जनकपुरधाम, पुस २६ गते । जनकपुरधामस्थित श्री महावीर युवा कमिटिको ३३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत चौथो दिन बिहीवार वकतृत्व कला प्रतियोगिता सम्पन्न भएको छ ।
कमिटीको सभाहलमा सम्पन्न वकतृत्वकला प्रतियोगितामा जनकपुरधाम स्थित १३ वटा निजी तथा सामुदायिक विद्यालयका १४ जना छात्रछात्राहरुले सहभागिता जनाएको छ । प्रदीप भगतको संयोजकत्वमा सम्पन्न सो प्रतियोगितामा जनकपुरधामको विकासमा युवाको भूमिका विषयमा आ आफ्नो प्रस्तुति सहभागी छात्रछात्राहरुले गरेका थिए ।
सो प्रतियोगितामा मोनाष्टिक सेकेण्ड्री बोर्डिङ्ग स्कूलका अमन मण्डल, याज्ञवल्क्य संस्कृत विद्यालयका डेजी मिश्रा, न्यू इग्लिश बोर्डिङ्ग स्कूलका प्रगति झा, मिथिला मोन्टेशरी इग्लिश बोर्डिङ्ग स्कूलका रितिका यादव, मदर टेरेसा बोर्डिङ्ग स्कूलका सानबी यादव, न्यू भिजन रेसिडेन्टल इग्लिश बोर्डिङ्ग स्कूलका प्राची झा, मिट स्कूलका गौतम आचार्य, जनक इग्लिश बोर्डिङ्ग स्कूलका अनिषा चौरसिया लगायतका सहभागिता जनाएका थिए ।
यस्तै संकट मोचन देवसरण रामरती उच्च माध्यमिक विद्यालयका विद्या साह, सिमरण पुर्वे, श्रीराम इग्लिश बोर्डिङ्ग स्कूलका मौसम साह, लिटिल फ्लावर इग्लिश बोर्डिङ्ग स्कूलका विशाल सिंह, अन्नपूर्णा इग्लिश बोर्डिङ्ग स्कूलका स्नेहा झा र क्रेटिभ सिटी मोन्टेसरी इग्लिश बोर्डिङ्ग स्कूलका श्रृजना साहले पनि वकतृत्वकला प्रतियोगितामा भाग लिएका थिए ।
प्रतियोगितामा भाग लिएकाहरु मध्ये विजयी प्रतियोगीहरुलो साप्ताहिक कार्यक्रमको अन्तिम दिन पुरस्कार वितरण गर्ने महावीर युवा कमिटीका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिएका छन् । कार्यक्रमको छठौ दिन शुक्रवार बिहान शहीद पत्रकार उमा सिंहको स्मृति दिवसमा महिला पत्रकारहरुलाई सम्मान तथा रक्तदान कार्यक्रम आयोजना गरिनेछ भने अन्तिम सातौ दिन हनुमान आराधना र पुरस्कार तथा सम्मान वितरण कार्यक्रम रहेको अध्यक्ष गुप्ताले बताएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !