Tuesday, August 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सुनचांदी व्यवसायी बलराम साहसहित चारजना पक्राउ

व्यवसायीहरू आन्दाेलित, बिल भरपाई नहुंदा राजश्व छलेकाे आशंका


सुनचांदी व्यवसायी बलराम साहसहित चारजना पक्राउ

जनकपुरधाम, माघ १७ गते । राजश्व छली गरेकाे आरोपमा धनुषा प्रहरीले जनकपुरधामस्थित बलराम ज्वेलर्सका संचालक बलराम साह र कालीगढसहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार पर्नेहरू साह सहित अरुण ज्वेलर्स उद्योगका संचालक अरुण ठाकुर, सिराहा मिर्चैयास्थित राेशन ज्वेलर्सका कालीगढ अजय साह साेनार र संजय साह रहेकाे छ ।

बिना बिल भरपाईको सुनका गहना (दुईवटा बाला) सहित सोमवार पक्राउ परेका सुनचाँदी कालीगढ अजय साह र संजय साह जनकपुरधामस्थित नमस्कार चोक नजिकबाट गाेप्य सुचनाकाे आधारमा पक्राउ परेको थियो । तिनीहरुले दिएको बयानको आधारमा बुधवार बलराम साह र अरुण ठाकुरलाई सोधपुछका लागि जिप्रकामा बोलाइएकाे बेला पक्राउ गरी व्यवसायीद्वय साह र ठाकुरलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागको कार्यालय पथलैया पठाइएको छ ।

सुनचाँदी व्यवसायी साह र ठाकुरलाई थप अनुसन्धानका लागि पथलैया पठाएपछि जनकपुरधाम स्थित सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । उनलाई पथलैया पठाए लगतै व्यसायीहरुले टायर बालेर प्रहरी विरुद्ध प्रदर्शन गर्दै सोनारपट्टी बजार बन्द गराएका छन् । उनीहरुले सुनचाँदी व्यवसायी र कालीगढको रिहाईको माग गर्दै प्रहरी विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनमा उत्रेका छन् । सुनचाँदी व्यवसायी संघको अगुवाईमा व्यवसायीहरुले गरेको प्रदर्शनले बुधवार दिउंसोदेखि नै सोनारपट्टी बजारको अवस्था तनावग्रस्त बनेको थियो । तनावग्रस्त अवस्था साम्य पार्न व्यापक संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

बिल बिनाको सुनका गहना सहित पक्राउ परेका कालीगढले आफू बलराम ज्वेलर्स र अरुण ज्वेलर्ससँग कारोबार गर्ने गरेको बयान दिएकाे आधारमा दुवै ज्वेलर्सका संचालकलाई सुन कहाँबाट खरीद गरेर ल्याएको बिल माग गरेपछि उपलब्ध नगराउंदा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको धनुषा प्रहरीका प्रवक्ता रञ्जन अवाले जनाएकाे छ ।

प्रहरी श्राेतका अनुसार कालीगढहरु पक्राउ परेपछि मंगलवार प्रहरीले मुचुल्का हस्ताक्षर गराउन व्यवसायी साह र ठाकुर कहाँ पुगेको थियो । तर तिनीहरुले जिल्लामै आउने भनी मुचुल्कामा सही गर्न मानेनन् । सुनचाँदी व्यवसायी संघ धनुषाको अगुवाईमा दुवै व्यवसायी जिप्रका पुगेका थिए । तर त्यहां बिल प्रहरीले माग्दा कालीगढले बनाएकाे गहनाकाे बील हुंद‌‌ैन भनी उपलब्ध गराउन सकेन । बुधवार पुनः प्रहरीले थप साेधपुछका बाेलाएकाे क्रममा पक्राउ गरि अनुसन्धानका लागि पथलैया पठायाे ।

सुनचाँदी व्यवसायी संघ धनुषाका अध्यक्ष पवन ठाकुरले सुनका गहना अवैध हाेइन, तिनीहरुकाे प्रक्रियामा त्रुटि भएको हुन सक्ने भनी सुनको गहना राखेर अनुसन्धान गर्न प्रहरीलाई आग्रह हामीले गरेका थियाैं । तर प्रहरीले सानो त्रुटिका कारण अनुसन्धानका लागि पथलैया पठाइदिनु गलत हाे भने ।

यस्तै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले भने प्रहरीले गलत इन्टेन्शनले व्यापारी साहलाई पक्राउ गरेको बताए । उनले भने, ‘मिर्चैयाबाट व्यापारी साहले सुनका गरगहना ल्याएका थिए । पैसा नदिएकाले बिल दिइएको थिएन् । यो सानो कुरालाई प्रहरीले ठूलो इसु बनायो । सामान्य सुनको गहना बिल फेला नपर्दैमा पक्राउ गर्नु गलत हो ।

यसैबीच सुनचाँदी व्यवसायी संघ धनुषाका अध्यक्ष ठाकुरले पक्राउ परेका सुनचाँदी व्यवसायीसहित कारीगरलाई रिहाई नगरेसम्म पहिलो चरणमा भोलीदेखि सुनचाँदी व्यवयासी संघ र कालीगढ संघको संयुक्त आयोजनामा जिल्लाभरिका सुनचाँदी व्यवसाय बन्द गर्नेछाै भने । दोश्रो चरणमा उद्योग वाणिज्य संघलाई आन्दोलनलाई समर्थन गर्दै सम्पूर्ण वस्तुगत उद्योग व्यवसाय प्रतिष्ठान बन्द गर्न अनुरोध गर्नेछौं । यदि उद्योग वाणिज्य संघले सहयोग नगरे तिनीहरुलाई पनि समस्या हुने चेतावनी दिएका छन् ।

सुनचाँदी व्यवसायी साहसँग थप अवैध सुन सक्ने आशंकामा थप अनुसन्धानका लागि पथलैया पठाएको बुझिएकाे छ । श्रोतका अनुसार त्रिभुवन विमानस्थलबाट ६ क्विन्टल सुन बरामदपछि पटक पटक तस्करीकाे सुन बरामद हुन थालेपछि तेश्रो मुलुकबाट तस्करी गरिएका सुनचाँदी कहाँ कहाँ सप्लाई हुन्छ भन्ने अनुसन्धानका लागि प्रहरी अनुसन्धान ब्यूरोले निगरानी बढाएकाे छ ।

तेश्रो मुलुकबाट तस्करी गरिएका सुन भारत सप्लाई हुने गरेकाे आशंकामा प्रहरीले देशका सीमावर्ती बजारहरूमा निगरानी बढाएको श्रोतको भनाई छ । विगतमा जनकपुरधामबाट समेत सुन तस्करी आराेपमा केही व्यक्ति पक्राउ परेकाे थियाे । पुरानाे घटनाकाे दृष्टिगत गर्दै जनकपुर बजारमा समेत निगरनी बढाइएकाे बुझिएकाे छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० माघ १८, बिहीबार ०१:०५
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८० माघ १८, बिहीबार ०१:०५
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८० माघ १८, बिहीबार ०१:०५
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८० माघ १८, बिहीबार ०१:०५
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८० माघ १८, बिहीबार ०१:०५
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८० माघ १८, बिहीबार ०१:०५

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव