जकपुरधाम, कार्तिक २७ गते । मधेस प्रदेशको धनुषा ३(क) बाट जनमत पार्टीका उम्मेद्वार डा. प्रसन्न झा चिकित्सा पेशामा सबै वर्गलाई सेवा गर्न नपाएर राजनितिमा आएका हां बताएका छन ।
आफ्नो पक्षमा मत माग्दै उम्मेदवार झाले आफ्नो मनमा चिकित्सक पेशाबाटै सेवा भाव जागृत भएकाले राजनीतिमा लाग्न प्रेरित भएको बताए । उनले भने ‘चिकित्सकिय पेशमा आवद्ध रहिरहँदा बिरामीहरुलाई गरेको सेवाबाटै प्रेरित भएर राजनीतिमा लाग्न अभिप्रेरित भएँ ।’
जनता माझ समेत चिकित्सकिय पेशाबाट राजनीतिमा लागेका जनमतका उम्मेदवार झा युवा भएकाले पनि लोप्रियता बढ्दै गईरहेको छ । आफू राजनीतिलाई मेवा होइन सेवा भावकै कारण आएकाले जनताले ममाथी विश्वास गर्ने दावी गरे । उनले भने ‘यस अघिका जनप्रतिनिधिहरु राजनीतिलाई मेवा पाउने माध्यम बनाएकाले विकास हुन सकेन तर म राजनीतिलाई सेवाको रुपमा लिएर काम गर्नेछु ।’
उनले आफू निर्वाचित भए मधेश प्रदेशको शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारको क्षेत्रमा विकासका लागि निति निर्माण गर्न भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !