Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेशमा आलोपालो सरकार चलाउने सहमति

मधेश सरकारमा जसपापछि नेतृत्व एमालेले पाउने निश्चित


प्रदेशमा आलोपालो सरकार चलाउने सहमति

जनकपुरधाम, ८ चैत । सत्ता गठबन्धनका चार दलले सबै प्रदेशको नेतृत्व आलोपालो गर्ने सहमति गरेका छन् । प्रदेश सरकार गठनका लागि बनेको कार्यदलले सांसद संख्याको आधारमा प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने समझदारी कायम गठबन्धन दलबीच भएको हो ।

फागुन २१ गते कांग्रेससहितको सात दलीय गठबन्धन भत्किएको थियो । त्यसपछि एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेपाल एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सम्मिलित गठबन्धन बनेको थियो । तीमध्ये रास्वपाको प्रदेश सभामा उपस्थिति छैन ।

त्यसअनुसार सातै प्रदेशमा कम्तीमा तीन दलबीच मुख्यमन्त्री भागबण्डा हुनेछ। तर, नेतृत्व कति समय तोक्ने भन्ने दलहरुले टुंगो लगाइसकेका छैनन् । कार्यदलले प्रत्येक प्रदेशमा दुई दलले सरकारको नेतृत्व पालैपालो गर्ने सहमति जुटाएको एक सदस्यले जानकारी दिए । ‘सबै प्रदेशमा कम्तीमा दुई दलले आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी जुटिसकेको छ,’ ती सदस्यले नेपालखबरसँग भने, ‘कार्यकाल कति हुने भन्ने टुङ्गिन बाँकी छ ।’

बागमती, कर्णाली र मधेस प्रदेशमा गठबन्धनमा रहेका दलकै नेतृत्वमा सरकार छ । कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा, मधेसमा जसपाका सरोज यादव र बागमतीमा माओवादीकै शालिकराम जम्मकट्टेल मुख्यमन्त्री बनेको १५ महिना बितिसकेको छ । कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ । त्यसमध्ये कोसीमा सरकार बन्न सबै धाराको प्रयोग भइसकेको छ । गठबन्धन भए पनि कोसीमा सरकार बन्न कठिन छ ।

सबै प्रदेश सरकार एक वर्ष तीन महिना चलिसकेकोले बाँकी रहेको अवधि गठबन्धनमा रहेका दलले बाँडफाँट गर्नेछन् । उनले भने ‘सबै प्रदेश सरकार १५ महिना चलिसक्यो अब बाँकी अवधि आलोपालो सरकारको नेतृत्व हुन्छ,’ कार्यदलका अर्का सदस्यले भने, ‘पाँच वर्ष नेतृत्व नगर्ने भन्ने हामीबीच अन्डरस्टान्डिङ भएको छ ।’

त्यसका लागि सांसद संख्याका आधारमा सरकारको नेतृत्व दिने कुरामा चारै दल सहमत छन्। गठबन्धनले बनाएको कार्यदलले प्रदेश सरकारको नेतृत्वको अवधिका लागि एउटा सूत्र बनाएको छ । ‘प्रदेश सांसद संख्याको अनुपातका आधारमा नेतृत्व दिने भन्ने छ, त्यो भनेको समानुपातिक रुपमा जति जना सांसद छन् त्यस अनुपातमा बाँडफाँट हुन्छ,’ उनले थपे, ‘त्यसमा दुईवटा, तीनवटा दलले मात्र बाँड्ने हो, सबैलाई होइन । चार, पाँच जना मात्र सांसद भएकोलाई बाँडिँदैन, मुख्य दुईतीन दललाई बाँड्ने भन्ने छ ।’

यी हुन आलोपालो नेतृत्व पाउने दल

कोसी प्रदेश सभामा ९३ सांसद छन् । एमालेका ४०, माओवादीका १३ सांसद छन्। एकीकृत समाजवादी ४ र जसपाका १ सांसद छन् । कोसीमा एमाले र माओवादी केन्द्रले आलोपालो मुख्यमन्त्री चलाउनेछन् ।

मधेसमा एमाले पहिलो दल हो । उसका २४ सांसद छन् । तर नेतृत्व गठबन्धनका दोस्रो दल जसपाका १९ जना छन् । माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । कार्यदलले जुटाएको सहमति अनुसार मधेशमा जसपापछि एमालेले नेतृत्व पाउने हो । सहमति अनुसार दुई दलले मात्रै नेतृत्व गर्ने पाउने भएकाले जसपा र एमालेले मात्र सरकारको नेतृत्व आलोपालोमा पाउने हो ।

तर, बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिनुपर्नेछ । कुल १ सय १० प्रदेश सभा सदस्य रहेको सो प्रदेशमा जम्मकट्टेललाई सरकारमा टिकिराख्न ५६ सांसदको समर्थन आवश्यक छ ।
गठबन्धनमा एमालेका २७, माओवादीका २१ र एकीकृत समाजवादीका ७ सांसद छन्। तर, सरकारमा रहिरहन अझै १ सिट पुग्दैन। अब हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीमध्ये कुनै एकलाई गठबन्धनमा नल्याई सरकार टिक्ने देखिँदैन । जबकि सो प्रदेशमा कांग्रेस एक्लैको ३७ सिट छ । कांग्रेसलाई एक्लै सरकार बनाउन १९ सांसद भए पुग्छ। राप्रपाका १२ सांसद छन् ।

गण्डकीमा कांग्रेस नेतृत्वको सरकार छ । सरकारमा रहेको माओवादी केन्द्रले समर्थन फिर्ता लिएकोले अब उसले तीन हप्ताभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । लिन नसके सरकार ढल्छ । तर, सत्ता गठबन्धनलाई सरकार बनाउन पनि समस्या छ । ६० सदस्यीय प्रदेश सभामा नयाँ सरकार बनाउन ३१ सांसद चाहिन्छ। एमालेसँग २२, माओवादीसँग सभामुखसहित ८ र एकीकृत समाजवादीसँग १ सांसद छन्। तर, एकीकृत समाजवादीमा खुलेका राजीव गुरुङले स्वतन्त्र सांसद बन्न पाऊँ भन्दै कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएका छन्।

उनकै कारण गण्डकीमा सरकार बनाउन जटिलता थपिएको छ । यदि गुरुङ स्वतन्त्र भए वा उनलाई एकीकृत समाजवादीले कारबाही ग¥यो भने सरकार बनाउन गठबन्धनलाई २ सांसद पुग्दैन। सो प्रदेशमा राप्रपासँग २ सांसद छन्। उसलाई लिनैपर्ने बाध्यता छ । लुम्बिनी प्रदेशमा पनि कांग्रेस नेतृत्वकै सरकार छ । तर, सरकारमा रहेको दल माओवादी, जसपा र एकीकृत समाजवादी बाहिरिसकेको छ। अब तीन हप्ताभित्र विश्वासको मत नलिए कांग्रेस सरकार ढल्छ। यहाँ भने गठबन्धनबाट सरकार बनाउन बहुमत पुग्छ ।

यसमा एमाले र माओवादीले आलोपालो नेतृत्व गर्नेछन् । कर्णालीमा माओवादीकै सरकार छ । ४० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ। सो प्रदेशमा माओवादीका १३ र एमालेसँग सभामुखसहित १० सांसद छन् । त्यसमा एकीकृत समाजवादीका १ सांसद छन् । जुन, सरकार गठनका लागि पर्याप्त हो ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धनलाई सरकार बनाउन कठिन छ। ५३ सदस्यीय प्रदेश सभा रहेको सुदूरपश्चिममा अहिले ५२ सांसद छन । यहाँ सरकार बनाउन २७ मत आवश्यक पर्छ । माओवादी केन्द्रको सभामुखसहित ११, एमालेका १० र एकीकृत समाजवादीको ४ सांसद छन् । तर, सरकार बनाउन २ सांसद पुग्दैन । सो प्रदेशमा नागरिक उन्मुक्तिको ७ सांसद छन्। तर, अहिले कांग्रेस नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति छ । त्यसले गठबन्धनलाई सरकार बनाउन कठिन छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० चैत्र ८, बिहीबार २२:१७
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० चैत्र ८, बिहीबार २२:१७
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० चैत्र ८, बिहीबार २२:१७
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० चैत्र ८, बिहीबार २२:१७
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० चैत्र ८, बिहीबार २२:१७
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० चैत्र ८, बिहीबार २२:१७

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव