जनकपुरधाम, १४ फागुन । बिल विजक नभएका २२ लाखभन्दा बढि मुल्य बराबरको पेय पदार्थसहित पिकअप भ्यान धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार बिहान गोप्य सूचनाको आधारमा खटेको प्रहरीले टोलीले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–३ तुलसियाही बजारस्थित गाडिमा विभिन्न किसिमको रक्सी, बियर र जुस बोकी विक्रि वितरण गरिरहेको पिकअप भ्यान नियन्त्रणमा लिएको हो ।
बिक्री वितरण गरिरहेको अवस्थामा ज १ च १८६१ नम्बरको पिकअप गाडिमा रहेका विभिन्न किसिमका बियर, जुस तथा अन्य पेय पदार्थहरु गाडी चालक महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर–२ बस्ने २६ वर्षीय विवेक प्रसाद कोईरालालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले जानकारी दिए ।
कोईरालासँग गाडीमा रहेको पेय पदार्थ तथा बियर समेतको आवश्यक कागजात माग गर्दा उनीसँग सरसामानको आवश्यक बिल बिजक नभएकोले सरसामान र बलेरो पिकअप गाडीसहित उनलाई नियन्त्रणमा लिइएको डीएसपी गौतमले बताए ।
उक्त सरसमानहरूको अन्दाजी मुल्य २२ लाख १६ हजार ८०९ रुपैयाँ मुल्य कायम गरि आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !