जनकपुरधाम, साउन ३२ गते । मधेश प्रदेशका महिला र सीमान्कृत समूहका सांसदहरुकाे क्षमता अभिवृद्धि गर्न एक दिने तालिम दिइएको छ ।
बिहीवार यूएनडिपी/पीएसपी संसदीय परियोजनाको सहयोगमा सीआईसी जनकपुरधामद्वारा आयोजित सो क्षमता अभिवृद्धि तालिममा सहभागी मधेश प्रदेशका महिला तथा सीमान्तकृत वर्तमान सांसदहरुलाई तालिम दिइएकाे हाे
प्रशिक्षक संघीय सांसद मनिष झा र वरिष्ठ अधिवक्ता संविधान सभा सदस्य खिमलाल देवकोटाले संसदीय गतिविधि र प्रक्रिया बारे तालिम दिएका छन् ।
संघीय सांसद झाले सांसदहरुलाई नेतृत्व र व्यक्तित्व विकास तथा मिडिया हयान्डलिंग बारे तालिम दिएका थिए भने संविधान सभा सदस्य संसद र संसदीय समितिहरुमा सांसदको भूमिका तथा नागरिक संलग्नता र सार्वजनिक वक्तव्य विषयमा जानकारी गराएका थिए ।
एउटा राम्रो सांसद र सांसद पदको स्थायित्वका लागि जनतासँग नजिकता बनाएर राख्ने, उनीहरुको कुरा सुन्ने लगायतका सुझाव संविधान सभा सदस्य देवकोटाले दिएका थिए । उनले सांसद पदको भूमिका राम्रो ढंगले निर्वाह र जनताप्रति उतरदायित्वका लागि विभिन्न उपाय अवलम्बन गर्न बताएका थिए ।
देवकोटाले संसदीय प्रक्रिया बुझ्ने, सदनमा जनताको आवश्यक मुद्दा उठाउने, समावेशिता अपनाउने, अन्य दलसँग सहकार्य गर्ने, समसामयिक सूचना संकलन गर्ने, निती प्रस्ताव, विधेयकमा जनतालाई चाहिने कुराको संशोधन प्रस्ताव गर्ने, निर्वाचन क्षेत्रमा जनतासँग प्रत्यक्ष रुपमा संलग्न रहने र समितिमा विभिन्न विधेयकमाथि बहस गर्ने लगायतका कार्य एउटा सफल सांसदका लागि कार्य गर्नुपर्ने विस्तारमा सम्झाएका थिए ।
उनले संविधानको ४ पिलर संघीयता, गणतन्त्र, समावेशी र धर्मनिरपेक्षतालाई अपनाउंदै जनताको मुद्दा जनताकै बीचमा बुझेर संसदमा आवाज उठाउने, सार्वजनिक परामर्श, सम्बन्ध निर्माण, स्थानीय नेताहरुलाई सशक्त बनाउने, आफूलाई जानकार बन्न ईमिडिया तथा सामाजिक सञ्जालको बढी प्रयोग गर्नुपर्नेमा जोड दिए ।
साथै उनले एउटा सांसदलाई सार्वजनिक रुपमा भाषण दिन के के कुरामा ध्यान दिनुपर्छ बारे विस्तारमा सांसदहरुलाई बुझाएका थिए । देवकोटाले भाषण दिंदा जनताको मत भन्दा पनि मन जित्न र सहभागीलाई आर्कषण गर्ने खालका कुरा मनतव्य दिनुपर्छ । भाषण दिंदा परिचय, विषयगत कुरा, निष्कर्ष, सहभागीलाई तान्न कथामा अधारित विषयगत उदाहरणहरु दिने र भाषण गर्दा निर्धक्क भएर बोल्ने लगायतका कुरा बताएका थिए ।
सभामुख रामचन्द्र मण्डलले अध्यक्षता गरेका सो कार्यक्रममा स्वागत मनतव्य अध्यक्ष संजय साहले दिएका थिए भने तालिमको उद्देश्यमाथि यूएनडिपी÷पिएसपीका संसदीय मामला अधिकारी बिटुबाबु श्रीवास्तवले प्रकाश पारेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !