Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जउवा संघ निर्वाचनमा तस्कर माफिया हाबी

निर्वाचनमा पैसाकाे खाेलाे बग्दै : मतदाता हाइज्याकदेखि भाेजभतेरसम्म


जउवा संघ निर्वाचनमा तस्कर माफिया हाबी

जनकपुरधाम, भदौ १७ गते । उद्योगी व्यवसायीहरुको विशुद्ध पेशागत संगठन जनकपुरधाम उद्योग वाणिज्य संघकाे कार्यसमितिमा पुग्न व्यापारी हाेइन तस्कर माफिया हुन जरूरी रहेकाे वर्तमान निर्वाचन प्रक्रिया र क्रियाक्लापले देखिन्छ ।

मतदाता ‘हाइज्याक’ गर्न उम्मेदवारहरूले १५ लाखसम्म व्यापारीहरूकाे नविकरण शुल्क नै तिरेका छन् । जउवा संघको आगामी कार्यकालका लागि भदौ २९ गते हुन गइरहेको निर्वाचनबाट नयाँ नेतृत्व कब्जा गर्ने गरी उम्मेदवारहरुले मतदाता उद्योगी व्यवसायीहरुको नवीकरण आफ्नो पैसाबाट गराएर हैसियत र पहुँच अनुसार मतदाता हाइज्याक गरेका छन् ।

विधानतः मतदाता उद्योगी व्यवसायीहरुले आफ्नो खर्चमा आफै नवीकरण गराउनुपर्ने हो । तर त्यस्तो नभई अन्य निर्वाचन झैं यसपटक पनि उम्मेदवारहरुले आफ्नै खर्चमा नवीकरण गराएका हुन् ।

जउवा संघको कुल ४ हजार ७६ मतदाता रहेकोमा उम्मेदवारहरुले बिचौलिया खटाएर हैसियत अनुसारको मतदाता नवीकरणका लागि मतदाताहरुबाट कागजपत्र जिम्मा लिई एकमुष्टै नवीकरण गराएको श्रोतले जनाएको छ । तीन वर्षमा हुने नवीकरणका लागि एउटा मतदातामा वर्षेणी ५ सय रुपैयाको दर कूल एक हजार ५ सय रुपैया तिरेका छन् ।

श्रोतका अनुसार अध्यक्ष पदका उम्मेदवारले एक हजार मतदातासम्मको नवीकरणको जिम्मा लिई रकम १५ लाख रुपैयासम्म खर्च गरेका छन् । वरिष्ठ उपाध्यक्ष र महासचिव समेतले ५ सयभन्दा बढी मतदाताको नवीकरण गराउने गरी रकम रकम खर्च गरेका छन् । कार्यकारी सदस्य पदका उम्मेदवारहरुले समेत आफ्नै र प्यानलको खर्चबाट नवीकरण गराएका छन् ।

मतदाता नवीकरण कार्ड वितरणको भदौ २१ गतेदेखि २६ गतेसम्मको समय दिएपनि त्यो सम्बन्धित मतदाताको हातमा नगई अन्य वर्ष जस्तै उम्मेदवारहरु स्वयं वा बिचौलियाहरुले लिएर आफ्नो मत आफ्नो कब्जामा राख्ने गरी आफ्नै साथमा राख्नेछ । र निर्वाचनका दिन मतदान स्थलमै वितरण गर्नेछ भन्ने श्रोतको भनाई छ ।

यो गलत परम्पराको अभ्यासले जउवा संघको निर्वाचनमा भाग कम्तिमा ५ देखि ५० लाखभन्दा बढी रकम चाहिन्छ । अध्यक्ष पद मध्येका उम्मेदवारहरुले निर्वाचनका लागि पहिलो चरणमै नवीकरणका लागि मात्रै अहिले १५/२० लाखसम्म रुपैयासम्म खर्च गरिसकेका छन् । अहिले प्रचार प्रसार, भोजभतेर र मत खरीदबिक्री बांकी नै छ । हैसियत अनुसार अध्यक्ष पदका उम्मेदवारहरुले २०/२५ लाख रुपैयासम्म भोजभतेरमै खर्च गर्न सक्ने अनुमान रहेको श्रोतको दाबी छ ।

शुक्रवार सम्पन्न उम्मेदवारीदेखि जनकपुरधामका होटलहरुमा पहिलो चरणको भोजभतेर शुरु भइसकेको छ । जनकपुरधामस्थित कयौं होटल उम्मेदवार र उनका कार्यकर्ता समर्थक भनिएका बिचौलियाहरुको भोजभतेरले नै भरिएको थियो । शनिवारको ती परिदृश्य निर्वाचन अवधिसम्म जनकपुरधाम स्थित होटलहरु भरिभराउ नै रहनेछ ।

यी प्रक्रिया र तोकिएको उम्मेदवारी शुल्कले प्रष्ट हुन्छ कि जउवा संघको नेतृत्वमा काम गर्ने योग्य व्यक्तिहरुलाई तह लगाउन तस्कर माफियाहरूद्वारा सिण्डिकेट कायम गरिएको छ । उम्मेदवारहरूकाे लाखाै रूपैया लगानी उम्मेद्वार आफै हाेइन तस्कर माफियाले गर्दै आएकाे उनीहरूकाे हैसियतले देखाउंछ ।

नाम उल्लेख नगर्ने शर्तमा एक व्यवसायीले भने जउवा संघकाे नेतृत्वमा पुग्ने त कुरै छाडाै कार्यसमितिमा पुग्न सदस्य पदका लागि मात्रै कम्तिमा ५ लाख रूपैया चाहिन्छ, अध्यक्ष पदमा जित्न त के जमानत जाेगाउन मात्रै २५/३० लाख रूपैयासम्म चाहिन्छ ।

यतिका रकम मेहनतले कमाएका एउटा इमान्दार व्यापारीले किन खर्च गर्छन । तिनले खर्च गर्नुभन्दा पहिला सय पटक साेच्छन । यति रकम खर्च गर्न तस्कर माफियाका लागि मात्र सम्भव छ । जाबाे एउटा पद पाउन मात्रै दुई नम्बरका अवैध कमाईले मात्र सम्भव छ । ती लगानी उम्मेद्वार नभई विभिन्न आवरणमा रहेका तस्कर माफियाले गरिरहेकाे छ ।

अर्का एक व्यवसायीले भने जसले अवैध तरिकाले रकम कमाएर राखेका छन् त्यस्तै गलत व्यवसायी मात्र संगठनमा पुग्न सक्छ । अन्य इमान्दार मध्यमवर्गीयका लागि हैसियत नै पुग्दैन । अहिले निर्वाचनमा भइरहेकाे खर्च हिसाबले प्रत्येक उम्मेदवारकाे आयश्राेत सहित सम्पति छानबीन सम्बन्धित निकायले गर्नुपर्ने जरूरी देखिन्छ ।

पुंजीपति वर्गकाे कब्जामा संघ रहेकाे कुरा उम्दवारी दर्ता शुल्कले देखिन्छ । अध्यक्ष पदको ५५ हजार देखि कार्यसमिति सदस्यका लागि २१ हजार चर्को उम्मेदवारी शुल्क तोकिएको थियो ।

निर्वाचनमा भाग लिन वरिष्ठ उपाध्यक्षको लागि ५१, उपाध्यक्षको लागि ५० हजार, महिला उपाध्यक्षका लागि ३० हजार र महासचिव पदका लागि ४५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको थियो । यस्तै, सचिव, कोषाध्यक्ष, एशोसिएट सदस्य, संगठित सदस्य र सम्बद्ध सदस्यको उम्मेदवार बन्नका लागि ४० हजार शुल्क निर्धारण गरेको थियो । चर्को शुल्क राखिएको सम्बन्धमा निर्वाचन अधिकृत ललित साहसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

अहिलेको भड्किलो खर्चले देखिन्छ कि अध्यक्ष बन्न कम्तिमा ४०/५० लाख रुपैया चाहिन्छ । सामान्य सदस्य पदमा जित्न कम्तिमा ५ लाख रुपैया खर्च गर्न सक्ने हैसियत हुनुपर्छ । यी अवस्थाले प्रष्ट गर्छ कि जउवा संघ कार्यसमितिमा पैसावाला पनि तस्हकर माफियासंगकाे पहुंच हुनु जरूरी देखिन्छ

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८१ भाद्र २२, शनिबार १५:०२
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ भाद्र २२, शनिबार १५:०२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ भाद्र २२, शनिबार १५:०२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ भाद्र २२, शनिबार १५:०२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ भाद्र २२, शनिबार १५:०२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ भाद्र २२, शनिबार १५:०२

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव