जनकपुरधाम, चैत ११ गते । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले धनुषाका पत्रकारहरूकाे कार्यशैलीकाे विश्वसनियतामाथि आशंका गरेकाे छ ।
सोमवार आयोजित पत्रकार आचारसंहिता पालना सम्बन्धी गोष्ठीमा मन्त्री लेखीले पत्रकारहरूको कार्यशैली र पेशागत क्षमतामा सुधारको आवश्यकता रहेको भनी गम्भीर टिप्पणी गरे ।
उनले धनुषामा लगभग २ सय पत्रकार रहेका छन् । तर, कार्यक्रमको सहभागीमा ४५ जना मात्र उपस्थित भएका थिए । उनले थपे, ‘तिनमा पनि १३–१४ जना मात्रै लेख्न र बोल्ने गरेको बताए ।
मन्त्री लेखीले २५–३० वर्षअघि पत्रकारिता एक ‘मिशन’को रूपमा थियो ।
तर, अहिले पत्रकारिता बद्लिएको बताउँदै अहिलेका पत्रकारहरूलाई ‘अल्छि’ भएको आरोप लगाए । उनका शब्दमा, ‘आजका पत्रकारहरूसँग लेख्न र बोल्नका लागि आवश्यक ल्याकत छैन । उनीहरूलाई सुधारको आवश्यकता छ ।’
मन्त्री लेखीले प्रेसको जिम्मेवारी सरकारभन्दा पत्रकारकै हातमा रहेको कुरा पनि उठाए । उनले भने, ‘पत्रकारिता पेशालाई सम्मानित बनाउने जिम्मेवारी सरकारको भन्दा पत्रकारकै हातमा छ ।
पत्रकारहरूले आफूलाई पेशागत मर्यादामा बाँधेर काम गर्नुपर्ने आवश्यकता छ ।’ उनका अनुसार पत्रकारिता सुधारको प्रयास सरकारले गर्न सक्छ । तर, प्रमुख भूमिका सञ्चारकर्मीकै हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !