Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेश सरकारबाट जनमत बाहिरियो, संघबाट पनि बाहिरिने


मधेश सरकारबाट जनमत बाहिरियो, संघबाट पनि बाहिरिने

जनकपुरधाम, माघ ९ गते । सरकारबाट हटाई दिने मुख्यमन्त्री सरोजकुमार यादवले चेतावनी दिएको एक साता नबित्दै मधेस सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता लिएका छन् ।

सोमवार सप्तरीमा जनमत नेता कार्यकर्तामाथि भएको दमन घटनाक्रमको दृष्टिगत गर्दै मंगलवार जनमत पार्टीको संसदीय दलको बैठक बसेर सरकारबाट समर्थन फिर्ता लिएको थियो । सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख हरिशंकर मिश्रले बुझाएको छ ।

सरकारबाट हटाई दिने पटक पटक धम्की दिदैं आएको र मुख्यमन्त्रीज्यूले एकल रुपमा सरकार संचालन गर्दै आएकाले जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको जनमत पार्टी संसदीय दलका नेता महेश यादवले बताए ।
उनले भने ‘मुख्यमन्त्रीले प्रदेश सरकारलाई जसपाको एउटा इकाईको रुपमा काम गर्दै आएकाले हामीले शुरुदेखि नै सरकारलाई जसपाको संगठन होइन सरकारको रुपमा चलाउन माग गर्दै आएका थियौं । तर मुख्यमन्त्रीज्यूले सरकारको कुनैपनि कार्यक्रममा कैबिनेटमा छलफल नै नगरी गठबन्धनको सरकार भएपनि एकल रुपमा जसपा पार्टी अध्यक्षलाई प्रमुख अतिथि बनाउने गरेको थियो ।’

सप्तरीमा कृषि विश्वविद्यालयको शिलान्यासको विषयलाई लिएर सरकारको नेतृत्वकर्ता दल जसपा र जनमतबीच सोमवार विवाद भएको थियो । विवादको क्रममा प्रहरीले गरेको लाठी चार्जबाट जनमतका मन्त्री महेश यादव, प्रदेश सांसद सतिश सिंह लगायत एक दर्जन नेता कार्यकर्ताहरु घाइते भएको थियो ।

मन्त्री यादवले भने विश्वविद्यालय शिक्षा तथा संस्कृति मन्त्रालय अन्तर्गत रहेको छ । म त्यसको उपकुलपछि छु तर म सँग कुनै सरसल्लाह नै नगरी जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएर शिलान्यास गरियो । यति मात्र होइन बलिदानी दिवसमा समेत गठबन्धनका अन्य दललाई समेत बाइपास गरी जसपा अध्यक्ष यादवलाई प्रमुख अतिथि कैबिनेटमा बिना छलफल गरी बनाइयो । यस्तो सरकारमा बसेर के गर्ने जसलाई दल विशेषको भातृ संगठनको रुपमा संचालन गरिदैं । त्यसलै हामीले सरकारबाट फिर्ता हुने निर्णय गरेका हौं, यादवले भने ।

यसैबीच समर्थन फिर्ता सँगै सरकारबाट समेत जनमत पार्टी बाहिरिएका छन् । जनमत पार्टीबाट मन्त्री रहेका शिक्षा तथा संस्कृति मन्त्री महेश यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजनीनामा पत्र बुझाएका छन् । राजीनामा संगै मधेस सरकारबाट जनमत बाहिरिएको छ ।

संघबाट पनि बाहिरिने

यसैबीच, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भने, ‘हामीलाई सरकारमा राम्रो व्यवहार गरिएन । यहाँहरूलाई थाहा नै छ । हाम्रो पार्टीबाट शिक्षामन्त्री हुनुहुन्छ । उहाँलाई थाहा नदिइकन मुख्यमन्त्री र जसपा पार्टीले मनपरी गरिरहेको छ । हामी यस्तो सरकारमा बसेर के गर्ने ? हामी जनताको काम गरिरहेका छौँ । हामीलाई बिना जानकारी जे मन लाग्छ त्यही गरेर किन बस्ने ?’

संघीय सरकारबाट पनि जनमत बाहिरिने हो कि प्रसंगमा उनले बाहिरिने तयारीमा रहेको संकेत गरेका छन् । प्रधानमन्त्रीले जुनसुकै बेला फिर्ता बोलाए आफूहरु सरकारबाट फिर्ता हुन तयार रहेको जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको भनाइ छ । राउतले भने, ‘केन्द्रीय सरकारमा पनि हामीलाई कुनै लोभ छैन, हामी जनताको काम गर्न राजनीतिमा आएका हौं, सत्ता चलाउन होइन ।’

उपाध्यक्ष नरेन्द्र चौधरीले पनि केन्द्र सरकारबाट बाहिरिनका लागि पनि जसपाले तयारी गरिरहेको जानकारी दिएका छन् । उनले भने, ‘हामी जनताको सेवक हौँ । अन्याय हुन्छ भने बसिँदैन ।’

सरकारमा जनमत

गत वर्ष पुस २७ गते सरकारलाई समर्थन दिदैं जनमत पार्टी सरकारमा सहभागी भएका थिए । पहिलो चरणको सरकारमा सरोजकुमार यादव ६३ वटा समर्थनमा मुख्यमन्त्री बनेका थिए । सो समर्थनको आधारमा माघ ४ गते विश्वासको मत पनि लिएका थिए । गठबन्धनको केन्द्रिय राजनीति फेरिएपछि एमाले सरकारबाट जेठ १ गते बाहिरियो । एमाले बाहिरिएपछि कांग्रेस, लोसपा र नेकपा एस पनि सरकारमा सहभागी भए, जनमत मन्त्रालय हेरफेर भएपनि सरकारमा यथावतै नै रहे ।

दोश्रो पटक गत जेठ २६ गते बसेको प्रदेशसभाको बैठकको आह्वान अनुसार जेठ ३० गते मुख्यमन्त्रीले शतप्रतिशत १०२ वटा विश्वासको मत लिएका थिए । सो बेला एमालेपनि विश्वासको मत दिएर सघाएका थिए भने जनमतले आफ्नो मत यथावतै राखेका थिए । पहिलो चरणको सरकारमा दुईवटा मन्त्रालय र एक राज्यमन्त्रीको सहमतिमा जनमतलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय एउटा मात्र दिइयो ।

दोश्रो पटक मन्त्रिपरिषद विस्तारमा सामाजिक मन्त्रालयलाई टुक्रयाएर महेश यादवलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय दिइयो । तर कृषि मन्त्री बसन्त कुशवाहा र राज्यमन्त्री संजय यादवको पद चैत २९ गते खोसियो । लामो समयसम्म जनमतले एउटै मन्त्रालयमा चित बुझाएर बसे । करीब ४ महिनापछि पछिल्लो पटक साउन १५ गते जनमतका चन्दन सिंहलाई भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फुटाएर श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० माघ ९, मंगलवार २२:०४
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० माघ ९, मंगलवार २२:०४
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० माघ ९, मंगलवार २२:०४
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० माघ ९, मंगलवार २२:०४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० माघ ९, मंगलवार २२:०४
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० माघ ९, मंगलवार २२:०४

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव