जनकपुरधाम, २० बैशाख । जनकपुरधाममा कानून व्यवसायीहरूकाे दबावमूलक आन्दाेलन तेस्रो दिन पनि जारी रहेकाे छ ।
समग्र न्यायपालिकामा भइरहेको भ्रष्टाचार, विकृति, विसंगति अन्त्य तथा न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि विभिन्न ८ बुँदे मागसहित कानुन व्यवसायीहरुले बुधबार पनि नेपाल बार एसोसिएसन जनकपुरधामको मूलगेटमा धर्ना दिएका हुन् ।

समग्र न्यायपालिकाको सुधारका लागि दबाबमुलक आन्दाेलन गर्ने केन्द्रीय बारको निर्णय अनुसार विभिन्न जिल्लामा आइतवारदेखि शुरू गरिएकाे आन्दोलन नेपाल बार एसोसिएसन जनकपुरधामले तेश्राे दिनपनि जारी राखेका छन् ।
स्वतन्त्र न्यायपालिकाको रक्षा गर्नुपर्ने, न्यायालयभित्रको भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गर्नुपर्ने, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणाली लागू हुनुपर्ने, प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब हुनुपर्ने लगायतका माग आफुहरूकाे रहेकाे कानुन व्यवसायी विपिन झाले बताएका छन् ।
सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त रहेका न्यायाधीश यथाशीघ्र नियुक्त गर्नुपर्ने, सवैधानिक दायित्व पुरा गर्नुपर्ने, संवैधानिक परिषद्को बैठक अविलम्ब बोलाउनुपर्ने र संसदीय सुनुवाई समिति गठन गर्नुपर्नेलगायतका माग समेत उनीहरूकाे रहेको जनाइएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !