Tuesday, August 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भ्रष्टाचार लुकाउन अर्थमन्त्रीको तानाशाही

आयोगले फाइल माग्दा, पत्र किन पठाएको भनी पदाधिकारीलाई हप्कायो


भ्रष्टाचार लुकाउन अर्थमन्त्रीको तानाशाही

जनकपुरधाम, ८ पुस । भ्रष्टाचारलाई लुकाउन मधेस प्रदेशको अर्थ मन्त्रालयले तानाशाही गर्दै अनुसन्धान प्रक्रियामा असहयोग गरेको आरोप लगाइएको छ ।

गैरकानुनी रूपमा रकमान्तर गरी कानुनविपरीत योजना बनाएर वितरण गरेको प्रकरणमा अनुसन्धान सुरू गरेको मधेस प्रदेशको जनलोकपाल आयोगलाई मन्त्रालयले कागजात उपलब्ध नगराई असहयोग गरेको बताइएको छ ।
प्रदेशसभासँगै जनमानसमा समेत रकमान्तरमा भ्रष्टाचार भएको भनी व्यापक गुनासो आएपछि आयोगले आर्थिक मसान्तको अन्तमा रकमान्तरको आधार, प्रक्रिया, रकम, योजनालगायत विषयमा अनुसन्धानका लागि दुई पटक पत्र पठाइसकेको छ । तर अर्थ मन्त्रालयले त्यसको जवाफै नपठाइ बेवास्ता गरेको छ ।

प्रदेश सरकारले सुशासन कायम गर्न गठन गरेको आयोगलाइ यसरी बेवास्ता गर्नु दुखद रहेको आयोगका सदस्य राजकिशोर साहले गुनासो गरेका छन् । अर्थ विविध’ शीर्षकमा राखिएको ३ अर्ब ३४ करोड २३ लाख ८ हजार ३४१ रुपैयाँ गैरकानुनी तरिकाबाट रकमान्तर गरेर टुक्रे योजना बनाइ वितरण गरेका अर्थमन्त्री सञ्जय यादवले उल्टै आफूलाई किन पत्र लेखेको भन्दै प्रश्न गरेको आयोगका सदस्य साहले बताए ।

‘त्यत्रो भ्रष्टाचार हुँदा पनि जनलोकपालले के हेरेर बसेको छ भनेर प्रदेशसभामै मानीयहरूले प्रश्न उठाएका थिए । हामीले रकमान्तर सम्बन्धी फाइलको नक्कल पठाउन अर्थमन्त्रालयलाई पत्राचार गरेका थियौ तर कुनै रिस्पोन्सनै गरेन्,’ आयोगका सदस्य साहले भने, ‘अर्थमन्त्रालयमा म जाँदा उल्टै अर्थमन्त्रीज्यूले किन हामीलाई पत्र पठाउनुभयो, कसले अधिकार दियो पत्र पठाउने तपाईंहरूलाई भनेर हप्काउन खोजे । कसले उजुरी गर्यो नाम सोध्नुभयो । मैले पत्रपत्रिका, सदन र मौखिक रुपमा आएको गुनासो पनि उजुरीको रुपमा लिन सकिन्छ भनेर भनेर फर्के ।’

उनले सुशासनका लागि आयोग गठन गरेको सरकारले नै यसरी अटेरी गर्नु दुःखद रहेको बताउँदै काम गर्न नदिने भए आयोगै खारेज गरिदिए हुने बताए । उनका अनुसार यसअघि मुख्यमन्त्री कार्यालयले कर्मचारी सरूवामा भ्रष्टाचार भएको उजुरी परेपछि कार्यालयलाई फाइल पठाइदिन पत्राचार गरिएको थियो । तर मुख्यमन्त्री कार्यालयले समेत आयोगको पत्रलाई बेवास्ता गरेको साहको भनाई छ ।

जनलोकपाल आयोगकी अर्की सदस्य शोभा महतोले त्यसअघि भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले समेत आयोगले पठाएको पत्रको जवाफ नदिएको गुनासो पोखिन् । प्रदेश सरकारले काम गर्न नियमावली र कर्मचारी उपलब्ध नगराउँदा आफूहरूले काम गर्न नसकेको उनको आरोप छ ।

आयोगलाई मन्त्रालयहरुले नटेर्दा कारबाही प्रक्रियामा किन नगएको विषयमा आयोगका अध्यक्ष रामसहाय यादव भने बोल्न मानेनन् । आर्थिक वर्षको अन्तिमतिर बजेट कार्यक्रमको ‘अर्थ विविध’ शीर्षकमा राखिएको ३ अर्ब ३४ करोड २३ लाख ८ हजार ३४१ रुपैयाँ अर्थ मन्त्रालयले कानुन मिचेर विभिन्न मन्त्रालय तथा स्थानीय तहमा पठाएको थियो । यस रकमान्तर बारे अख्तियारले समेत चासो लिएका छन् । सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि आफूहरूले प्राथमिकताका साथ उक्त विषय हेरिरहेको अख्तियारको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुमवाङले बताए।

‘यो विषय निकै संवेदनशील भएकाले हामीले अनुसन्धान गरिरहेका छौं, तर समय लाग्छ। भ्रष्टाचारी ठहर गर्ने, मुद्दा लगाउने विषय अलिकति संवेदनशील हुन्छ। त्यसैले बृहत् रूपमा अनुसन्धान गरेर प्रमाणसहित भ्रष्टाचार पुष्टि भयो भने मुद्दा दायर हुन्छ।’ अर्थमन्त्री यादवले आर्थिक मसान्तको अन्तमा अर्थ विविध शीर्षकको रकम कानुन, नियम र कार्यविधि मिचेर टुक्रे योजना बनाई वितरण गरेका थिए । सुरूमा बजेट विनियोजन हुँदा प्रदेश सरकारले ‘अर्थ विविध’ शीर्षकमा कुल बजेटको ११ दशमलव ८१ प्रतिशत अर्थात् ५ अर्ब ५३ करोड ५७ लाख ४३ हजार रुपैयाँ छुट्याएको थियो ।

पछि अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयको बजेट रकमान्तर गरी विनियोजित रकममा चालुतर्फ ६९ करोड ७८ लाख ५ हजार रुपैयाँ र पुँजीगततर्फ ८५ करोड ९६ साख ९० हजार रुपैयाँ थप गरी ‘अर्थविविध’ शीर्षकमा ७ अर्ब ९ करोड ३२ लाख ३८ हजार रुपैयाँ पु¥याएको थियो ।

मन्त्रालयहरुबाट योजना र बजेटको प्रस्ताव आउनुअघि नै अर्थ मन्त्रालयले बजेट रकमान्तर गरिदिएको पाइएको हो । रकमान्तरका लागि भौतिक, पूर्वाधार विकास मन्त्रालय र शिक्षा तथा समाज कल्याण मन्त्रालयले पत्र पठाउनुअघि नै अर्थ मन्त्रालयले रकमान्तर गर्ने निर्णय गरेको पनि भेटिएको छ । भौतिक पूर्वाधार मन्त्रालयले रकमान्तरका लागि चलानी नम्बर १६७० र १६७१ को पत्र २०८० असार १८ गते अर्थ मन्त्रालयलाई पठाएको थियो ।

मन्त्रालयले पत्र आउनुअघि असार १२ गतेकै मितिमा रकमान्तरको निर्णय गरेको थियो । शिक्षा तथा समाज कल्याण मन्त्रालयले समेत असार ५ गते रकमान्तर माग्दै अर्थ मन्त्रालाई पत्र लेखेको थियो । पत्र दर्ता समेत नगरी प्रशासकीय कार्यविधि मिचेर अर्थ मन्त्रालयले रकमान्तर गर्ने निर्णय गरेको पाइएको छ । सो रकमान्तर छानबिनका लागि प्रदेश सभाले गत असार २६ गते ‘विशेष संसदीय छानबिन समिति’ गठन गरेको थियो। उक्त समितिले छानबिन गरी तयार पारेको प्रतिवेदन प्रदेश सभामा प्रस्तुत हुन बाँकी छ। प्राप्त गरेको प्रतिवेदनको प्रतिलिपिमा बजेट रकमान्तर र अनुदान रकम वितरणमा कानुन उल्लंघन भएको समितिले ठहर गरेको छ।

समितिका सभापति उपेन्द्र महतोले अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री यादवसँग स्पष्टीकरण लिन बाँकी रहेकाले प्रतिवेदन बुझाउन समय लागेको बताउँछन्। तर ,समितिका तीन जना सदस्यसँग कुरा गर्दा दुबै मन्त्रीलाई जोगाउन प्रतिवेदन बुझाउन ढिलाइ भइरहेको बताए। ‘हामीलाई ३/४ करोड रुपैयाँ निर्वाचन क्षेत्रमा लानुस् भनेर अर्थमन्त्रीज्यूले विभिन्न च्यानलमार्फत् प्रस्ताव पठाइराख्नुभएको छ। केही सदस्यहरू यो प्रस्तावप्रति सकारात्मक पनि छन्। त्यसैले अहिले तयार भएको प्रतिवेदनमा तलमाथि गरिदेला कि भन्ने आशंका छ,’ समितिका एक सदस्यले भने।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० पुष ८, आईतवार २२:४१
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८० पुष ८, आईतवार २२:४१
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८० पुष ८, आईतवार २२:४१
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८० पुष ८, आईतवार २२:४१
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८० पुष ८, आईतवार २२:४१
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८० पुष ८, आईतवार २२:४१

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव