Saturday, March 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

खबरदारी सभामा अधिकार खोस्ने विरुद्ध संघर्षको चेतावनी


खबरदारी सभामा अधिकार खोस्ने विरुद्ध संघर्षको चेतावनी

जनकपुरधाम, भदौ ३१ गते । संयुक्त मधेश संघर्ष समितिले ‘मधेश र संविधान संशोधन’ मा केन्द्रित भई जनकपुरधाममा खबरदारी सभा गरेको छ ।

तराई–मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता संविधानसभा सदस्य डा. विजय कुमार सिंहको सभापतित्वमा भएको उक्त खबरदारी सभामा वक्ताहरुले नेपाली काँग्रेस र नेकपा एमालेद्वारा प्रस्तावित भइरहेको संशोधन जनताको समानुपातिक प्रतिनिधित्व र समावेशिताको अधिकार खोस्ने प्रतिगमन हो ठहर गर्दै त्यस्को विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिइएको छ ।

उक्त सभामा माओवादी केन्द्रको नेता पूर्वमन्त्री मधेश राष्ट्रिय मुक्ति मोर्चा, नेपालको इन्चार्ज मातृका यादव, पूर्व राष्ट्रिय सभा सदस्य तराई–मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष वृषेशचन्द्र लाल, मधेश राष्ट्रिय मुक्ति मोर्चाको संयोजक र संविधानसभा सदस्य जगत प्रसाद यादव, एकीकृत समाजवादीको नेता शीतल झा, नेपाल सद्भावना पार्टीको का. वा. अध्यक्ष रामकुमार महतो, जनाधिकार पार्टीको अध्यक्ष मो. इमदाद गड्डी, पूर्व मन्त्री माओवादी नेता महेन्द्र पासवान, मधेश प्रदेशका पूर्व मन्त्रीहरू भरत साह, ज्ञानेन्द्र यादव, बोधमाया यादव, नेसपाको महासचिव पवन कुमार साह, महोत्तरी गापाको अध्यक्ष दिलिप पाणडेय, तमलोपाका नेताहरु असगर अली, बिभा ठाकुर र सतीश लाल दासले आ–आफ्नो विचार राखेका थिए ।

तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले सरकारको स्थायित्वको कुरा उठाउँदै के को स्थायित्व भ्रष्टाचार, भूटानी शरणार्थी, सुन तस्करी, ललिता निवास जग्गा घोटाला, गिरीबन्धु टी–स्टेटको जग्गा घोटाला काण्ड वा सहकारीको माध्यमले जनताको पैसा हडप्ने जस्ता कुराहरुको निमित्त स्थायित्व ? भन्ने प्रश्न राखेका थिए ।

उनले शासक समूहहरु वर्चस्वको निमित्त संविधानमा अनुचित संशोधन गरेर जनताले ठूलो संघर्ष गरेर जे जति अधिकार प्राप्त गर्न सकेका छन् त्यसलाई उल्टाउने षडयन्त्र भइरहेको आरोप लगाए । लालले भ्रष्टाचार अन्त्य गर्ने, भागबन्डा, भाईभतीजावाद समाप्त गर्ने र विधिको शासन मजबूत गर्नेतिर बहस किन भइरहेको छैन भन्ने प्रश्न उठाए । उनले अग्रगामी संविधान संशोधनको मांग गर्दै प्रतिगामी कुरा गरे कडा संघर्षको बाध्यता हुने चेतावनी दिए ।

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले मधेशको मुद्दाको मामिलामा मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल डटेर संघर्ष गर्ने कहिल्यै पछाडि नहुने भन्दै पूर्ण समानुपातिक निर्वाचन पद्धति, समानुपातिक समावेशिताको गारन्टी र समग्र मधेश एक प्रदेश हाम्रो लक्ष्य रहेको बताए । वहाँले प्रतिगमनको हामीले डटेर मुकाबिला गर्नेछौं र यसको निमित्त हामी तयार छौं भने ।

सम्पन्न सो खबरदारी सभामा वक्ताहरुले संविधान संशोधन गरी प्रदेशको सीमांकनमा पहचान आधारित सुधार र समग्र मधेश एक प्रदेश, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समानुपातिक निर्वाचनको क्षेत्र प्रदेश हुनु पर्ने, थ्रेस होल्ड हटाइनु पर्ने, प्रादेशिक राजनीतिक दलहरुलाई मान्यता दिनु पर्ने, मांग राखेका थिए ।

वक्ताहरुले प्रतिनिधिसभाबाट समानुपातिक निर्वाचन हटाइने प्रस्तावको कडा बिरोध गरेका थिए । नेपाली काँग्रेस र नेकपा एमालेले पंचायतको एक दलीयताको तर्जमा दुईदलीयता लाद्न खोजेको र बहुदलीयता मास्ने षडयन्त्र गरिरहेको आरोप उनीहरुले लगाएको थियो ।

संयुक्त मधेश संघर्ष समितिले मधेशका सबै जिल्लाहरुमा यस्तै खबरदारी सभा आयोजन गरी आन्दोलनको तयारी गर्ने समेत बताइएको छ । सम्पन्न उक्त सभामा सबै संघीयतावादी पहचानवादी दलहरुलाई सत्ताको दलदलबाट निस्केर गोलबन्द हुन आह्वान गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

२०८१ आश्विन ४, शुक्रबार ०१:१०
परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

२०८१ आश्विन ४, शुक्रबार ०१:१०
जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

२०८१ आश्विन ४, शुक्रबार ०१:१०
अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

२०८१ आश्विन ४, शुक्रबार ०१:१०
घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

२०८१ आश्विन ४, शुक्रबार ०१:१०
रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

२०८१ आश्विन ४, शुक्रबार ०१:१०

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव