जनकपुरधाम, पुस २७ गते । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती एवं एकता दिवस जनकपुरधाममा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपाल राष्ट्रवादी नागरिक समाजले विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाएको हो । पृथ्वी जयन्ती एवं एकता दिवसको अवसरमा समाजले रैली निकालेको थियो । नगर परिक्रमा गर्दै रैली जनक चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभामा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि राजावादी किशोरी महतोले कुनै पनि स्वार्थमा लागेर राष्ट्रिय एकता कमजोर हुनु हुँदैन सन्देश पृथ्वीनारायण शाहले दिएको राष्ट्रिय एकताको सन्देश नअपनाएसम्म देश समृद्ध हुन सक्दैन भने । उनले यी तीन/तीनवटै पंचायतकालिन राप्रपाले राजालाई फालेका हुन आरोप लगाउंदै राजालाई यिनीहरुले होइन हामी तपाई राजावादीहरुले फर्काउने हो भने ।
महतोले राष्ट्रपिता पृथ्वीनारायण शाहले कहिलेपनि चुनावमा जाउँ भनेको थिएन । तर यी राप्रपाहरुले सत्ता र स्वार्थमा लागि चुनावमा पटठक पटक भाग लिएर राजावादीको नाममा ढोंगी रहेको आरोप पनि लगाए । उनले भने यदि देश बचाउनुछ भने राजालाई नारामा होइन शासकको रुपमा ल्याउनुपर्छ अनि मात्रै असल राष्ट्रभक्त हुन्छ । यी संघीयताको आड्मा जग बसालेका भ्रष्टाचार र कुशासनले देशलाई बरबाद नै पारेकाले राजालाई फर्काउने बाहेक अर्को विकल्प नरहेको उनले प्रष्ट पारे ।
त्यस्तै नेपाल राष्ट्रवादी नागरिक समाजका अध्यक्ष प्रकाशजंग राणाले सरकारले पृथ्वी जयन्तीको अवसरमा राप्रपाकै कारण फेरी विदा दिन शुरु गरेकोमा खुशी व्यक्त गरे । उनले भने पहिला त पृथ्वी जयन्तीमा विदा थियो नै, केही दिन बन्द गरियो अहिले फेरी राप्रपाले संसद उठाएको आवाजको कारण पृथ्वी जयन्तीमा विदा दिइएको हो । राष्ट्रप्रतिको सच्चा सम्मान रहेको छ ।
सो कार्यक्रममा राजावादीहरु चौठी यादव, निरु पोखरेल, ज्ञानेन्द्र साह, रमेश गिरी लगायतका वक्ताहरुले राजा बिनाको देश समृद्ध हुन नसक्ने भएकाले राजासहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गरेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !