Monday, August 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाम उपहानगरको लापरवाही : ७ वर्षमा पनि सम्पन्न भएन तेलहा मडहा पोखरी सौन्दर्यीकरण


जनकपुरधाम उपहानगरको लापरवाही : ७ वर्षमा पनि सम्पन्न भएन तेलहा मडहा पोखरी सौन्दर्यीकरण

जनकपुरधाम, फागुन १६ गते । जनकपुरधाम उपमहानगरपालिकाको लापरवाहीले ७ वर्षमा पनि जानकी मन्दिर अगाडि रहेको तेलहा—मडहा पोखरीको सौन्दर्यीकरणको काम पुरा हुन नसकेको छैन ।

मधेश प्रदेशका राजधानी समेत रहेकाे जनकपुरधाम १० स्थित साे पाेखरीकाे एक वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लागेको सो पोखरीको सौन्दर्यीकरणको काम २०७३ भदाै २५ मा ठेक्का लागेकाे थियाे । तर ६/६ पटक म्याद थप भएपनि जनकपुरधाम उपमहानगरपालिकाको लापरवाहीले पुरा हुन सकेको छैन ।

हालको संघीय आयोजना कार्यान्वयन इकाईले तेलहा र मडहा ती दुवै पोखरीको सौन्दर्यकरणको काम ९५ प्रतिशत सम्पन्न भएपनि जनकपुरधाम उपमहानगरपालिकाको कारण ५ प्रतिशत काम पुरा हुन सकेको छैन । जनकपुरधाम उपमहानगरले पोखरीको जग्गा अतिक्रमण गरी बनाईएका संरचना र टहरा हटाउन नसक्दा केही भागमा ईटा जोडाई, फ्लामको फ्रेन्चिङ्ग र रिटेरिङ्ग वालको काम बांकी रहेको जनाइएकाे छ ।

संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख प्रदीप खनालले मडाहा पोखरीको घाट निर्माण र तेलहा पोखरीको तिन तिर रिटेलिङ्ग वाल र दक्षिणपट्टी घाट निर्माण सहित ९५ प्रतिशत काम सम्पन्न भइसकेकाे छ । तर उपमहानगरपालिकाले नक्सा बमोजिम सीमांकन गरिएका पोखरीको जग्गामा निर्मित संरचना र अस्थायी संरचना हटाउन नसक्दा निर्माण गर्न नसकिएकाे बताए ।

उनले भने मडहा पोखरीमा नालाको काम, तेलहा पोखरीको पुर्व र पश्चिमपट्टी सीमांकन गरिएको क्षेत्रफल भित्र जग्गा अतिक्रमण गरी निर्माण गरिएको घर तथा भवन लगायतका संरचना र पोखरी घाटमा मन्दिरका लागि राखिएका प्रसाद र फलफूल लगायतका ठेला र टहरा सहितका अस्थायी संरचना उपमहानगरले हटाउन नसक्दा ८५ घन मीटर ईटा जोडाई, ३५ सय केजी फ्लामको फ्रेन्चिङ्ग र २५० मीटर स्टीलको रिटेरिङ्ग वालको निर्माण काम, प्लास्टर र रंगरोगन लगायतका काम बांकी रहेको छ ।

सुगम कमल सुगम जेभी कन्स्ट्रक्सन कम्पनीले तात्कालिन शहरी विकास तथा भवन निर्माण कार्यालयबाट पाएकाे ठेक्काकाे ६/६ पटक म्याद थप भईसकेको छ, आउंदो चैत मसान्तसम्म अन्तिम पटकका लागि म्याद थप गरिएको हो । यस पटक सम्पन्न भएन भने निर्माण कम्पनीको ठेक्का नै हुनेछ । एक करोड ३७ लाख २९ हजार रुपैयाँमा लागेको ठेक्कामा अहिलेसम्म १ करोड १८ लाख ४२ हजार रुपैयाँ खर्च भइसकेपनि काम भने अधुरै छ ।

प्रमुख खनालले भने अतिक्रमित संरचना हटाउनुका साथै दुवै पोखरीको सरसफाई गर्न उपहानगरलाई पटक पटक ताकेता गर्दा पछिल्लो पटक अस्थायी संरचना हटाउन माघ २० मा ७ दिने सूचना प्रकाशित गरेको थियो । तर हालसम्म ती संरचनाहरु हटाइएको छैन ।

जनकपुरधाम १० काे कि.नं. ११७ को २ कट्ठा, कि.नं. १३५ को मडहा पोखरी र कि.नं. १६३ को तेलहा पोखरीको ५ धुर जमीन बिक्री, जसमा संरचना निर्माण भई पसल सञ्चालनमा रहेका छन भने तेलहाको पूर्वपट्टी जग्गा अतिक्रमण भई घर सहितका स्थायी संरचना नै निर्माण भइसेकेका छन र पश्चिमपट्टी मन्दिर र उपमहानगरको मिलोमतोमा फलफूल र प्रसाद सामाग्री वितरणका लागि जग्गा भाडामा लगाइएको छ ।

गैर जिम्मेवार जनप्रतिनिधि

यस सम्बन्धमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई फोन गर्दा दिनभरि उनको मोबाइल स्वीच अफ नै थियो र प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीलाई पटक पटक फोन गर्दा उठाएनन् ।

गत कात्तिक २ गतेका दिन पोखरी सरसफाईको विषयलाई लिएर स्थानीय युवा र प्रहरीबीच झडप समेत भएको थियो । सो झडपमा ३ जना घाइते भएका थिए भने ९ युवा पक्राउ परेका थिए ।
त्यस बेला उपमहानगरपालिकाका मेयर मनोज साहले ती पोखरीको सौन्दर्यकरणको काम संघीय सरकारबाट शहरी विकास तथा भवन निर्माण कार्यालयबाट भइरहेकोले हामीले त्यसमा केही गर्न नसक्ने भनी अभिव्यक्ति दिएका थिए ।

उनले अभिव्यक्ति दिएको ४ महिनापछि उपमहानगरपालिकाले पोखरीको डिल अतिक्रमण गरी बनाइएका घर, पसल र ठेला लगायतका स्थायी एवं अस्थायी खाली गर्न भनी माघ २० गतेका दिन ७ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद सकिएको तेश्रो साता बित्न लाग्दा पनि उपमहानगरपालिकाले पोखरीको डिल अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाउन सकेका छैनन भने पोखरीको फोहोर समेत सरसफाई गर्न सकेको छैन ।

प्रदेशका लागि भ्रष्टाचारको अखाडा

वर्षौदेखि सौन्दर्यीकरणको पखाईमा रहेका ती दुवै पोखरी संघदेखि प्रदेशसम्म भ्रष्टाचारको अखाडा बनेको छ । दुवै पोखरी सौन्दर्यकरणको लागि संघीय सरकारबाट २०७१ सालमा समेत गरी दुई/दुई पटक ४० लाख निकासा गरियो तर हालसम्म त्यस बजेटबाट के कति काम भयो त्यसको अतोपतो छैन ।

प्रदेश सरकारले समेत एक पटक ४० लाख र त्यसपछि गत आर्थिक वर्ष २०७८/०७९ मा डेढ करोड रुपैया ती पोखरीहरुको सौन्दर्यीकरणको लागि बजेट छुटयायो तर के काम भयो त्यसको अतोपतो छैन । संघीय सरकारबाट ठेक्का लागिसकेका योजनामा प्रदेश सरकारले बजेट निकासा गर्नुको कुनै औचित्य नभई कागजमा काम सम्पन्न गरेर रकम भ्रष्टाचार गर्ने उद्देश्य रहेको आरोप लाग्दै आएको छ । साभार : ईकागज

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८० असार २८, बिहीबार ०८:२५
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०८० असार २८, बिहीबार ०८:२५
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८० असार २८, बिहीबार ०८:२५
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८० असार २८, बिहीबार ०८:२५
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०८० असार २८, बिहीबार ०८:२५
हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

२०८० असार २८, बिहीबार ०८:२५

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव