जनकपुरधाम, असोज १२ गते । मधेश प्रदेश सरकार उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले जारी अबिरल वर्षाले प्रदेशका विभिन्न नदीको जलस्तरमा भइरहेको अत्यधिक वृद्धिले सम्भावित जोखिम न्यूनीकरण र राहत तथा उद्धार कार्यका लागि तयार रहन निर्देशन दिएका छन् ।
शनिवार सप्तरीको त्रियुगा नदीका तटीय क्षेत्रको सम्भावित जोखिमको अवस्था हेर्न गरेको अनुगमनको क्रममा मन्त्री यादवले सम्बन्धित स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितलाई यस्तो निर्देशन दिएका छन् ।
अनुगमनको क्रममा सम्बन्धित सप्तकोशी नगरपालिकाका प्रमुख कृष्ण ढकालले सो क्षत्रमा नदी कटान तथा विविध समस्याहरुको बारेमा मन्त्री यादवलाई जानकारी गराएका थिए । मन्त्री यादवले मन्त्रालय वा अन्य निकायबाट हुन सक्ने सहयोग लिएर नदी तट कटान अगावै पूर्व तयारी अवस्थामा रहन मन्त्रालय मातहत कार्यालयका कर्मचारी, नगर प्रमुख र प्रहरी प्रशासनलाई निर्देशन दिए ।

प्रदेशका नदीहरुको जलस्तर खतरा चिह्नभन्दा माथि पुग्न सक्ने सम्भाविता जोखिम न्यूनीकरण गर्न तटबन्धलगायतका संरचनाको आकस्मिक संरक्षण गरी गाउँबस्तीमा जलप्रवाह रोक्न, डुबान क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न र अन्य समस्या समाधानका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी आवश्यकताको हिसाबले परिचालन गर्न सम्बन्धित निकायलाई भनेका छन् ।
विपद् व्यवस्थापन समितिका जिम्मेवार जनप्रतिनिधि र सरकारी अधिकारी तथा स्वयंसेवी संस्थाहरू समेतलाई बाढीपानीबाट उत्पन्न हुने विपत् सामना गर्न तयार अवस्थामा रहन आग्रह गर्दै मन्त्री यादवले तटीय क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई समेत सचेत र सुरक्षित रहन अनुरोध गरेका न् ।
प्राविधिक टोली सहित गरिएको सो अनुगमन टोलीमा मन्त्री यादवसँगै प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, इन्जिनीयर रमन साह, मेयर ढकाल, कांग्रेसका नेता डा. शत्रुध्न यादव, घनश्याम यादव सहित वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।
बाढीले जलस्तरमा भइरहेको अत्यधिक वृद्धिले हुन सक्ने सम्भाविता जोखिम र जनतालाई पर्न सक्ने पीडमार्काको दृष्टिगत गर्दै मूसलाधारे वर्षामै मन्त्री यादव र गृहमन्त्री राजकुमार सहितका टोलीले छाता ओढेरै नदीका तटीय क्षेत्रहरुको अनुगमन गरेका सछन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !