जनकपुरधाम, मंसिर २६ गते । मिथिलाञ्चलको महात्सवको रुपमा रहेको श्रीराम जानकी विवाह पञ्चमी महोत्सव आजदेखि शुरु भएको छ ।
प्रत्येक वर्ष झै यसवर्ष पनि त्रेतायुगमा भगवान श्रीराम जानकीको विवाहको स्मरणमा जनकपुरधाममा सप्ताहव्यापी रुपमा विवाह पञ्चमी महोत्सव मनाइदै छ । विवाह पञ्चमीको पहिलो दिन आज नगरदर्शन विधि गरिएको हो ।

भगवान श्रीराम र लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाको राजधानी जनकपुरधामको आएको बेला नगर भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन गरिदै आएको छ । नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतिकको रुपमा रहेको दुई बालकलाई विश्वामित्र संगै नगरदर्शन गराइएको छ ।
नगरदर्शनका लागि जनकपुरधाम स्थित जानकी मन्दिरको प्रांगण कृतिम बजार र बसोबास सहित घरहरु प्राचीन मिथिलाको झल्को दिने सहितका संरचना समेत बनाइएको थियो । त्रेता युगमा भगवान श्रीराम र लक्ष्मण जनकपुरधाम आएपछि जुन रुपले मंगलगान सहित स्वागत गरिएको थियो । त्यसै अनुरुप प्रत्येक वर्ष नगर दर्शन आयोजना गरिदै आएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !