Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पत्रिका जलाउनेहरुलाई कारवाही गर्न सरोकारवालाको माग


पत्रिका जलाउनेहरुलाई कारवाही गर्न सरोकारवालाको माग

जनकपुरधाम, कात्तिक ३ गते । जनकपुरधाम स्थित स्थानीय महावीर युवा कमिटीले आफूविरुद्ध समाचार किन लेखिएको भन्दै डेली एक्सप्रेस पत्रिका जलाएका छन् ।

शुक्रवार दिउंसो कमिटीका संस्थापक अध्यक्ष अरुणकुमार साह र वर्तमान अध्यक्ष अजय गुप्ता सहितका २०/२५ जनाको समूहमा कमिटीसँग आबद्ध व्यक्तिहरुले सो पत्रिकामा प्रकाशित ‘पार्क सौन्दर्यकरण र राजदेवी पूजा महावीरको कमाई खाने भाँडो’ भन्ने शिर्षककोसमाचारप्रति असहमति जनाउंदै पत्रिकाका जलाएका हुन् ।

प्रकाशक एवं संचालक शंकर साहको घर अगाडि पत्रिका जलाएका कमिटीका पदाधिकारी सहितका व्यक्तिहरुले पत्रिकाका प्रकाशक एवं संचालक साह विरुद्ध नाराबाजी, हो हल्ला र गाली गलौज समेत गरेका छन् । समाचारप्रति असहमति भए कारवाहीको विभिन्न निकाय भएपनि पत्रिका जलाउनु गलत कार्य भएको भनी कमिटी विरुद्ध जनकपुरधाममा आलोचना भइरहेको छ । सरोकारवाला निकाय नेपाल पत्रकार महासंघ मधेश प्रदेश, नेपाल पत्रकार महासंघ धनुषा, प्रकाशक महासंघ र मधेशी पत्रकार समाज धनुषा लगायतका संघ संस्थाले समाचारप्रति आपति जनाउंदै कमिटीले पत्रिका जलाएको कार्यको ध्यानाकर्षण भएको दोषीमाथि कारवाहीको माग गरेका छन् ।

डेली एक्सप्रेस पत्रिका जलाइएको घटनामा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्णले पत्रिका जलाउने कार्य गलत रहेको भन्दै यसले ठाडो रुपमा नेपालको संविधान २०७२ को वाक एवं अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको बताएका छन् । नेपालको विभिन्न कानुनहरुले प्रदान गरेको प्रेस स्वतन्त्रता हक विरुद्ध हो । समाचार सँग चित नबुझेको खण्डमा समस्या समाधानको अन्य विकल्प रहँदा रहँदै पत्रिका जलाउनु प्रेसमाथि बलपूर्वक बन्देज लगाउनु सरह कार्य रहेको बताउंदै दोषीमाथि कारवाहीको माग गरेका छन् ।

यस्तै नेपाल पत्रकार महासंघ धनुषाका सचिव बटुकनाथ झाले एक प्रेस विज्ञप्ति जारी गर्दै समाचारलाई आधार बनाएर डेली एक्सप्रेसका प्रकाशक शंकर साहको निजी भवन अगाडि महावीर युवा कमिटीका पदाधिकारीहरु समेतको समूहले गाली गलौज, हो—हल्ला, नाराबाजी गर्दै पत्रिका जलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचारप्रति असहमति भए सम्बन्धित निकया मार्फत कारवाही गर्न लगाउने, कानूनी कारवाहीमा जाने विकल्प हुँदाहुँदै पत्रपत्रिका जलाउनु, प्रकाशकको घर अगाडि भेला भई गाली गलौज पत्रकारलाई धाकधम्की दिनु, तोडफोड गर्नु र पत्रिका पत्रिका जलाउने कार्य कानूनी राज्यको उपहास रहेको भन्दै घटनाको छानबीन गरी सम्बन्धित निकायसँग दोषीमाथि विज्ञप्तिमार्फत कारवाहीको माग गरेका छन् ।

प्रकाशक महासंघ नेपाल समेतका कार्यवाहक अध्यक्ष धर्म मण्डल र महासचिव उपेन्द्रभगत नागवंशीले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन । महावीर युवा कमिटीका पदाधिकारीहरुले समाचारको आधार बनाएर प्रकाशकको घर अगाडि गाली गलौज, हो हल्ला, नाराबाजी गर्दै पत्रिका जलाउने गरेको कार्यप्रति प्रकाशक महासंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीमाथि कारवाहीका माग गरेका छन् ।

यता मधेशी पत्रकार समाज धनुषाका अध्यक्ष सुभाष कर्ण समेतले महावीर युवा कमिटीले डेली एक्सप्रेस पत्रिका जलाएको घटनाप्रति भत्र्सना गर्दै कानूनले प्रेस स्वतन्त्रताको दिएको अधिकारलाई हनन् गर्ने कार्य जायज नरहेकाले घटनाको छानबीन गरी दोषीमाथि कारवाहीको सम्बन्धित निकायसँग माग गरेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० कार्तिक ३, शुक्रबार २१:४४
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० कार्तिक ३, शुक्रबार २१:४४
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० कार्तिक ३, शुक्रबार २१:४४
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० कार्तिक ३, शुक्रबार २१:४४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० कार्तिक ३, शुक्रबार २१:४४
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० कार्तिक ३, शुक्रबार २१:४४

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव