग्रेस जनकपुरधामका वडा उपसभापति रास्वपामा

२०८१ चैत्र २२, शुक्रबार १४:४५

ताजा खबर

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव