जनकपुरधाम, माघ २० गते । मधेश प्रदेशका राजधानी जनकपुरधामस्थित ऐतिहासिक भूमि बावन विघामा रहेका श्री श्री १०८ श्री हनुमान मन्दिरद्वारा माघ २७ गतेदेखि ११ दिने श्री कृष्णलीला महायज्ञ आयोजना हुन लागेको छ ।
जनकपुरधाम उपमहापालिका १९ बावन विघामा रहेको उक्त मन्दिरमा अवस्थित भगवान श्री हनुमानको मूर्तिको प्राण प्रतिष्ठाको अवसरमा आयोजना हुने सो महायज्ञ ११ दिन फागुन ८ गतेसम्म संचालन हुने मन्दिरका महन्थ एवं पुजारी श्री राम बालक दासजी बाबाले जानकारी दिए ।
शनिवार एक पत्रकार सम्मेलन आयोजना गरी पुजारी रामबालक दासले सो महायज्ञमा विभिन्न देवीदेवताको १ सय ११ सहित १ सय २१ मूर्ति राखिने जानकारी बताए । उनले भने विश्व शान्ति र मानव कल्याणका लागि सो महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञमा ११ वटा हवन कुण्ड समेत रहनेछ । महायज्ञ अवधिभरि सो हवन कुण्डमा नेपाल तथा भारतबाट आएका साधु सन्तहरुद्वारा हवन सहित भजन किर्तन हुने समेत उनले बताए ।
उपमहागरपालिका १९ का वडा सदस्य रामजीवन मण्डलले देश र समाजमा हिन्दुत्व कायम र धर्मप्रति आस्था जगाउने उद्देश्यले सो महायज्ञको आयोजना गर्न लागिएको बताए । स्थानीयवासी तथा दाताबाट चन्दा र पुजारी रामबालक दासको निजी लगानीमा आयोजना हुन लागेको सो महायज्ञमा अनुमानित १०÷१५ लाख रुपैया खर्च लाग्ने अनुमान रहेको उनले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !