जनकपुरधाम, जेठ १९ गते । भारतीय खाना स्वादका लागि जनकपुरधाममा ‘जाइका’ फैमिली रेष्टुरेन्ट संचालनमा आएको छ । जनकपुरधाममा आउने पर्यटकलाई भारतीय खानाको आभाव खेप्नु परिरहेको अवस्थालाई दृष्टिगत गर्दै जाइका भन्ने रेष्टुरेन्ट जनकपुरधामको तपसी चोकमा संचालनमा ल्याइएको हो ।
भारतीय पर्यटकको चाप तथा भारतीय खानाको स्वादका पारखीहरुलाई ध्यानमा राखेर संचालनमा ल्याइएको रो रेष्टुरेन्टको शनिबार एक कार्यक्रमका बिच जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले उद्घाटन गरेका छन् ।
जनकपुरधाममा भारतीय पर्यटकको चाप बढी भएपनि खानालाई लिएर आउने गुनासा मेट्नकै लागि भारतीय फ्रेन्चाइज जाइकाको अनुमति लिएर फेमिली रेष्टुरेन्टको शुरुवात गरेको जाइका फेमिली रेष्टुरेन्टका मैनेजिंग डाइरेक्टर विजयकुमार साहले बताए । यसका साथै जनकपुरधाममा खाना महँगो हुने गरेको गुनासो समेत सुनिने गरिन्छ त्यो गुनासो समेत आउन नदिने साहले प्रतिवद्धता गरे । उनले शुरुमा सुपथ मूल्यमा ग्राहकलाई सेवा दिने र पछि मनमौजी हिसाबले पैसा असुल्ने परिपाटीको अन्त्य यही रेष्टुरेन्टको माध्यमले गर्ने बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !