जनकपुरधाम, पुस २७ गते । जनकपुरधाम स्थित श्री महावीर युवा कमिटिले आफनो ३३ औं वार्षिकोत्सवको साप्ताहिक कार्यक्रम अन्तर्गत शुक्रवार छठौ दिन रक्तदान कार्यक्रम सहित महिला पत्रकारहरुलाई सम्मानित गरेको छ ।
वार्षिकोत्सवको साप्ताहिक कार्यक्रम अन्तर्गत पहिलो सत्रमा आयोजित रक्तदान कार्यक्रममा कमिटीका पदाधिकारी सहित विभिन्न संघ संस्थाका प्रतिनिधि तथा व्यक्तिहरु गरी ४४ जनाले रक्तदान गरेका छन् । कमिटीले दोश्रो सत्रको कार्यक्रम अन्तर्गत स्व. पत्रकार शहीद उमा सिंहको १५ स्मृति दिवस मनाएका छन् ।
शहीद पत्रकार सिंहको स्मृति दिवसको अवसरमा जनकपुरधाम स्थित महिला पत्रकारहरुलाई सम्मानित समेत गरेको छ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहको विशेष उपस्थितीमा भएको महिला पत्रकारहरुको सम्मान कार्यक्रममा करिव एक दर्जन भन्दा बढि महिला पत्रकारहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको कमिटिका अध्यक्ष अजय गुप्ताले बताएका छन् ।
महेश साह संयोजक सम्पन्न उक्त कार्यक्रममा पत्रकारका अगुवाहरु, कमिटिका वर्तमान र पुर्व अगुवाहरु सहित सञ्चारकर्मीहरुले शहिद पत्रकार उमासिंह बारे चर्चा गरेका थिए । सप्ताहको अन्तिम दिन शनिवार हनुमान आराधना र पुरस्कार तथा सम्मान समारोह आयोजना हुने कमिटिले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !