लहान, ७ मंसिर । दुई मोटरसाईकल एक आपसमा ठाेक्किंदा सिरहामा तीन जनाको मृत्यू भएको छ भने एक जना गम्भिर घाईते भएकाे छ ।
जिल्लाको सिराहा नगरपालिका वडा नम्बर १९ सन्हैठाको नयाँ चोकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको र अन्य एक जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ आइरहेकाे स २ प ४५३१ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व गइरहेकाे प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका वडा नम्बर ५ का दिनेशकुमार यादव, रामवृक्ष यादव र मुकेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले बताएका छन् ।
तीनै जनाको उपचारको क्रममा प्रादेशिक अस्पताल सिराहामा मृत्यु भएको र दुर्घटनामा घाइते भएका सोही ठाउँका १५ वर्षीय युवराजकुमार यादवलाई थप उपचारका लागि विराटनगर पठाएको उनले बताए।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !