जनकपुरधाम, पुस २३ गते । आज बिहान नेपाल—चीन सीमाना तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पको धक्का नेपालभर महसुस गरिएको छ।
बिहान ६ बजेर ५० मिनेट जाँदा कोशी, मधेस र वागमती प्रदेशका जिल्लाहरूमा भूकम्पकाे झटका महसुस गरिएको थियो। तिब्बतमा ७ रेक्टर स्केल र नेपालमा ५.३ रेक्टर स्केलमा भूकम्प आएकाे हाे । साे भूकम्पले तिब्बतमा याे समाचार लेख्दासम्म ५३ जनाकाे मृ्त्यु भइसकेकाे छ ।

भूकम्पपछि मधेस प्रदेशको मौसम परिवर्तन भएको स्थानीयहरू बताउँछन्। बिहान मौसम अनुकूल भएपनि बिहान भूकम्प गएपछि मधेस प्रदेशमा पौने सात बजेपछि अचानक मौसम परिवर्तन भएको, हावा चलेको र हुस्सुले शहर ढाकेको स्थानीयहरूले बताए। हुस्सु लागेको, पश्चिमबाट हावा चलेको स्थानीयहरू बताउँछन्।
नेपालमा संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ्ग, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, इलाममा भूकम्पको कडा धक्का महसुस गरिएको थियो भने झापा, सुनसरी, मोरङ र उदयुपुरमा सामान्य धक्का महसुस गरिएको थियो।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !