Tuesday, August 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेशमा प्रहरीले गैरकानूनी रूपमा पक्राउ गर्दै

हिरासत कक्षमा यातना तथा कुटपिट, धनुषामा गरिदैन स्वास्थ्य परीक्षण


मधेशमा प्रहरीले गैरकानूनी रूपमा पक्राउ गर्दै

Oplus_131072

जनकपुरधाम, माघ १६ गते । मधेश प्रदेशका विभिन्न जिल्लामा गैरकानूनी रुपमा पक्राउ र पक्राउपछि प्रहरी हिरासत कक्षहरुमा उनीहरुलाई यातना सहितका अमानवीय व्यवहार गर्ने गरिएको पाइएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय र मानव अधिकार समितिको उपसमितिले बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका हिरासतहरुको स्थलगत अनुगमनपछि पेश गरेको प्रतिवेदनमा यस्तो दाबी गरिएको हो ।

अनुगमन प्रतिवेदनमा संवैधानिक व्यवस्था विपरित आरोपितहरुलाई पक्राउ गर्ने गरिएको भनिएको छ । आरोपितलाई पक्राउ गर्नुअघि प्रचलित कानून बमोजिम पक्राउ गर्नुपर्ने कारणको सूचना बताउनु पर्ने, पक्राउ गर्ने अधिकारीले आफ्ना परिचय खुलाउनुपर्ने, पक्राउ गर्नुअघि अदालतबाट जारी वारेन्ट पुर्जी दिनुपर्ने पक्राउपछि पक्राउ गरिएको कारणसहित थुनामा राख्नुपर्ने ठाउँसहित उल्लेख गरी थुनुवा पुर्जी दिनुपर्ने, पक्राउ गर्ने अधिकारीको नाम, पद सहितका अभिलेख राख्नुपर्ने हो ।

तर मधेशका जिल्ला प्रहरी कार्यालयहरुमा त्यस्तो नगरी मापदण्ड विपरित पक्राउ गरेर थुन्ने प्रवृति हावी रहेको छ । प्रदेशका ८ वटै जिप्रकामा गरिएको अनुगमनको क्रममा ११२ जना थुनुवासँग सोधपुछ गर्दा ६० जनाले कारणको जानकारी नै नदिई पक्राउ गरिएको बताएका थिए । १०८ जना कैदी मध्ये ६८ जनाले वारेन्ट पुर्जी नदिएको १८ जनाले थुनुवा पुर्जी नदिएका बताएका छन् ।

पक्राउ परेका बेला कानून व्यवसायीसँग सम्पर्क गर्न पाउने अधिकार छ । तर मधेशका जिप्रकाहरुमा थुनामा रहेका १०७ जना मध्ये ६२ जनाले कानून व्यवसायीसँग सम्पर्क गर्न नदिएका बताएका छन् । यी पक्राउ मध्ये १२ जना यस्ता थुनुवा रहेका थिए जसले भन्यो आफन्तसँग पनि भेटन दिएन भने १४ जनाले आफूलाई पक्राउपछि कुनै अधिकारी समक्ष प्रस्तुत नगरिएको उपसमितिसँग गुनासो गरेका छन् ।

९५ जना थुनुवासँग सोधपुछ गर्दा ३३ जनाले बयान अनुसारको कागजातमा सहीछाप नगराएको बताएका छन् भने ८८ जना मध्ये ४९ जनाले निशुल्क कानूनी सहायता प्रदान नगरिएको गुनासो गरेका छन् ।

नेपालको संविधानको धारा २२ मा थुनुवालाई हिरासत कक्षमा कुटपिट गर्ने र यातना दिने खालका क्रियाकलाप नगर्न भनिएको छ । तर ९२ जना मध्ये ३१ जनाले कुटपिट गरेको बताएका छन् । जसमध्ये १९ जनाले कुटपिटको कारण नै नबताईकन हिरासतमा कुटपिट गरिएको र टण्डा, पाईप लगायतका अन्य औजारले प्रहरीले कुटपिट गरेको भन्ने कुरा प्रतिवेदनमा उल्लेख छ ।

थुनुवा कक्षमा रहेकामध्ये ९३ जनासँग सोधपुछ गर्दा ३२ जनाले आफूलाई धम्की, यातना र मानसिक तनाव दिने कार्य हिरासत कक्षमा भएको बताएका छन् । जसमध्ये ३० जनाले तपाईको परिवार वा आफन्तलाई क्षति पुरयाउने लगायतका धम्की र मानसिक तनाव दिएको बताएका छन् । यी मध्ये ४९ जनाले हिरासतमा खानपीनको आभाव र अन्य शारिरीक जाँच समेतको पीडा भोग्नु परेको बताएको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदन अनुसार धनुषा जिल्ला प्रहरी कार्यालयका थुनुवाहरूले पक्राउ गर्दा स्वास्थ्य परीक्षण नगरिएको गुनासो गरेका छन् । समितिले सबै थुनुवाको स्वास्थ्य परीक्षण अनिवार्य गर्नुपर्ने सुझाव दिएको छ । थुनुवालाई पक्राउ गर्दा र छोड्दा दुवै अवस्थामा स्वास्थ्य परीक्षण गरिनुपर्नेछ । थुनुवाहरूले हिरासतमा आधारभूत आवश्यकताहरू जस्तै खाना, पानी, स्वास्थ्य सेवा र व्यक्तिगत सरसफाइमा कमी भएको गुनासो गरेका छन् ।

गर्भवती महिला, दीर्घरोगी, यौनिक अल्पसंख्यक, जेष्ठ नागरिक र आश्रित बालबालिकालाई छुट्टै हिरासत कक्षमा राख्नुपर्ने प्रतिवेदनले सुझाव दिएको छ । यस्ता विशेष आवश्यकता भएका व्यक्तिहरूलाई सामान्य थुनुवासँगै राख्दा उनीहरूको स्वास्थ्य र सुरक्षा जोखिममा पर्ने सम्भावना बढी हुने भन्दै समितिले छुट्टै व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

समितिले प्रतिवेदनमा प्रहरी अधिकारीहरूलाई थुनुवासँग नम्र, शिष्ट र समान व्यवहार गर्न निर्देशन दिनुपर्ने आवश्यकता औँल्याएको छ । प्रतिवेदनमा प्रहरी हिरासतमा रहेका व्यक्तिहरूले नागरिकका रूपमा पाउने अधिकारहरूमाथि प्रतिबन्ध लगाइनु गलत भएको भन्दै थुनुवाहरूका मौलिक हकको संरक्षणमा ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।

प्रदेशका ८ वटै जिल्लाका हिरासत कक्षमा रहेका १७२ जनामध्ये इच्छुक ११४ जनासँग बन्द तथा खुल्ला प्रकृतिको आधारमा प्रश्नावली तयार गरी प्रतिवेदन समितिले तयार पारेको हो । समितिमा बिमला सुवेदी, नागिना यादव, पुष्प बहादुर शाह, प्रतिक्षा तिवारी, रन्जु झा र शेरबहादुर कुँवर सदस्यका रूपमा संलग्न थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ माघ १७, बिहीबार १६:३३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ माघ १७, बिहीबार १६:३३
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८१ माघ १७, बिहीबार १६:३३
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८१ माघ १७, बिहीबार १६:३३
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८१ माघ १७, बिहीबार १६:३३
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८१ माघ १७, बिहीबार १६:३३

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव