Tuesday, July 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अन्ततः ओलीले जसपा फुटाएर नै छाडे

फुटको कारण : रेणुको रणनीति, सत्ता लाेलुप्ता र उपेन्द्रको एकलौटी


अन्ततः ओलीले जसपा फुटाएर नै छाडे

जनकपुरधाम, वैशाख २३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल आइतवार विधिवत रुपमा फुटेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला सह अध्यक्ष अशोक राईको नेतृत्वमा जसपा फुटेको छ ।

झट्ट हेर्दा जसपाको विभाजन वर्तमान सत्ता किचलोका कारण भएको देखिन्छ । तर फुटको यो अवस्था नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तीन वर्षको अथक प्रयासको नतिजा हो । विगतकै किचलोका कारण खोतल्ने हो भने यो २०७७ मा पुगिन्छ । ओली आफू प्रधानमन्त्री रहेको बेला २०७७ सालमा तात्कालित सपा अर्थात अहिलेको जसपालाई फुटाउने प्रयास गरेको थियो । तर सफल हुन सकेन् ।

ओलीको सपा फुटाउने सपना तात्कालिन राजपाले तुहाउन असफल बनाएको थियो । त्यतिबेला जसपाका १७ सांसद थिए । रेणु यादवको ग्राइण्ड डिजाइनमा २०७७ वैशाख १० गतेका दिन तात्कालिन सांसद डा. सुरेन्द्र यादवको अपहरण नाटक गराएर ओलीले ४० प्रतिशत सांसद पुगे दल विभाजन गर्न सक्ने कानून टेकेर सपा फुटाउन प्रयास गरेको थियो । त्यति बेला रेणु यादवको पक्षमा १७ मध्ये ८ सांसद थिए ।

अहिले विभाजनको पक्षमा लागेका रेणु यादव, मोहम्मद इस्तियाक राईलगायतका अधिकांश नेता त्यतिबेलै पार्टी फुटाउन चाहन्थे । सपा विभाजनलाई सजिलो बनाउन ओलीले पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भए पुग्नेगरी अध्यादेश ल्याएका थिए । पूर्वआईजीपी सर्वेन्द्र खनाल र एमाले नेता महेश बस्नेतलाई खटाएर डा सुरेन्द्र यादवलाई अपहरणकै शैलीमा मेरियट होटल ल्याइएको थियो । तर, योजना एकाएक तुहिएपछि त्यो समूह तितरबितर भयो ।

जसोतसो त्यो विभाजन राजपा अध्यक्ष महन्थ ठाकुरले टारेका थिए । पार्टी फुटने संकेत पाएर उपेन्द्रले मध्यराति १२ बजेतिर राजपासँग पार्टी एकता गरेर पार्टी जोगाउन सफल भएका थिए । त्यति बेला उपेन्द्रलाई बलियो साथ दिएका अशोक राई समूहले नै यसपटक आफ्नै नेतृत्वमा पार्टी विभाजन गरेको हो ।

ओली र यादवबीच टकराउ

ओली र यादवबीचको तिक्ता अपहरण काण्डको एक वर्ष अघिदेखिको छ । मधेशीको माग पुरा गर्न गरेको दुई बुँदे सहमति कार्यान्वयन गर्न ओलीलाई पटक पटक दबाव दिदैं आएपछि भारत भ्रमणमै रहेका बेला यादवलाई स्वास्थ्य मन्त्रीबाट हटाई अपमानजनक रुपमा कानून मन्त्रीको जिम्मेवारी दिइयो । अन्ततः दुई साता पनि नबित्दै राजीनामा दिन यादवलाई ओलीले बाध्य बनायो ।

पार्टीमा अध्यक्ष यादवविरुद्ध एक दशकदेखि आवाज उठाउंदै आएकी रेणु अन्ततः आफ्नो रणनीतिमा अशोक राईको सहयोगमा सफल भएकी छिन् । तेश्रो मधेश आन्दोलनपछि ओली सरकारमा सपा गएपछि रेणुले रोकेकी थिइन् । तर मानेनन् । त्यही बेलादेखि रेणु र उपेन्द्रबीच तिक्ता बढ्दै आएको हो । पार्टीमा प्रदेश अध्यक्षबाट हारपछि रेणुले छुट्टै रुपमा पार्टी संचालन गर्न खोज्दै प्रपञ्च गर्दै आईन । अन्ततः २०७७ सालमा ओलीको सहयोगमा पार्टी फुटाउन लाग्दा अन्त्यमा गएर असफल भईन ।

हुनत अहिलेको आएको पार्टी फुटको अवस्था विगतमा पार्टी जोगाउन मद्दत गरेका राजपा अध्यक्ष महन्थ ठाकुरलाई अपमानसहित पार्टी निकाला गरी पार्टी कब्जा गरेको परिणाम पनि हो । जुन रणनीतिमा उपेन्द्रले महन्थ ठाकुर नेतृत्वको राजपाबाट बनेको जसपा हतियाउन प्रयोग गरे । त्यही रणनीति तहत रेणुले अशोक राईको सहयोगमा पार्टी फुटाउन सफल भएको हो ।

तर अहिलेको परिस्थिति फरक रहेछ । कांग्रेसको सहयोगमा नेकपा एसका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री बन्ने बुनेको जाल तुहाउन ओलीले जसपा फुटाएको हो । कांग्रेस नेतृत्वको गठबन्धनलाई सघाउने उपेन्द्रले सहमति जनाएको ओलीले सुइको पाएपछि उनी विदेश भ्रमण अमेरिकामा रहेकै बेला पार्टी फुटाउन सफल भएको हो ।

एकलौटी पार्टी हाँक्ने यादवसँग न डा बाबुराम भट्टराई टिक्न सके, न त महन्थ ठाकुर र राजेन्द्र महतो । एकपछि अर्कोले पार्टी विभाजन गर्दै जाँदा यादव पार्टीमा कमजोर भइरहेका थिए । कुनै बेला एकछत्र नेतृत्व रहेको पार्टीका बहुमत सांसद अलग हुँदासम्म यादवले सुँइकोसम्म पाउन सकेनन् । कतिसम्म भने यादवले अति नजिकका ठानेर मन्त्री बनाएका नवलकिशोर सुडीले समेत उनको साथ छाडेका छन् ।

पार्टी फुटने अवस्था जसपा अध्यक्ष यादवको महत्वाकांक्षा पनि एक हो । सत्ता हेरफेर हुनासाथ यादवले धेरै सल्लाह नगरेरै शिक्षामन्त्री रहेका राईलाई हटाएर र आफू उपप्रधान तथा स्वास्थ्यमन्त्री बने । जसपाभित्र मन्त्रीका आकांक्षी धेरै थिए । तीमध्येबाट यादवले छानेका नवलकिशोर नै पार्टी विभाजनको पक्षमा उभिने स्थिति कसरी आयो पार्टी नेतृत्वले बुझ्न सकेको छैन । ‘एकाएक पार्टी विभाजनसम्म कसरी पुग्यो बुझ्न सकिएको छैन ।

सत्ता उलटफेरको जोडघटाउमा लागेका सत्ता र प्रतिपक्ष अब दल विभाजनको चरणमा प्रवेश गरेको संकेतका रूपमा पनि जसपा विभाजनलाई लिइएको छ । प्रचण्ड नेतृत्वको सरकारले पछिल्लो पटक विश्वासको मत लिँदा पक्षमा १५७ मत खसेको थियो । माधव नेपालको पार्टीले समर्थन झिक्दा सरकारको मत १४७ हुन जान्थ्यो । यसमा जसपाका १२ सांसद सरकारबाट बाहिरिँदा प्रचण्ड नेतृत्वको सरकारलाई १३५ जनाको मात्र समर्थन रहन गई अल्पमतमा पर्ने र ढल्ने डर थियो ।

उपेन्द्र यादवले अर्को गठबन्धनलाई सघाएमा अब उनीसँग १२ को साटो पाँचजना सांसद मात्र रहनेछन् । बाँकी ८ जनाले भने प्रचण्ड सरकारलाई नै साथ दिने छन् । यो विभाजन प्रचण्ड नेतृत्वको सरकारलाई ढाल्नका लागि नभई जोगाउनका लागि भएको देखिएको छ ।

अशोक राईको नेतृत्वमा ७ सांसदले गरेको दल विभाजनमा बहालवाला वनमन्त्री नवलकिशोर साह सुडीसमेत सहभागी हुनुले पनि के पुष्टि गर्छ भने अशोक राईको नेतृत्वमा फुटेको जसपा प्रतिपक्षमा बस्नका लागि नभई सरकारमै रहनका लागि हो ।
राई नेतृत्वको जसपामा राई र साहसहित नवलकिशोर साह, रञ्जु ठाकुर, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ र प्रदीप यादव रहेका छन् भने उपेन्द्र समूहमा उनीसहित दिपक कार्की, प्रकाश अधिकारी, रेखा यादव र राजकिशोर यादव रहन गएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा
Blast News

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

२०८१ असार १३, बिहीबार २२:११
जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

२०८१ असार १३, बिहीबार २२:११
दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

२०८१ असार १३, बिहीबार २२:११
दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

२०८१ असार १३, बिहीबार २२:११
५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

२०८१ असार १३, बिहीबार २२:११
पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८१ असार १३, बिहीबार २२:११

ताजा खबर

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव