Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

ठूला हाकिम बन्ने सपना बोकेर पढदै ११ वर्षिय बालक नतिश


ठूला हाकिम बन्ने सपना बोकेर पढदै ११ वर्षिय बालक नतिश

सुभाष कर्ण
जनकपुरधाम, पुस २ गते । कठ्याग्रिदो चिसोमा गाउँको छेउमा रहेका सामुदायिक भवन भित्र एक ११ वर्षिय बालक जिउ छल्ने जाडोको परवाह नगरी एकटक लगाएर रटान दिंदै पढनमा व्यस्त थिए ।

उनलाई देखेर यस्तो लाग्थ्यो, कि उनलाई पढाई अगाडि दुनियादारीको कुनै परवाह छैन । जाडो छल्न जहाँ युवादेखि वृद्धसम्म अगेनामा दिनचर्या गर्दै थिए । त्यहाँ ती बालक बिहानै बाक्लो शितलहरमा निफिक्र भएर पढन व्यस्त थिए ।

यो घटना हो धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ६ को गिद्धा बेलापट्टी गाउँको पुर्ववारी टोलको । जहाँ हरवाचरवा परिवारका ११ वर्षिय कक्षामा ५ मा अध्ययनरत बालक नतिश कुमार महरालाई बालपनको परित्याग गरी आफ्नो लक्ष्य पुरा अधिकांश समय पढाईमै बिताउने गर्छन ।

शिवलाल महरा र सानोदेवी महराको कान्छो छोरा नतिशको ठूला ओहदाको हाकिम बन्ने सपना छ । उनलाई हाकिम पद के हो, कसरी बन्न सक्छ र त्यसको काम हो लगायतका केही कुरा थाहा छैन । तर पनि उनले हाकिम बन्ने सपनालाई लक्ष्य बनाएका छन् । हाकिम बन्न उनी खेतखलिहानसहित पशुपाल्नमा आमा सानोदेवीको हात बटाउंदै बचेका समय खेलकुद छाडेर पढाईमै बिताउने गर्छन ।

हामी घुम्दाघुम्दा बिहान ८ बजेतिर सामुदायिक भवनमा पुग्दा एक÷डेढ दर्जन विद्यार्थी ट्विशन पढिरहेको थियो । त्यसमा अधिकांश विद्यार्थी पढाईसँगै बसेर खेलकूदमा रमाउंदै देखे । तर त्यसमा एक जना विद्यार्थी नतिश यस्तो देखियो जसलाई खेलकुदमा कुनै इन्ट्रेस्ट नभई पढाईमा व्यस्त थिए । उनी नेपाल किताब रटान मार्दै पढ्नमा व्यस्त थिए ।

फ्रीडम फण्डसको सहयोगमा सामुदायिक सुधार केन्द्र (सीआईसी) द्वारा गिद्धा बेलापट्टीमा सञ्चालित ट्विशन कक्षामा नतिश संगै दर्जनौ विद्यार्थी पढिरहेका छन् । तर उनी अन्य विद्यार्थीभन्दा फरक छन् । त्यसको प्रमुख कारण हो समाजमा ठूला जात गरिने छुवाछुतको व्यवहार र सरकारी कार्यालयमा गरीब साना जाति भएको कारण बुवा शिवलाल महरालाई कार्यालयका कर्मचारीले गरेको दुव्र्यवहार हो ।

हामीले नतिशसँग सोध्यौं तिमीलाई अरु बच्चा जस्तै खेल्ने इच्छा हुँदैन । उनले भने सर, हामीलाई हरवा चरवा दलित परिवारका बच्चालाई खेल्ने कुदने भाग्यमा कहाँ छ र । अहिले खेल्यौं भने बुवा जस्तै अरुको खेतमा बँधुवा मजदूर भएर जिवनभरि काम गर्नुपर्छ । पुर्खाले अर्जेको सम्पति पनि छैन जसलाई बेचेर कुनै बिजनेश व्यापार गर्न पाउंछु । हामीहरुको त एउटै आधार छ पढेलखेर सरकारी वा प्राइवेट राम्रो जागिर गर्नु ।

जागिर त सामान्य पढाईले पनि गर्न सकिन्छ । तर त्यसको लागि यति पढाई नै जरुरी हो । उनले मुस्कुराउंदै भने सर म चानचुने कर्मचारी कहाँ बन्न चाहन्छु, मेरो त एउटै सपना हो कुनै सरकारी कार्यालयको हाकिम बन्न पाउँ । त्यसकै तयारीका लागि दिनरात मेहनत गरेर पढिरहेछु । अहिले नै म खेलमा दिन बिताई दिए भने अगाडि गएर ठूला दाई श्रवण महरा जस्तै पढाई अधुरै छाडेर मजदूरी गर्न भारत वा खाडीमूलक अरब कतार जानुपर्छ ।

हाकिम नै किन बन्ने हो बाबु भनेपछि उनले भने सर, एक पटक बुवासँग एक सिफारिसका लागि नगरपालिका कार्यालयमा जाँदा त्यहाँको हाकिमको पहिरन, कार्यशैलीसहितका रवाफी र दलित गरीब परिवारका व्यक्तिसँग गर्ने व्यवहार देख्दा मैले सोचे जब एउटा नगरपालिको हाकिमको यतिको रवाफ छ भने ठूलो सरकारी कार्यालयका उच्च ओहदाको कर्मचारीको कति इज्जत र पदीय शक्ति होला त्यही सोचेर मलाई पनि हाकिम बन्ने इच्छा भयो ।

नतिश गाउँकै श्री जनता माध्यमिक विद्यालय गिद्धा बेलापट्टीमा कक्षामा ५ मा परिहेका छन् । उनी स्कूलको पढाई बाहेक बिहान र बेलुका सिआईसीद्वारा सञ्चालित ट्विशन क्लाशमा पढदै आएका छन् । ती ट्विशन क्लासमा स्कूलका होमवर्क बाहेक अन्य थप पढाई समेत गर्ने गर्छन । सिआईसीद्वारा प्रदान गरिने कापी, डेटपेन, पेन्सिल लगायतका शैक्षिक सामाग्री उनको लागि ठूला सहयोगी बनेका छन् ।

उनी भन्छन यति सिआईसीद्वारा सञ्चालित यो ट्विशन क्लास र छात्रवृतिको रुपमा पाइने शैक्षिक सामाग्री प्राप्त नभएको भए, म पनि बुवा र दाजु जस्तै अरुको खेत र घरमा काम गर्ने मजदूर नै बन्नेछु । अहिलेसम्म राम्ररी नै पढदैछु । अगाडि हेरौ के हुन्छ । तर म आफ्नो लक्ष्य पूरा गर्न मेहनत मजदूरी गरेरपनि पूरा गर्नेछु । नतिश मेघावी छात्र मात्र होइन बुवा र आमासँग खेतको काम हात बटाउनुको साथै बचेका समयमा बाख्रा समेत घर नजिकैको खेतमा चराउन दैनिक रुपमा जाने गर्छन ।

नतिशका बुवा शिवलाल र आमा सानोदेवी गाउँमा जमिन्दार र अरु गृहस व्यक्तिको खेतमा मजदूरी गरेर पेट पाल्दै आएका छन् । उनीसँग आफ्नो कुनै जग्गा छैन । घर पनि एलानी जग्गामै बनाएर बस्दै आएका छन् । नतिशका जेठा दाजु श्रवण गरीबीले गर्दा कक्षा ९ सम्म पढेर, परिवारको पेट पाल्न भारतको पञ्जाब तिर मजदूरी गर्न गएका छन् । माइलो दाजु अमित महरा कक्षा ६ मा पढिरहेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८१ पुष २२, सोमबार १४:४५
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८१ पुष २२, सोमबार १४:४५
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८१ पुष २२, सोमबार १४:४५
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८१ पुष २२, सोमबार १४:४५
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८१ पुष २२, सोमबार १४:४५
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८१ पुष २२, सोमबार १४:४५

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव